पारसको ४५ औं जन्मदिनमा छोरि पुर्णिका सरिक, पत्नि हिमानि र बाबुआमा देखिएनन

पुर्व युवराज पारस शाहको ४५ औं जन्मदिनको उपलक्षमा उनको निवासस्थान जिवनकुन्जमा एक बिशेष कार्यक्रम आयोजना गरिएको थियो । उक्त अवसरमा बिभिन्न ब्यक्तिहरुले पारसलाइ जन्मदिनको शुभकामना दिनुका साथै सामुहिक भेटघाट गरेका थिए ।

भिडियो रिपोर्ट

https://www.youtube.com/watch?v=uk_mc2XmOk0

सो अबसरमा पारसको शुख शान्ति र दिर्घायुको कामन गर्दै कमलादि गणेशस्थान र नेपालेश्वर महादेवको मन्दिरमा पुजा पाठ पनि गरिएको थियो ।  जिवनकुन्जमा भएको सो कार्यक्रममा ति पुजा पाठ गरेर ल्याइएको प्रसाद पनि पारसलाइ हस्तान्तरण गरिएको थियो ।

paras daughter Purnika Shah

 Continue reading

श्रीकृष्णको जन्मदिनमा अनाथ बालबालिकालाइ न्यानो कपडा बितरण, स्वेताको अभिनयमा फर्कने तयारि

स्वर्गिय अभिनेता श्रिकृष्ण श्रेष्ठ पौष १४ गते जन्मेका थिए । उनको जन्मदिनमा स्वेता खड्काले श्रिकृष्ण लाइ सम्झदै अनाथ बालबालिकालाइ न्यानो कपडा वितरण गरिन । स्वेताले घर आगन नेपाल नाम गरेको अनाथाश्रमा मा रहेका ११ जना अनाथ बालबालिका, २ जना दृष्टिबिहिन र २ जना शारीरिक रुपमा असक्त व्यक्तिलाइ जाडो बेलाको लागि न्यानो कपडा वितरण गरिन ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=q4nx5y9qmew

सो अवसरमा श्रिकृष्णलाइ सम्झदै स्वेताले भनिन “उहाँ यसैगरि असाहयलाई सहयोग गर्न मनपराउनु हुन्थ्यो । यसैले मैले पनि उहाँको जन्मदिनमा उहाँले नै गर्ने काम गरेकी हुँ ।”

 Continue reading