नेपालि हिरोइनको रोजाइ लाहुरे नै किन ? (पहिलो भाग)

प्राय: नेपालि अभिनेत्रिहरुको रोजाइ नेपालमा बस्ने भन्दा पनि बिदेशमा बस्ने नेपालि वा भारतिय पुरुष हुने गरेका छन । सन २०१४ देखि अहिलेसम्म १५ जना नेपालि फिल्मका अभिनेत्रिहरुले विवाह गरेका रहेछन् । ति मध्ये आधा भन्दा बढि अभिनेत्रिहरुले बिदेशि वा बिदेश बस्ने नेपालिसंग बिवाह गरेका रहेछन । म आज हालै केहि अभिनेत्रिहरुले बिदेश बस्ने संग गरेको विवाहको प्रसंगलाइ लिएर लाहुरे प्रतिको मोह किन होला भनेर बिवेचना गर्ने प्रयास गर्दैछु। यो विवेचनाको शुरुवात हो – मेरो अध्ययनको नतिजा केहि समय पछि प्रस्तुत हुने नै छ, अहिलेलाइ:

यो अध्ययनको शुरुवात:

हालै बिहे गरेका सिम्पल खनाल, गरिमा पन्त, रिमा बिश्वकर्मा र हर्षिका श्रेष्ठ सबैले बिदेश बस्नेसंग बिवाह गरे । किन त ? नेपालमा भएका युवा लायक नभएका हुन त ?  ब्रेन ड्रेनको प्रभाव होला त ?

बिदेश बस्नेसंग बिहे गर्ने अभिनेत्रिहरु

मोडल र अभिनेत्रि सिम्पल खनालले बेलायत बस्ने युवकसंग बिवाह गरिन र अहिले उनि बेलायत उडि सकेको खवर छ । अभिनेत्रि गरिमा पन्तले पनि हालै बेल्जियम निवासि एक एनआरएन संग बिवाह गरेर उतै बसोबास गर्ने भनेर आफ्नै नामबाट “गरि शुशि” नामको एक रेस्टुरेन्ट ब्यबसाय नै शुरु गरेकि छिन् । तेस्तै केहि समय पहिले रिमा बिश्वकर्माले बेलायत बस्ने युवकसंग विवाह गरे पनि मनोरंजन क्षेत्रमा सक्रिय भइ रहने प्रतिबद्धता ब्यक्त गरिन । अभिनेत्रि हर्शिका श्रेष्ठले तेस्तै प्रतिबद्धता ब्यक्त गर्दै भारतिय नागरिकसंग बिहे गरे पनि उनले फिल्म क्षेत्रमा फर्किने सम्भावना देखिंदैन । झरना बज्राचार्य पनि बिहे गरेर मलेशियामा स्थाइ बसोबास गरेकि छिन भने “होस्टल” अभिनेत्रि प्रकृति श्रेष्ठको अस्ट्रेलियाबाट फर्कने लक्षण छैन । अभिनेत्रि ऋचा सिङ ठकुरिले आफ्नो अस्ट्रेलिया बस्ने श्रिमानकै निर्देशनमा “सुपर गोर्खे” नामको फिल्म बनाउन थालेको हल्ला चले पनि उनि अरु फिल्ममा निष्क्रिय नै छिन् ।

 Continue reading