नगमा श्रेष्ठ वर्ल्ड मिस युनिभर्सिटि सुन्दरि प्रतियोगितामा चौथो भइन

वर्ल्ड मिस युनिभर्सिटी–२०१६ नेपालको प्रतिनिधि भएर सहभागि भएकि सुन्दरि नगमा श्रेष्ठ चौथो स्थानमा पुगेर थर्ड रनर्सअपको टाइटल जित्न सफल भएकि छिन् । नग्माले थर्ड रनर्सअपसहित मिस फिटनेसको एवार्ड पनि जितेकि छिन् । यहि २७ जनवरिमा चिनको राजधानि बेइजिङको बेइजिङ नेसनल स्टेडियममा सम्पन्न २७ औं संस्करणको वल्र्ड मिस युनिभर्सिटी २०१६ मा पेरुकि केलिन रिभेरा क्रलले मुख्य उपाधि जितेकी छिन। तेस्तै, पाकिस्तानकि एन्जेलिका रुब्लेभस्का फस्ट रनर्सअप भइन भने चिनकि हि ज्वान सेकेन्ड रनर्सअप घोषित भएकि छिन ।

भिडियो रिपोर्ट :

nagma shrestha in world miss university 2016

वर्ल्ड मिस युनिभर्सिटी सुन्दरि प्रतियोगिताको बारेमा

वल्र्ड मिस युनिभर्सिटी सन् १९८६ मा दक्षिण कोरियामा शुरु भएको सुन्दरि प्रतियोगिता हो । यस् प्रतियोगितामा यस् अघि आयुशा श्रेष्ठ, उषा रजक, आयुशा कार्की र प्रियंका पोखरेलले सहभागिता जनाएका थिए । ति मध्ये, आयुशा श्रेष्ठले ले त सन् २००३ मा वल्र्ड मिस युनिभर्सिटीको मुख्य उपाधि नै जितेर नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा जित्ने सुन्दरि हुन सफल भएकि थिइन ।

 Continue reading

संबिधानमा के छ ? (महालेखा परिक्षकको बारेमा)

नेपालको संबिधान २०७२ का भागहरु बाचन गर्ने क्रमममा आज महालेखा परिक्षकको बारेमा भएको भाग २२ वाचन गरेको छु। हिजोको भाग २१ को वाचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि धाराहरुको थियो। अख्तियारले हालै गरेका उच्चपदस्त कर्मचारिहरुको कारवाहि सान्धर्भिक देखेर यो भिडियो ब्लगमा शेयर गरेको थिएँ । यस ब्लगका पाठक र दर्शकहरुको (भिडियोका) उत्साहजनक पेज भ्युका कारण संबिधानका अन्य भाग पनि यहाँ शेयर गर्ने जमर्को गरेको छु ।

नेपालको संबिधान २०७२ भाग २२ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा निम्न धाराहरु रहेका छन्:

धारा २४०. महालेखा परिक्षक :  यसमा ८ उपधाराहरु छन जसमा महालेखा परिक्षकको नियुक्ति, पदावधि, पारिश्रमिक र सेवाका शर्त  सम्बन्धि ब्यबस्थाहरु रहेका छन्
धारा २४१. महालेखा परिक्षकको काम, कर्तव्य र अधिकार :  यस धारामा भएका चार उपधाराले महालेखा परिक्षकको कार्य क्षेत्र,  लेखा सम्बन्धी कागजपत्र हेर्ने अधिकार, र लेखा सम्बन्धि ब्यबस्थाहरुको बारेमा भएका प्राबधान हरु रहेका छन् ।

 Continue reading

ज्योति मगरको कपिलवस्तुको चन्द्रौटामा प्रस्तुति

हट र सेक्सि गायिका र मोडलको छबि बनाएकि गायिका ज्योति मगर अहिले सबै भन्दा धेरै माग भएकि  स्टेज कलाकार हुन । उनले लगाउने खुला प्रकारका लुगा र उनका उत्तेजक हाउभाउ दर्शकलाइ आफु तिर तान्ने हतियार हुन । यिनै हट गायिकाले हालै माघको जाडोमा कपिलवस्तुको चन्द्रौटाका दर्शकलाई करिब एक घण्टा तताइन् । चन्द्रौटामा आयोजित कृषि तथा ब्यापार मेलामा ज्योतिले आफ्नो उत्तेजक प्रस्तुती ले सबैलाइ मन्त्रमुग्ध र  उत्तेजित बनाएकि थिइन ।

हेर्नुहोस फोटो रिपोर्ट :

अपडेट — ज्योतिको यो कार्यक्रमको बारेमा प्यारप्यारेको रमाइलो भिडियो रहेछ :

को हुन ज्योति मगर ?

ज्योति लोक गायिका र मोडल हुन । उनको गायनले भन्दा पनि उत्तेजक हाउभाउका कारण उनि बढि चर्चित छिन ।  डेढ वर्ष अघि अन्तर्वार्तामा “वक्षस्थल देखिएको” भन्दै नेपाल टेलिभिजन प्लस मा उनको अन्तर्वार्ता रोका गरेपछि लोकदोहोरि गायिका ज्योति मगर विवादमा तानिएकि हुन । त्यस पछि हिमालयन टेलिभिजनका तयार गरिएको “जोगेन्द्रके पान दुकान” कार्यक्रम सो कार्यक्रममा अतिथि भएकि ज्योतिको पोसाककै कारण सेन्सर गरियो ।

jyoti magar chandrauta stage show1

ज्योतिलाई लागेका आरोपहरु

 Continue reading