पारस खड्काले च्याम्पियनको प्रमो र गित रिलिज गरे, फिल्म फागुन १४ मा

क्रिकेट खेलको कथामा बनेको फिल्म “च्याम्पियम”को प्रमो र गित नेपालि क्रिकेट टिमका क्याप्टेन पारस खडकाले सार्बजनिक गरेका छन् ।

भिडियो रिपोर्टको शारांश:

  • फिल्म “च्याम्पियम” क्रिकेट खेलको कथामा बनेको छ
  • फागुन १४ गते रिलिज गरिने
  • बि बि फुयाल फिल्मका कार्यकारि निर्माता र निर्देशक
  • आर डि मिडिया हाउसको ब्यानरमा बनेको फिल्ममा टंक बुढाथोकिको संगित र पवन गौतमको छायाँकन
  • दिक्पाल कार्कि, मन्जिता केसि, जे.एन. घिमिरे, जगत टमटा, शारदा आचार्य, रगिस फुँयाल, ऋतिक रोशन घिमिरे, अक्कि शर्मा, कृष्ण कोइराला, अरुण खड्का आदिको मुख्य भुमिका

भिडियोमा उल्लेख नभएका थप जानकारि:

  • “च्याम्पियम”मा यस अघि निखिल उप्रेति र संचिता लुइँटेल खेल्ने खवर सार्बजनिक भएको थियो ।
  • शुटिंग शुरु हुने बेलामा निखिलको फिल्म “भैरव” रिलिजका कारण उनि ब्यस्त हुँदा उनको सट्टा दिक्पाल कार्किले अवसर पाएका थिए । (लिंकहरु अंग्रेजि ब्लगको समाचारका हुन)
  • समाचारमा ‘ब्यस्त भएको’ भनिए पनि निखिललाइ क्रिकेट खेलाडिको रोल गर्न गाह्रो लागेको पनि खवर आएको थियो ।
  • यो फिल्ममा नेपालि क्रिकेट टिमका केहि खेलाडि पनि देखिने छन  ।
  • दिक्पाल कार्कि यस अघि “रंग बैजनि” फिल्म मा देखिएका थिए भने अभिनेत्रि मन्जिता केसिको यो नै पहिलो फिल्म हो ।

 Continue reading

महिलाको स्वस्थानि ब्रत नै महिला बिरोधि

महिलाहरु बिच प्रचलित स्वस्थानिको ब्रत महिला बिरोधि भएको आवाज उठने गरे पनि यसको लोकप्रियतामा कुनै कमि आएको छैन । आजको भिडियोमा यिनै कुराको चर्चा गर्नुको साथै, भिडियोमा नसमेटिएको स्वस्थानिको ब्रत कथाको परिचय भिडियो पछि लेखिएको छ।

आज यो भिडियो ब्लगमा राखिएको भिडियोको सारांश:

  • नारिहरुले गर्ने र नारि देबिको ब्रतकथा कसरि पुरुष प्रधान छ ?
  • के के कारण ले यो कथा महिला बिरोधि मानिएको छ ?
  • किन स्वस्थानिलाइ स्वस्थानि ब्रतकथा नभनेर “महादेव ब्रतकथा” भन्न सकिन्छ ?
  • स्वस्थानिका अनुसार नारिले गर्न नहुने र गरेमा पाप लाग्ने के के कुरा हुन ?
  • के स्वस्थानिमा सबै महिला बिरोधि कुरा मात्र छन् त ?
  • महिलावादिले स्वस्थानिको बिरोध गरेकोमा पुरुषहरुले के भन्छन?
  • के स्वस्थानिको पुनर्लेखन आबश्यक छ त ?

श्रि स्वस्थानिको ब्रत कथा के हो ?

हरेक वर्षको पौष शुक्लपुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म नारिहरूले अत्यन्त श्रद्धापुर्वक श्रि स्वस्थानिको व्रत गर्ने चलन छ । स्वस्थानिको पौराणिक कथा अनुसार सत्ययुगमा हिमालयकि छोरि पार्वतिले महादेवसंग विवाह गर्न पाउँ भनेर बालुवाको शिवलिङ्ग बनाएर भोकभोकै तपस्यामा गरेकि थिइन् । कथा अनुसार तपस्याबाट प्रवावित भएर भगवान बिष्णु उत्पन्न भएर पार्वतिको मनोकाङ्क्षा पुरा भएको थियो। सोहि तपस्यालाइ नै स्वस्थानि ब्रत बिधि मानिएको हो। इच्छाएको पति पाउनुको अलवा स्वस्थानि ब्रतको प्रभावले सुख सन्तोष, उन्नति अमन चयन प्राप्त हुने पनि विश्वास गरिन्छ ।

 Continue reading