नेहा पुनको हत्यारा सतिशको बयान, होटलमा बस्न जान नमानेकोले हत्या

अघिल्लो हप्ता हत्या गरिएकि नेहा पुनको हत्यारा सतिश भनेर चिनिने कृतन खड्गि भएको प्रहरिले बताएको छ । प्रहरि रिपोर्ट अनुसार १८ गते राति नेहा र सतिश अन्य साथिहरुसंग मदिरा सेवन गरेर सतिशसंगै मोटरसाइकलमा लेकसाइड हुँदै घर फर्कंदै गर्दा सो घटना भएको उल्लेख छ । दुइजना घर नजिकै पुगे पछि सतिशले घर नगइ कुनै होटेलमा गएर बस्ने प्रस्ताव गरेको र नेहाले नमानेको उल्लेख छ । दुइ जनामा कुरा नमिलेर झगडा परेको र सोहि क्रममा सतिशले हेल्मेटले हान्दा उनको मृत्यु भएको भनिएको छ ।

यस अघि १९ बर्ष भनिएकि भनिएको नेहा पुन भनिने योरुना पुनको उमेर पुलिसको रिपोर्टमा भने १८ बर्ष मात्रै भएको उल्लेख छ ।

सतिशले हत्या गरेको स्विकार गरिसकेको भन्ने प्रहरि रिपोर्टको पुर्ण पाठ सहितको भिडियो  हेर्नुहोस:

https://www.youtube.com/watch?v=_0yOx79pmFc

 Continue reading

मनु मञ्जिलको कविता – दुश्मन

आजको भिडियो कविता बाचन, कवि मनु मन्जिलको आवाजमा । नेपालि साहित्यिक क्षेत्रका सेलिब्रेटि मध्येका एक मनु मन्जिलको लेख “कवितामा लाटा शब्दहरुको पिरामिड” यस अघि मैले शेयर गरेको थिएं ।

आजको कविता मनु मन्जिलले हालै पोखरामा सम्पन्न भएको साहित्यिक भेलामा वाचन गरेको कविता । सो वाचनको  रेकर्ड गर्ने मित्र रविन मानन्धरले भिडियो भिडियो प्रस्तुत गर्न लायक नभएको भन्दै मंजिलाको एक फोटोलाइ नै बोल्न लगाइ दिएछन – एनिमेसनको प्रयोग गरेर । कविता त बेजोड छँदै छ, एनिमेसन पनि रमाइलो लागेको हुनाले यहाँ शेयर गर्दै छु । कविताको बोल, भिडियो सुन्दै ट्रान्सक्राइब गरेको हुनाले प्रकाशित रुप भन्दा फरक होला ।

https://www.youtube.com/watch?v=JuXOdXXCd7I

 Continue reading

नेहा पुनको सम्झनामा काठमाण्डौं मा प्रार्थना सभा (भिडियो अपडेट)

अपडेट: प्रार्थाना सभाको बारेमा भिडियो :

https://www.youtube.com/watch?v=U4pD-Lh39yc

पोखरामा बलत्कार पछि हत्या गरिएकि अभिनेत्रि र मोडल नेहा पुनको हत्या भएकोमा  नेपालि अभिनेत्रिहरुको पहलमा काठमाण्डौंमा श्रद्धान्जलि भेला आयोजना हुँदै छ  । माइतिघर मण्डलामा आज शनिवार बेलुका ५:३० बजे आयोजना हुने प्रार्थना सभामा नेहाको आत्माको चिर शान्तिको कामनाका साथै हत्याराको छिटो पहिचान गरि कारवाहिको माग पनि गरिने खवर छ । भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=LenV8hxOwxk

अभिनेत्रिहरु प्रियंका कार्कि, केकि अधिकारि, गौरि मल्ल, रिचा शर्मा, निशा अधिकारि, बर्षा राउत, माल्भिका सुब्बा, शृष्टि श्रेष्ठ, नन्दिता केसि आदि  अभिनेत्रिहरुले फेसबुक, ट्विटर, इन्स्टाग्रामा आदि सोसल मिडियामा नेहाको आत्माको चिर शान्तिको कामना गर्दै उनले न्याय पाउनु पर्ने आशयका मेसेजहरु शेयर गरेका छन् ।

 Continue reading

नेहा मगरको हत्यामा न्याय खोज्दै पोखरेलिहरु सडकमा

आजको भिडियो ब्लग दुखान्त छ । मलाइ दुखान्त कुराहरुको बारेमा चर्चा गर्न त्यति मन लाग्दैन। तेसैले होला, पोखरामा गत सोमवार राति हत्या गरिएकि १९ बर्षिय सुन्दरि नेहा मगरको बारेमा मंगलवार नै जानकारि आएको भए पनि भिडियो तयार गर्न जाँगर चलेन  । यो बिषयमा चर्चा परिचर्चा चल्दै गर्दा मेरा पाठक र श्रोताको लागि यो भिडियो रिपोर्ट तयार गरेको छु ।

यसमा भएका जानकारि हरु निम्न छन्:

  • नेहा पुन को खास नाम योरुना पुन मगर हो, उनले दुइ मगर चलचित्रहरुमा अभिनय गरेकि छिन् भने केहि म्युजिक भिडियोमा पनि अभिनय गरेकि छिन
  • उनले पोखराको न्युरोडस्थित स्माइल क्याफेमा बिहान ७ बजे देखि बेलुका अवेरसम्म काम गर्ने गर्थिन
  • सोमवार राति घर फर्कंदा उनको घरै नजिक उनलाई मारेर फालिएको थियो
  • अर्धनग्न र टाउको पछाडि गहिरो चोट देखिएको ले उनलाइ बलात्कार गरेर मारिएको शंका गरिएको छ
  • येरुनाको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा राखिएको छ ।
  • स्थानियहरुले हत्याराको पहिचान गरि कारबाहिको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका छन्।
  • तेस्तै पोखराका बिभिन्न स्थानमा स्वतस्फुर्त  र्‍यालि पनि निस्केका छन्
  • त्यसको एक हप्ता अघि पनि ४० बर्षिय सरस्वती लिम्बु तेस्तै टाउको पछाडि गहिरो चोट सहित मृत भेटिएकी थिइन् ।
  • पोखरेलिहरु अशुरक्षित महशुस गरिरहेको समाचारमा उल्लेख छ

फिल्म :
Neha film - Gaula

 Continue reading

पुर्व युवराज पारसकि प्रेमिकाले आफ्नो छोराले पारसलाइ बाउ भन्ने ठानेको बताएकि छिन

अपडेट : * यो भिडियो तयार हुँदा र पछि कन्निकाको दाविमा परिवर्तन भइ सकेको थियो । उनले उनको छोरा युनिभर्स पारसकै छोरा नभएर उसले पारसलाइ आफ्नो बावु मान्ने गरेको भनेकि छिन । छोराले आफ्नो वास्तविक बाबुलाइ अहिलेसम्म नभेटेको हुनाले उसले पारसलाइ नै आफ्नो बाबु भएको भन्ने ठानेको बताएकि छिन । यहि हिसावल्व् भिडियोको क्याप्सन र यो पोष्टको टाइटललाइ परिवर्तन गरिएको छ । *

आजको भिडियो ब्लग नेपालका पुर्व युवराज पारस शाहकि थाइ प्रेमिका कन्निका चाइयासार्नले आफ्नो आठ वर्षिय छोराका पिता पारस भएको सनसनिपुर्ण दाविको बारेमा छ । आज मैले ब्लगमा लेख्नुको सट्टा युट्युबले क्याप्सन राख्न दिएको सुबिधाको प्रयोग गर्ने निर्णय गरेको छु ।

दैनिक रूपमा कमसल खालका भिडियो पोष्ट गरेर “भिडियो ब्लग” बनाएँ भनेर फुर्ति लगाउनु भन्दा समय लगाएर राम्रो र मनोरन्जनात्मक प्रस्तुति दिने प्रयास अनुरुप अबका भिडियोहरुमा क्वालिटिमा बिशेष ध्यान दिनेछु भने यहाँ लेखिने कुरा पनि भिडियोमा नभएका थप जानकारि, फोटो वा अरु सम्बन्धित भिडियोहरु हुने छन। यस हिसावले भिडियो आँफैमा ब्लग पोष्ट हुँदा हुँदै पनि यो साइटमा आएर हेर्नु अझ बढि जानकारिमुलक र मनोरंजनात्मक हुने छ । यसरि ब्लग पोष्ट बनाउँदा बिगत भन्दा केहि बढि समय त अबश्य नै लाग्नेछ ।

आजको भिडियो ब्लग:

पारस अघिल्लो बर्ष थाइल्याण्डको जेलबाट छुटे पछि नेपाल फर्केका हुन (रिपोर्ट):

kannika paras and universe

तपाइको सुझाव प्राप्त भए अनुसार नै यो ब्लगलाइ परिमार्जन र परिवर्तन गर्दै लगिने छ | धन्यबाद |

के के काम गर्छन हास्य कलाकारका श्रिमतिहरु ?

सफल ब्यक्तिहरुको सफलताको पछाडि उनिहरुको जिवनसाथिको हात हुन्छ भन्छन। आज मा सफल हास्यकलाकारहरुका सफलताका कारण मानिएका उनीहरुका श्रिमतिहरुको चर्चा गर्दैछु  । यस भिडियोमा भएका धेरै जानकारि फर्सि नेटवर्कको सहयोगमा उपलब्ध भएको हो ।

भिडियोको शारांश:

  • सिताराम कट्टेल (धुर्मुस) कि श्रिमति कुञ्जना घिमिरे (सुन्तली) पनि हास्य कला क्षेत्रमा र सामाजिक कार्यमा सक्रिय छिन ।
  • दिपकराज गिरिकि श्रिमति मेनका गिरि घरगृहस्थि सम्हालि रहेकि छिन ।
  • जितु नेपाल अर्थात जिरेखुर्सानिका मुन्द्रेकि श्रिमति मुना सरकारि कर्मचारि हुन ।
  • केदार घिमिरे अर्थात माग्ने बुढाकि श्रिमति सिता घिमिरे पनि घरगृहस्थिमा नै ब्यस्त छन ।
  • शिवहरि पौडेल अर्थात जिरेखुर्सानिका असिना प्रसाद कि श्रिमति लक्ष्मि पौडेल एक सरकारि विद्यालयकि शिक्षिका हुन ।
  • किरण केसि अर्थात जिरे खुर्सानिका राता मकै कि श्रिमति सिता केसि पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
  • मनोज गजुरेलकि श्रिमति मिनु ढकाल गजुरेल बागबजारमा बुटिक ब्यबसाय संचालन् गर्छिन ।
  • दमन रुपाखेतिकि श्रिमति दमयन्ता गुरुङ पनि घरगृहस्थिमा नै ब्यस्त छिन ।
  • राजाराम पौडेलकि श्रिमति इश्वरि पौडेल बन बिभाग कि अवकाश प्राप्त कर्मचारि हुन ।
  • सुरविर पण्डित अर्थात मेरि बास्सैका दार्हि बाकि श्रिमति कान्छि मैँया पण्डित ले सुरविरलाइ खेतिपातिमा सघाउनुको साथै र घरगृहस्थिमा नै ब्यस्त रहन्छिन ।

 Continue reading

संबिधानमा के छ ? (लोक सेवा आयोगको बारेमा)

नेपालको संबिधान २०७२ का सबै धाराहरु बाचन गर्ने क्रमममा आज लोक सेवा आयोगको बारेमा भएको भाग २३, धारा २४२ देखि धारा २४४ सम्म वाचन गरेको छु। यस अघि भाग २२ को वाचन महालेखा परिक्षकको बारेमा थियो भने  भाग २१ को वाचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि धाराहरुको थियो। अख्तियारको सक्रियतासंगै सो भाग देखिका भिडियो ब्लगमा राख्न थालेको भए पनि यस अघिका प्राय: साबै भागका भिडियोहरु तयार गरेर यु-ट्युबमा अपलोड भइ सकेको हुनाले बिस्तारै तिनमा भएको सबै बिवरण सहित शेयर गर्ने नै छु

नेपालको संबिधान २०७२ भाग २३ को भिडियो/अडियो हेर्नुहोस :

यो भागमा भएका धाराहरुको संक्षिप्त बिवरण यस प्रकार छन्:

 Continue reading