काबुलको कात्रो (मर्मस्पर्सि कविता)

नुमाको आवाजमा सोफियाको लेखनमा अफगानिस्तानको राजधानि काबुलमा भएको एक आत्मघाति आक्रमणमा ज्यान गुमाउने १३ जनाको सम्झनामा रचिएको एक मर्मस्पर्सि कविता को वाचन । सो घटनामा १२ जना नेपालिको ज्यान तुरुन्तै गएको थियो भने एक जना घाइतेको भारतमा उपचार हुँदा हुँदै ज्यान गएको थियो । क्यानेडियन दुतावासमा सुरक्षा गार्डको रुपमा कार्यरत ति अभगि नेपालिहरुको सम्झनामा यो कविता प्रस्तुत छ :

कविता :

काबुलको कात्रो (कविता)

साहिलिको साहिला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाइ, धितो राखि भन्छ
साइलिलाइ बाला, लगाइदिन मन छ

खोलावारि साहिला, साहिलि बसिन पुलमा
बिदा भइ घर, पुग्यो साहिला काबुलमा
अनगिन्ति सपना, बगाइ पसिना
हरायो साइलो आज, शहरको हुलमा

अनायासै उसलाइ, लिन आयो काल
खबर आयो गाउंमा, साइलिको बेहाल
उडि आयो जहाज, काठको बाकस लिइ
रच्यो हेर कस्तो, भगबानले जाल

चिहानले बोलायो, गरिबको सासलाइ
ब्रम्हनालमा लडाइयो, सेताम्मे लासलाइ
घनघोर बर्षा, कात्रो भिजिगयो
हाल्दैथे जलअझै, मेटाउन प्यासलाइ

डुबाइ गोडा बागमति, बग्यो तिरैतिर
४ बर्षे छोरा, लौन कस्तो पिर
भरे दाउरा टम्मै, चिहानै ढाक्यो
सुताइदिए लाशलाइ, त्यहि दाउरानिर

अटेन दागबत्ति, छोराको हातमा
श्रिमति रोइन, जान्छु भनि साथमा
सल्काइदिए आगो, दाउराको कुनिहुमा
झलमल्ल उज्यालो भो, चकमन्न रातमा

पलमै जलिगयो, शरिर भो खरानि
हिजोको आफ्नो, आज भो बिरानि
आंशुका धारा, भेलसरि बगे
भिजाइ दिनरात, ओछ्यानको शिरानि
 Continue reading