पुर्व राष्ट्रपतिलाइ क्यान्सर, उपचारको लागि अमेरिका लगिने

पुर्ब रास्ट्रपति रामवरण यादबलाइ भारतमा उपचार गर्नका निम्ति सरकारले १० लाख दिएकोमा उनलाइ प्रारम्भिक चरणको क्यान्सर भएको पत्ता लागे पछि अमेरिका लगेर उपचार गराउने निर्णय गरिएको छ । अमेरिकामा उपचार गराउन सरकारले थप ६० लाख दिने निर्णय गरेको छ । रु ६० लाख उपचार खर्च बाहेक उनलाइ दैनिक ३०० डलर भत्ता पनि दिइनुका साथै उनका तिन जना सहयोगीलाइ पनि हवाइ टिकट र दैनिक १५० डलर भत्ता दिने सरकारले निर्णय गरेको समाचार छ ।

यादव आगामि सेप्टेम्बर १७ तारिखमा अमेरिकाको हेनरि फोर्ड सेन्टरमा परिक्षणको लागि जाँदैछन्। त्यहाँ परिक्षण पछि अपरेशन कति ठुलो हुने भन्ने कुराको निर्णय हुने उन्का छोरा डा.चन्द्रमोहन यादवले बताएका छन । ७४ बर्ष उमेरका यादव नेपालको पहिलो राष्ट्रपति हुन।

आजकल सबै नेता उपचारको बहानामा बिदेश यात्र गर्ने चलन चलेकोमा बिरोध हुन थालेको बेला यादव अमेरिका जान लागेका हुन भने पुर्व प्रधानमन्त्रि र कांग्रेस नेता शेरबहादुर भदौ १० गते सिंगापुर गएका छन । अर्का पुर्व प्रधानमन्त्रि नेकपा एमाले नेता के पि ओलि पनि भदौ ९ गते नै थाइलेन्ड गएका थिए स्वास्थ्य उपचारको लागि ।

यो बारेमा मैले भिडियो बनाएको थिएँ:

 Continue reading

कृष्ण जन्माष्टमिको परिचय र शुभकामना

हिन्दु धर्मावलम्बिहरुले प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन कृष्ण जन्माष्टमि पर्ब मनाउछन्। श्रिकृष्ण भगवानलाइ सम्झेर यो दिन कृष्णको पूजा तथा उपसना गरिन्छ । साथै धार्मिक प्रवचन र पाठपुजा  गर्नुका साथै कृष्णको रथयात्रा र झुला झुलाउने पनि चलन छ ।

यो पर्वको बारेमा छोटो अडियो परिचय:

विष्णु भगवानले अन्याय, अत्याचार र अशुर  प्रवृत्तिबाट मानिसहरुलाइ मुक्त गर्न र संरक्षण प्रदान गर्न मानिसको रुपमा बारम्बार पृथ्विमा जन्म लिने गर्दथे। हिन्दु धार्मिक ग्रन्थहरु अनुसार उनले दश विभिन्न अवतार लिएकोमा कृष्ण अवतार उनको आठौं अवतारका भएको बिस्वास गरिन्छ।

krishna birthd day moha ratri

महाभारत ग्रन्थका अनुसार कृष्ण जन्मेको समय उनका आमा बाबु उनका आफ्नै मामा कंशले थुनेको जेलमा थिए। चारैतिर सेनाको कडा सुरक्षा भएको भए पनि कृष्ण जन्मेको समयमा विष्णुको मोहित पार्ने शक्तिका कारण सबै सैनिक निदाएका थिए। त्यसैबेला भएको आकाशवाणिले बताए अनुसार कृष्णका बाबु वासुदेवले उनलाइ वृन्दावनस्थित उनका मित्र नन्दका छाडेर सोहि समयमा जन्मेकि नन्दपुत्रि लाइ लिएर आएका थिए । निदाएका सबै सैनिक उनि फर्के पनि मात्र ब्युँझिएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। तेसैले कृष्ण जन्मिएको रातलाइ मोहरात्रि पनि भनिन्छ ।

 Continue reading

आनन्दका कुरा बरिलै, पशुपति शर्माको बारेमा (पशुपतिका चर्चित गितहरुको संगालो)

महिलाको नाचगान गर्ने चाड तिजमा सबै भन्दा चर्चित र सफल गायक भने पुरुष छन – पशुपति शर्मा। पशुपति शर्माले यो पटक एक दर्जन भन्दा बढि तिज गितका भिडियो रिलिज गरेर उनि सांच्चिकै तिजे गायक हुन भनेर् प्रमाणित पनि गरि दिएका छन । तिज गितलाइ आधुनिक बनाएर चर्चित भएकि गायिका कोमल ओलिको यो पटकको तिजको गित पनि पशुपति शर्माले नै लेखिदिएका हुन । यसरि, पशुपति शर्माले आधुनिक तिजमा आफ्नो आधिपत्य जमाउन सफल भएका छन् । आजको आनन्दको चर्चा तिनै महिला चाड्मा गित गाएर महिलालाइ नै उछिन्ने गायकको बारेमा जो लेखन, कम्पोजिसन, मोडलिंग सबै बिधामा हात हालेर सफल भएका छन ।

पशुपतिको परिचय तिजमा मात्र सिमित् भने छैन । उनि बहुचर्चित लोक गायक हुन जसका चर्चित गितहरु निम्न छन :

क्याम्पस पढ्न आउने (Campus Padna Aaune)
 Continue reading

गाइजात्राको परिचय

गाइजात्रा रमाइलो र खुशि मनाउने पर्व हो । गाइ जस्तो रुप बनाएर नगर परिक्रमा गर्ने हुनाले यस पर्वलाइ गाइजात्रा भनिएको हो । नेपालमा नेवार समुदायमा यो पर्व मनाउने चलन छ । घरमा कोहि आफन्तको निधन भएमा सो घरबाट गाइ जस्तो रुप बनाएर टोल बजार घुम्ने गर्दछन । आफन्त निधन भएकोमा दुखी भएका घरका मानिसहरु हासो ठट्टा र रमाइलो गरेर दुख बिर्सन यो जात्रा मनाइन्छ। बजारमा बाजा बजाउँदै बिभिन्न रुपमा मानिसहरु स्नगर परिक्रमा गरेको रमाइलो देखिन्छ।

गाइजात्रा कसरी शुरु भयो ?

धेरै पहिले, काठमान्डुमा प्रताप मल्ल भन्ने राजाले राज्य गर्दथे । उनको छोरा, अर्थात राजकुमारको सानै उमेरमा निधन भयो । ति राजकुमारकि आमा, रानि एकदमै दुखि भए पछि राजालाइ चिन्ता पर्यो। उनले मानिस राज दरबारमा मात्र होइन सबैको घरमा मर्छन भन्ने देखाउन एक जुक्ति निकाले । प्रताप मल्लले काठमाण्डुका बासिन्दाको घरमा कोही मरेको भए त्यो घरको एक जनालाइ गाइ जस्तो भएर दरबार अगाडि हुँदै शहर घुम्नु भन्ने आदेश दिए । यसरी मानिसहरु शहर घुम्दा धेरै मानिसको घरमा मान्छे मर्दा रहेछन भन्ने थाहा हुने भयो । तेस्तै राजाले रानिलाइ खुशी पार्न प्रहसन र ब्यग्य कार्यक्रम पनि गर्न आदेश् दिए ।
 Continue reading

जनै किन लगाउँछन ?

जनै पुर्णिमाको परिचय यहाँ पढनुहोस् ।

हिन्दु परंपरा अनुसार केहि समुदायहरुका पुरुषहरुमा परापुर्वकाल देखि जनै लगाउने प्रचलन छ । जनै एक काँचो धागोको डोरि हो जुन बाँयाबाट दाँया काधमा भिरिन्छ । यो जनै किन लगाइन्छ होला भनेर कौतुहल लागेर सोद्धा किन भन्नेमा धेरै मानिसमा भिभिन्न मत देखियो । लगाउनेलाइ त थाहा भएन भएन, लगाइदिने पुरेत बाजेहरुसंग पनि जनै लगाउनुको चित्त बुझ्दो कारण भने छैनन । प्रायको रेडिमेड जवाफ हुन्छ जनैले “रक्षा गर्छ र यसले बल वुद्धि दिन्छ।” कसरि रक्षा गर्छ र बल बुद्धि कसरि दिन्छ भन्ने कुरामा भने भिन्दा भिन्दै जवाफ छन ।

आज म भिभिन्न श्रोतबाट जनै किन लगाउँछन भन्ने बारेमा प्राप्त जानकारिहरु एकै ठाउँमा जम्मा गर्ने प्रयास गर्दैछु । यो पोष्ट तयार गर्ने प्रेरणा दिने रमेश लुइटेललाइ धन्यवाद ।

janai why janai

हिन्दु परंपरा अनुसार धेरै सम्प्रदायका पुरुष बालकहरु बुझ्न सक्ने उमेरमा पुगे पछि ब्रतबन्ध गरेर जनै लगाउन शुरु गरिदिने चलन छ । ब्रतबन्धले मन मस्तिष्क शुद्धिका साथै चित्त शुद्धबनाउन सहयोग गर्ने मानिन्छ । ब्रतबन्ध गरेपछि बाबुआमाको म्रित्युमा किरिया बस्न लायक हुन्छन । तेसैले, यो प्रचनलन एक हिसावले उत्तराधिकारि बनाउने प्रचलनको रुपमा पनि बुझ्न सकिन्छ ।

जनैको बनोट र यसको धारण

काँचो धागो भन्नाले अन्य कुनै प्रयोजनमा प्रयोग नभएको नयाँ कातिएको शुद्ध धागो हो । यस्तो सुद्ध धागोको डोरिमा तिन फेरो हुने गर्दछ । यि तिन फेरोलाइ ब्रम्हा, बिष्णु र महेशको प्रतिक मानिन्छ । यसरि प्रक्रिया पुर्याएर धारण गरिएको जनै धारण गर्दा शरिर शुद्ध र पबित्र हुने बिश्वास गरिन्छ ।
 Continue reading

जनै पुर्णिमाको परिचय र रक्षा बन्धन आशिर्बाद श्लोक

रक्षा बन्धन श्रावण महिनाको पुर्णिमाको दिन मनाइने एक हिन्दु चाड हो | रक्षा बन्धनको दिन मन्त्रले शुद्ध बनाइएको पहेंलो धागोको डोरी हातमा बाधेर पण्डित अथवा भान्जा वा ज्वाई आदि मान्यजनबाट आशिर्बाद लिने प्रचलन छ | तेस्तै ब्राह्मणहरुले पनि काँचो धागोले बनेको डोरि (जनै) लागाउने गर्दछन | आजकाल, भारतिय प्रभाबका कारण दाजु भाइले दिदि बहिनिलाई राखि (रक्षासुत्र) बाँधेर एक अर्काको सुस्वास्थ र दिर्घायुको कामना गर्ने चलन पनि बढ्दो क्रममा छ |

यसरि रक्षाबन्धन पर्वमा हिन्दु धर्मावलम्बिहरूले शरिर रक्षा तथा आध्यात्मिक शुद्धिका लागि ब्राम्हण पुरोहितद्वारा आ– आफ्ना नाडिमा डोरो बाँधि रक्षा बन्धन मनाउने प्रचलन चलेको छ ।

जनै पुर्णिमा अर्थात रक्षा बन्धनको भिडियो परिचय:

यो पर्बलाइ विभिन्न समुदायमा भिभिन्न नामले बोलाउने प्रचलन छ, केहि नाम हरु निम्न छन् :

  • रक्षा बन्धन (रक्षासुत्र बाँधिने हुनाले)
  • जनै पुर्णिमा (जनै लगाउने पुर्णिमाको दिन हुनाले)
  • ऋषितर्पणि (सप्तऋषिहरूलाइ तर्पण दिने भएकोले)
  • राखि (बिशेषता तराइमा)
  • गुन्हु पुन्हि, क्वाटि खाने दिन (नेवार समुदायमा – नौ गेडागुडि को क्वाटि खाने)
  • ब्याँजा नकेगु (भ्यागुताको पुजा गर्ने दिन)

रक्षा बन्धन

यसरि धागो वा राखि बाँध्दा निम्न श्लोक पाठ गर्ने गरिन्छ :

येन बद्धो बलि: राजा दानवेन्द्रो महाबल:।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥

यो श्लोकको नेपालि अर्थ हुन्छ – जुन रक्षासुत्र ले महान शक्तिशालि तथा दानि राजा, बलिलाइ बाँधिएको थियो, त्यहि रक्षाबन्धन ले मैले तिमि/तपाइलाई बाँधि दिन्छु, जसले तिम्रो/तपाइको रक्षा गर्नेछ।

यो दिन राजधानिका विभिन्न देविदेवताका मन्दिर परिसरमा ब्राम्हणहरु विहानै देखि बसेर श्रद्धालु भक्तजनहरुका नाडिमा रक्षाबन्धन बाँध्ने गर्दछन ।

 Continue reading

प्रधानसेनापति राजेन्द्र क्षत्रिको उमेर बिवाद, रुक्मांगदको जस्तै त होला

अनलाइन खवारमा हालै प्रकाशित एक जानकारि अनुसार प्रधानसेनापति राजेन्द्र क्षत्रिले आफ्नो उमेर एक वर्ष घटाएका छन । खासमा २०१६ सालमा जन्मेका क्षत्रिले एसएलसीको मार्कसिट र प्रमाणपत्रमा एक बर्ष घटाएर २०१७ मंसिर १ बनाएका रहेछन। यसरि घटाउँदा उनले सेवा गर्न पाउने अवधि पनि एक बर्ष थप भएको छ । उनले उमेर सच्याएर बदमासि गरेको हुन सक्ने आधारहरु :

  • सच्याएको जन्ममिति अनुसार उनले १४ बर्षमा नै एसएलसि उतिर्ण गरेको देखिन्छ ।
  • उनि ७ कात्तिक २०३५ मा सेकेन्ड लेफ्टिनेन्टका रुपमा सैनिक सेवामा प्रवेश गरेको देखिन्छ सेनाको सिटरोल अनुसार । सच्याएको जन्म मिति अनुसार उनि सेवा प्रवेश गर्दा १७ बर्ष मात्रै रहेका रहेछन । तर, सेनामा अधिकृत क्याडेटको भर्नाका लागि १८ वर्ष पुरा गरि सकेको हुनु पर्छ ।

भिडियो रिपोर्ट हेर्नुहोस :

यसअघि, पुर्व-प्रधानसेनापति रुक्मांगद कटवालको पनि उमेर विवादमा भएको थियो । तर, उनि प्रधानसेनापति भएको भोलिपल्ट नै उनको बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटको फैसला उनि अवकाश भइ सके पछि मात्रै भएको थियो । त्यो पनि, “अवकास पाईसकेकाले केही गर्न नपर्ने” भन्ने निर्णयका साथ ।

rajendra chhetri age controversy

लोडसेडिङ घट्यो

बर्षामा पानि परे पनि नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ नघटाएको गुनासोको बिच, प्राधिकरणले केहि राहत दिएको छ, लोडसेडिंग्को नयाँ तालिका प्रकाशित गरेर ।

नयाँ तालिका अनुसार अव हप्तामा करिव १५ घण्टा लोडसेडिङ घटने छ

  • २ दिन – ८ घण्टा लोडसेडिङ
  • ३ दिन – ६.५ घण्टा लोडसेडिङ
  • १ दिन – ७ घण्टा लोडसेडिङ
  • १ दिन – ६ घण्टा लोडसेडिङ

यसरि, पहिले हप्ताम ६३ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब देखि साढे ४८ घण्टा लोडसेडिङ हुने भएको छ ।

 Continue reading

आनन्दका १० कुरा – नेपालि राष्ट्रिय गान उत्कृष्ट १० मध्ये एक

बिबिसिका पत्रकार एलेक्स मार्सलले रियो ओलम्पिकमा भाग लिइरहेका २०० भन्दा बढि देशको राष्ट्रिय गानहरु मध्ये १० विशिष्ट र छुट्टै मौलिकता भएको संगित भएका राष्ट्रिय गानहरु छानेका छन् । ति द्श मध्ये एउटा नेपालको राष्ट्रिय गान पनि परेको छ । उनले नेपालको राष्ट्रिय गान रमाइलो नेपालि पप गितजस्तै सुनिने भन्दै, यो गानलाइ किबोर्डमा सजिलै बजाउन पनि सकिने बताएका छन् । उनले छानेका उत्कृष्ट राष्ट्रिय गानको सुचिमा पर्ने राष्ट्रिय गानहरुमा रुस, बर्मा, इजरायल, कजाकिस्तान, ब्राजिल, चिन, माउरिटानिया, कङ्गो र पाराग्वे का गाना पनि परेका छन्।

यि सबै १० विशिष्ट र छुट्टै मौलिकता भएका राष्ट्रिय गानहरुको छोटो धुन सहित भिडियो रिपोर्ट हेर्नुहोस :

 Continue reading

नाग पञ्चमिको परिचय, सर्पलाइ पुजा गर्ने चलन कसरि शुरु भयो ?

घरको मुलढोका माथि नागको चित्र टाँसेर पुजा अर्चना गर्ने, नागको बासस्थान पानिको नजिक पुजा गर्ने आदि चलनका साथ आज नेपालमा नाग पञ्चमि मनाइदै छ ।

(अपडेट) अडियो परिचय:

nag_poster _nag_panchami

श्रावण शुक्लपक्ष पञ्चमिको दिनमा मनाइने यस पर्ब रोपाइँ कार्यको समाप्ति र सो कार्यको लागि नागहरुले पानि पारिदिएर लगाएको गुणको लागि कृतज्ञता ज्ञापन गर्ने पर्बको रुपमा पनि हेरिन्छ ।  बिहानै देखि घरको लिपपोत र शुद्दिकरण गरेर नागको चित्र बनाएर वा नागको चित्र बजारमा किनेर सो चित्रलाई घरको मूलढोका माथि गोबरले टाँस्ने गरिन्छ । गाइको दुध, दुबो, सुपारि, पैसा आदि बस्तुहरु चढाएर नागको पुजा अर्चना गरेपछि नागको बासस्थान मानिएका स्थानमा पनि पुजा अर्चना गर्ने चलन छ  ।

 Continue reading