हिन्दु धर्मावलम्बिहरुले प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन कृष्ण जन्माष्टमि पर्ब मनाउछन्। श्रिकृष्ण भगवानलाइ सम्झेर यो दिन कृष्णको पूजा तथा उपसना गरिन्छ । साथै धार्मिक प्रवचन र पाठपुजा गर्नुका साथै कृष्णको रथयात्रा र झुला झुलाउने पनि चलन छ ।
यो पर्वको बारेमा छोटो अडियो परिचय:
विष्णु भगवानले अन्याय, अत्याचार र अशुर प्रवृत्तिबाट मानिसहरुलाइ मुक्त गर्न र संरक्षण प्रदान गर्न मानिसको रुपमा बारम्बार पृथ्विमा जन्म लिने गर्दथे। हिन्दु धार्मिक ग्रन्थहरु अनुसार उनले दश विभिन्न अवतार लिएकोमा कृष्ण अवतार उनको आठौं अवतारका भएको बिस्वास गरिन्छ।
महाभारत ग्रन्थका अनुसार कृष्ण जन्मेको समय उनका आमा बाबु उनका आफ्नै मामा कंशले थुनेको जेलमा थिए। चारैतिर सेनाको कडा सुरक्षा भएको भए पनि कृष्ण जन्मेको समयमा विष्णुको मोहित पार्ने शक्तिका कारण सबै सैनिक निदाएका थिए। त्यसैबेला भएको आकाशवाणिले बताए अनुसार कृष्णका बाबु वासुदेवले उनलाइ वृन्दावनस्थित उनका मित्र नन्दका छाडेर सोहि समयमा जन्मेकि नन्दपुत्रि लाइ लिएर आएका थिए । निदाएका सबै सैनिक उनि फर्के पनि मात्र ब्युँझिएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। तेसैले कृष्ण जन्मिएको रातलाइ मोहरात्रि पनि भनिन्छ ।