पुर्ब रास्ट्रपति रामवरण यादबलाइ भारतमा उपचार गर्नका निम्ति सरकारले १० लाख दिएकोमा उनलाइ प्रारम्भिक चरणको क्यान्सर भएको पत्ता लागे पछि अमेरिका लगेर उपचार गराउने निर्णय गरिएको छ । अमेरिकामा उपचार गराउन सरकारले थप ६० लाख दिने निर्णय गरेको छ । रु ६० लाख उपचार खर्च बाहेक उनलाइ दैनिक ३०० डलर भत्ता पनि दिइनुका साथै उनका तिन जना सहयोगीलाइ पनि हवाइ टिकट र दैनिक १५० डलर भत्ता दिने सरकारले निर्णय गरेको समाचार छ ।
यादव आगामि सेप्टेम्बर १७ तारिखमा अमेरिकाको हेनरि फोर्ड सेन्टरमा परिक्षणको लागि जाँदैछन्। त्यहाँ परिक्षण पछि अपरेशन कति ठुलो हुने भन्ने कुराको निर्णय हुने उन्का छोरा डा.चन्द्रमोहन यादवले बताएका छन । ७४ बर्ष उमेरका यादव नेपालको पहिलो राष्ट्रपति हुन।
आजकल सबै नेता उपचारको बहानामा बिदेश यात्र गर्ने चलन चलेकोमा बिरोध हुन थालेको बेला यादव अमेरिका जान लागेका हुन भने पुर्व प्रधानमन्त्रि र कांग्रेस नेता शेरबहादुर भदौ १० गते सिंगापुर गएका छन । अर्का पुर्व प्रधानमन्त्रि नेकपा एमाले नेता के पि ओलि पनि भदौ ९ गते नै थाइलेन्ड गएका थिए स्वास्थ्य उपचारको लागि ।
यो बारेमा मैले भिडियो बनाएको थिएँ:
Continue reading