यो पोष्टको शिर्षक शुरुमा “मान्छेहरुले न्युयोर्क शहरमा रहेको साढेंको अण्डकोष किन समात्छन?” भन्ने थियो । त्यस पछि, मलाइ अभिनेत्रि प्रियंका कार्किले पनि तेस्तै फोटो खिचेको फोटो ट्विटरमा शेयर भएको याद आयो । एक ट्विटर साथिको सहयोगमा प्रियंकाको सो फोटो फेला परेपछि मैले टाइटलमा “मान्छेहरु” लाइ परिवर्तन गरेर “प्रियंका कार्कि” राखेको हुँ, चाखलाग्दो होला भनेर ।
तलको भिडियो हेर्दा यो सबै कुरा प्रष्ट हुन्छ:
यो भिडियोमा सामाबेश भएका जानकारिको सारांश :
- चार्जिंग बुल एउटा साढेंको प्रतिमा हो, जुन न्युयोर्कको वाल स्ट्रिटमा खुल्ला रुपमा राखिएको छ । यो एक पर्यटकिय स्थल पनि हो ।
- उत्तेजित रुपमा आक्रमण गर्न लागेको जस्तो देखिने यो प्रतिमा अमेरिकाको आर्थिक आशावादिता र सम्पन्नताको प्रतिक पनि मानिन्छ ।
- यो साढेंको प्रतिमामा मानिसहरुले अगाडि बसेर फोटो खिच्नुका साथ साथै मुर्तिको पछाडि, अण्डकोष समातेर फोटो खिच्ने पनि चलन छ ।
- मानिसहरु जिस्कँदा जिस्कँदै यस्तो फोटो खिच्ने चलन चलेको हुनु पर्छ, किनकि कसैलाइ पनि ठ्याक्कै यहि कारणले तेस्तो फोटो खिच्ने चलन चलेको हो भन्ने थाहा छैन ।
नेपालको साढेंको मुर्ति
Continue reading