नेपालि भाषामा ङ, ञ र ज्ञ को प्रयोग

मैले प्रयोग गर्ने युनिकोड किबोर्डमा किन किन “ङ” र “ञ” टाइप गर्न नै मिल्दैन । शुरुमा “क्ष” (क् + ष) बनाउन नजानेको जस्तै कुनै ट्रिक होला, मैले खोजेको पनि छैन किनकि, यि दुइवटा अक्षर यति थोरै प्रयोग हुन्छन कि चाहिएको बेलामा कतै बाट कपि गरेर पेष्ट गरेरै पनि चलिरहेको छ । बिगत दुइ बर्ष देखि मैले यो नेपालि ब्लगका साथ साथै भिडियोका स्क्रिप्टहरु पनि नेपालिमा नै टाइप गरिरहेको छु । तर पनि, यि अक्षरहरु त्यति धेरै प्रयोग नै हुँदैनन ।

मलाइ सबै भन्दा समस्या भएको अक्षर “ज्ञ” टाइप गर्न हो । ज्ञ बनाउन आधा “ज” र “ञ” चाहिने तर मेरो किबोर्डमा “ञ” टाइप गर्न नमिल्ने हुनाले मलाइ अलिक समस्या भएको थियो । यस समस्याको समाधान नेपालि बृहत् शब्दकोशमा भेटियो । शब्दकोशमा उल्लेख भए अनुरुप “ज्ञ”को उच्चारण “ग्यँ” हुने भएको हुनाले, मेरो ब्यक्तिगत प्रयोजनको लागि, छुट्टै अक्षर टाइप गरिरहन आवश्यक नै भएन (हेर्नुहोस, शब्दकोशबाट लिइएको चित्र)।

gyn-pronouncation

हुन पनि “ञ” बाट शुरु हुने शब्द नै छैनन शब्दकोशमा (यस अक्षरको एउटै शब्द रहेछ “ञकार”, जुन छुट्टै शब्द होइन)  Continue reading