आनन्दको प्रस्तुति किन “फरक छ” ?

मैले ट्विटरमा एउटा पोल पोष्ट गरेको थिएँ “मेरो भिडियो प्रस्तुति अरुको भन्दा फरक छ कि छैन?” भनेर। नतिजा मैले सोचे जस्तै आयो । “फरक छैन” भन्ने भन्दा “फरक छ” भन्ने साथिहरु डबल हुनुहुँदो रहेछ । यसले मलाइ अझै फरक ढंगले प्रतुति दिन हौसला प्रदान गरेको छ ।

आनन्दको प्रस्तुति फरक हुनुका कारण

पहिलो कुरा, आनन्द पत्रकार होइन । मैले पत्रकारिताको बारेमा स्व-अध्ययन गरेको भए पनि मलाइ पत्रकार बन्न कुनै रहर छैन । तेसैले मेरो प्रस्तुति कुनै पनि पत्रकारको भन्दा फरक हुन्छ ।

दोश्रो कुरा, म अनुसन्धानमा बिश्वास गर्छु । कुनै पनि बिषयमा स्क्रिप्ट लेख्नु भन्दा अघि म बिभिन्न माध्यमहरुमा अनुसन्धान गर्ने गर्छु तेसैले, कतिपय मानिसहरु मैले गरेको प्रतुति बाट अचम्म मान्छन ।

तेस्रो कुरा, म जस्तो निष्पक्ष अरु कोहि हुनै सक्दैन । किनकि मेरो कुनै पनि सेलिब्रेटिसंग चिनजान छैन र मैले उनिहरुसंग सिधा सम्पर्क पनि गर्दिन । म अनुशन्धान गर्छु र उनिहरुको बारेमा सत्य तथ्य कुराहरु समेटेर भिडियो बनाउँछु । चिनजान र सम्पर्क नहुने हुनाले कुनै पनि कुरालाइ निष्पक्ष रुपमा प्रस्तुत गर्न सक्छु । तेसैले जसको बारेमा भिडियो बन्यो उनिहरु नै अचम्मित हुन्छन । उनिहरुलाइ भिडियो शेयर गर्न पनि भन्दिन ।

चौथो कुरा, सेलिब्रेटिहरु पनि प्रभावित हुन्छन । दर्शक त भए भए मैले जसको भिडियो बनाएको छु उनिहरु पनि प्रभावित हुन्छन् । उदाहरणको लागि अहिले भर्खर राजेश हमालको नक्कल गर्ने डा. हरि शर्माले कमेन्ट गर्नु भएको छ : “भिडियो हेर्दा रमाइलै लाग्यो । साथिहरुले लिंक पठाएर मात्रै थाह पांए यो भिडियोको बारेमा .. नाइस भिडियो .. आनन्द नेपाल जि ले चाँहि यो भिडियो बनाउँदा मेरो बारेमा इन्फर्मेसन कहाँ बाट पाउनु भयो ? ”  (यसको उत्तर “दोश्रो कुरा”मा छ)


 Continue reading