यो महिनाका कलाकार – राजेश हमाल, नयाँ स्तम्भ “हिजोको कुरा” र “सेलिब्रेटिका कुरा” पनि शुरु

मैले सन २०१७ का १२ महिनामा १२ जना नेपालि कलाकारहरुको बारेमा चर्चा गर्ने निर्णय गरेको छु । यसरि पहिलो महिना जनवरि महिना भरि महानायक राजेश हमालका बिभिन्न पक्षहरुको बारेमा चर्चा गर्ने छु । हुन त राजेश हमालको बारेमा यस अघि पनि प्रशस्त भिडियो बनाएकै हुँ। अब नयाँ भिडियोका साथै ति पुराना भिडियोहरुलाइ समेत नयाँ ढंगले प्रस्तुत गर्न पनि प्रयास गर्ने छु ।

“महिनाको कलाकार” जस्तै अर्को स्तम्भ “हिजोको कुरा” अंतरगत प्रत्येक हप्ता कम्तिमा पनि एउटा इतिहासको कुरा पनि यहि नयाँ बर्ष बाट शुरु भएको छ । यस अन्तरगत, सम्भवत मनोरंजन क्षेत्रकै कुनै इतिहासको कुरा गर्ने छु र दर्शकहरुबाट माग भएमा नेपालका मुख्य ऐतिहासिक घटनाको बारेमा पनि चर्चा गर्ने छु ।

यस स्तम्भ अन्तरगत पहिलो भिडियो, जनवरि महिनाको पहिलो शनिवार, जनवरि ७ मा प्रकाशित भइ सकेको छ – “मानसिक समस्याका कारण आत्महत्या गर्ने ५ नेपालि कलाकारहरु” शिर्षकमा।

महिनाको कलाकारका भिडियोहरु

यसको स्तम्भको पहिलो भिडियोमा नक्कलि राजेश हमालको बारेमा चर्चा गरिएको छ :

 Continue reading