
(आषाढ १७ को अपडेट अन्त्यमा )
राजेश हमालका जोकहरुको सिलसिला अझै पनि फेसबुक र ट्विटरमा उही रुपमा चली रहेको छ | धेरै जसो यस्ता चुट्किलाहरु रमाइला भए पनि सबैको चित्त बुझ्ने खालका हुन्छन भन्ने चाहिँ छैन | हामी ले बुझे अनुसार, यस्ता चुट्किलाहरुले राजेश हमालका साथ नेपाली फिल्म क्षेत्र मा राम्रै प्रभाब नै पार्ने र पाठकहरुलाई पनि राम्रै मनोरन्जन दिने हुनाले यहाँ पोस्ट गरिएका हुन |
प्रस्तुत छ राजेश हमालका जोक को तेस्रो भाग:
- एसेल्सी को ढोका राजेश हमालको हात ले बनाको भ र फलामे द्वार (आइरन गेट) भन्ने गरेको हो |
- गुगलले खोजेको कुरा फेला पार्न सकेन भने राजेश दाइलाई सोध्छ रे |
- एक पटक राजेश दाइले चेक साइन गरे … ब्यांक नै बाउन्स भए छ |
- क्लोनिंग को शुरुवात राजेशदाइले गरेको रे – मान्छेलाई फोटोकपी मेसिनमा हालेर हुबहु अर्को मान्छे निकालेर !
- नेपालमा दुइटा धरहरा छन – एउटा सुन्धारामा, अर्को राजेश दाइ आफैं !
- ठुल्ठुला कुरा गर्ने लाई भन्ने डाइलग "हो हो तैँ ठूलो, तैँ राजेश हमाल, तैँ जान्ने, तैँ बुझ्ने, तैँ हनुमान, तेरै पुच्छर लामो"
- राजेश हमाल घण्टाघर भन्दानि जेठो हो ठुल्दाई भएको ले घण्टाघर लाइ "भाइ" भन्छन रे
- राजेशदाइले त पानी हालेर बाइक कुदाउने भएर पानी को हाहाकार भएको | पेट्रोलले चै कुल्ला गर्ने गरेको भएर पेट्रोलको मुल्य बढ्या रे |
- राजेश दाइको फलामको हात सुटिङको क्रममा हल्का खोस्रिएपछि जब वेल्डिङ गर्नुपर्यो, तबदेखि नेपालमा लोडसेडिङ सुरु भा’को रे !
- सानो छँदा राजेश दाइले मकैको खोया तह-तह पारेर घर बनाउने खेल खेलेका थिए, कालान्तरमा त्यो खोयाको घर अहिलेको धरहरा बन्यो ।
- एक पटक राजेश दाइले सुन्दरिजलमा गएर आफ्नो हात पानीको टंकीमा सफा गर्नु भाथ्यो रे, तेही भएर ऐले काठमाडौँको पानि मा iron बेसी छ रे!
Contributers from Twitter- @rajeshhamaljoke, @dhaiba, @WebJSunil, @rabndra , @Lohsirk, @poozaaree,
UPDATE (जुन २५, २०११)
- मेटल संगीत (Metal music) राजेश दाइको बक्सिंग प्राक्टिस गर्दा आविष्कार भएको रे !
- राजेश दाईको फेभरेट उखान – "जुन केटी आए पनि लपरेका"
- बन्दुकको गोली र बगेको खोला फर्काउन सक्ने राजेश हमाल बाहेक अरु कोही छैन !
- राजेशदाइले एक चोटी सरकारी जागिर (हाल, लोक सेबा आयोग)को जाँच दिन को लागि तयारी गर्दाको रफ अहिले विकिपेडिया भनेर प्रसिद्ध छ |
- विकिपेडियानै बन्ने गरेर तयारी गर्दा पनि राजेशदाइको नाम ननिस्केर अर्कै लोकबहादुर नेपालको नाम निस्के पछि त्यो जाँचको नामनै लोक सेबा आयोग भयो|
- राजेश हमालले अंग्रेजी सिक्दा स्पेलिंग प्राक्टिस गरेको नोटबुक अक्सफोर्ड बिश्वबिद्यालयका प्रोफेसरले पछि ‘अक्सफोर्ड डिक्स्नेरी’ नाम राखेर प्रकाशन गर्न थालेका हुन् रे
- राजेश हमाल माछा मार्न खप्पिस – दिन दिनै काठमांडू खाल्टोमा भएको पोखरीमा माछा मार्दै पकाउदै खादै गर्दा रहेछन | संगै बस्ने छिमेकी मन्जुश्रीलाइ माछाको गन्धले खाना खानै गाह्रो हुदो रच – साकाहारी भएकोले | एकदिन भात खादै गर्दा माछाको गन्धले बान्ता नै भएछ – रिसले चुर भएका मन्जुश्रीले तेही भात खादै गरेको चम्चाले चोभारमा काटेर काठमांडू पोखरी सुकाइ दे छन् र आजको बस्ति यही खाल्टो मा बसेको हो रे |
UPDATE (जुलाई १, २०११) -ट्विटर बाट
- राजेश दाइले तिर्खा लाग्दा बिजुली बाट पानी निकालेर पिउछन !
- एक पटक राजेश दाइ र देवता बिच लडाई भएछ – नतिजा ? आजकल को कहाँ छन् आफै बिचार गर्नुस |
- डाबरले नेपाल बन्द गर्ने रे, माग "राजेश दाइले अब देखि कपाल काट्न नपाउनु पर्ने" – डाबर सेम्पुको ब्यापार चौपट भो रे
- राजेश दाइले मासु खान थालेपछि डाइनोसोर लोप भएको हो रे !
- डाइनोसोर लोप पछि … अहिले फेरी बाताबरणबिद हरु चिन्तित छन् रे – राजेशदाइको सी फूड मोहले व्हेलले पनि डाइनोसोरको नियती भोग्नु पर्ला भनेर
- समयले कसैलाई पर्खदैन … राजेश दाइलाइ बाहेक !
- राजेशदाइ र समय बीच एक पटक दौड कम्पिटिसन भएछ | राजेश दाइ दौड सकेर फिल्म खेल्न थालेछन – समय अझै दौडेको दौडेकै छ !
- डाबरले नेपाल बन्द गर्ने रे, माग "राजेश दाइले अब देखि कपाल काट्न नपाउनु पर्ने" – डाबर सेम्पुको ब्यापार चौपट भो रे
- प्रश्न – "राजेश दाइले लभ किन नगरेको?" राजेश दाई -"फिल्ममा एउटा लभ गरेको ८-१० लाख पाइन्छ | सित्तैमा कस्ले गरोस !"
- नयाँ उखान पनि बनेछ – "मुखमा राजेश हमाल बगलिमा छुरा"
- प्रश्न – "राजेश दाइले किन बिहे नगर्नुभको?" राजेश दाइ – "उमेर बढी भएर!"
- अगुल्टो ले हानेको कुकुर बिजुली चम्कदा तर्से जस्तै, राजेश दाइले कुटेको मान्छे फलाम देखेर तर्सिन्छ !!
- "राजेश दाइ, अरुणिमा त गर्भवती भैछन नि" – राजेश दाइ – "येस्मा मेरो केही दोष छैन !"
- राष्ट्रिय जनगणनाको अपिस बाट राजेश दाइलाई चिठी आको रच – "कहिले बिहे गर्नुन्छ? तेही हिसाबले जन गणना गर्नु परो |"
- ठूलो कालो बादल आकाशमा मडारिन थाल्यो … राजेश दाइले चुरुट खान थाले जस्तो छ |
- हामी क्याम्प फाएर गरेर आगो वरिपरी बसेर भूतका कथा सुन्थेम | आजकाल भूतहरु आगो वरिपरी बसेर राजेश हमाललाई कथा सुनाम्छन रे |
- जब राजेश हमालले ऐना हेरे, ऐना नै फुट्यो, किन थाहा छ ?- किनभने त्यो ऐनाले दुईंवटा राजेश हमालको बीचमा पर्न चाहेन।

राजेश हमालका जोकहरुको यो दोश्रो भागमा जेष्ठ २१ पछि का जोक हरु समाबेश गरिने छ | अहिले फेसबुकका साथ साथै 


“राजेश हमाल जोक्स” नाम गरेको फेसबुक समुहमा पोस्ट गरिएका रमाइला कुराहरु :