झलनाथलाई फ्रीमा दुई सल्लाह

झलनाथ काम्रेडलाई फ्रीमा केही सल्लाह दिम् कि जस्तो लागिराछ।

  1. bryanadamstookpictureofcrowd संविधान घोषणा गर्ने बेलातिर साकिरा, ब्रिटनी स्पेयर्स, जस्टिन बेबर जस्ता  चार जना जति गायक गायिका हप्ता हप्ता दिन जसो फरकमा काठमाडौंमा ल्याएर कन्सर्ट गराउनुभयो भने तपाइलाई संविधान किन बेलाँ नबनाको भनेर कसैले भन्दैन। पत्र पत्रिकाहरु त झन् पुरै तिनैमा व्यस्त भइरहन्छन्।

    २० वर्ष अगाडि हिट भर थन्किसकेका गायक ब्रायन आडम्स फर्केको एक साता भइसक्दा त त्यो बाहेक अर्को चर्चा शहराँ सुन्न पाइया छैन, एफ एममाँ होस् कि पत्रिकाँ, अझ सक्नुहुन्छ भने नेपालका टिभीहर्लाई नि तीन दिन पछि कन्सर्टको आधा भिजुअल देखाउन पाइने नियम बनाइदिनोहोस् एफ एम र पत्रिका मात्र होइन टिभी पनि त्यसैमा भुल्नेछन्।

  2. bamdev-gautam कहिं कहिं जागिरमा आवेदन माग्दा योग्यतामा …. वा सो सरह भन्छ (जस्तै बिए वा सो सरह)। तपाइलाई अहिले तपाइकै पार्टीका केही मान्छेले गृह मन्त्रालय माओवादीलाई दिनै हुन्न। एमालेले नै राख्न पर्छ भनिरहेका छन्।  त्यसैले गृह मन्त्रालय तपाइकै पार्टीका मान्छेलाई दिनोहोस् तर माओवादी वा सो सरहका नेता, जस्तै वामदेव गौतम। तपाइका पार्टी भित्रका विपक्षीलाई तपाइले भन्न नि पाउनुभयो, हाम्रै पार्टीमा राखेको छु भनेर अनि माओवादी नि आँफू वा सो सरह भएपछि त मानिहाल्छन् नि।

नातामा आफ्नै पर्ने भएकाले (पुरानो ब्लग पढेकालाई मात्र ) फोकटाँ दुईटा सल्लाह दिइहालें। अरु आवश्यकता परेका बेलाँ दिंदै जाम्ला। माग्न पर्दैन, म मनकारी छु।

प्रचण्डले झलनाथलाइ सिकाए की ?

[अर्को अपडेट: ११ जनाको कुरा बाहिर आउने बित्तिकै एमाले भित्र भुइचालो गएको ले मन्त्रीमण्डल बन्ने सम्भावना क्षीण भएको छ | दीपकजीको अर्को शंका तल थपिएको छ |
अपडेट – दीपकजीले शंका गरे जस्तै गृह र परराष्ट्र  सहितको ११ जनाको फौज लिएर माउबादी सरकारमा छिरे छिर्ने पक्का भएको खबर आएको छ |)

nepal-sarkar झलानाथले कतिको नाटक गर्न जानेका छन् कुन्नि ?

कोही कोही नेता भा त एमालेको आजको स्थायी समितिको बैठकमा रोइदिन्थे होलान् केपी र माधव नेपालको पाउ छोए झैं गरी- ‘लउ तपाइहरुले नै प्रधानमन्त्री छोड भने छोड्छु। गृह मन्त्री नदिई माओवादी नआउने भए। कि पद छोड् भन्नुहोस् कि यसपालिलाई स्वीकार्नुहोस्’ भन्दै। अब झलनाथको बानी धेरै थाहा छैन के गर्छन् कुन्नि…

मैले यसो भनेर प्रचण्डलाई व्यङ्य हानेको मरेनी हैन क्यारे। बरु सत्य चाहिँ के हो भने प्रचण्ड प्रधानमन्त्री भा भए र एमालेलाई गृह मन्त्री दिने बारेमा यस्तै बिबाद भा भए प्रचण्ड पक्कै पार्टीको आन्तरिक बैठकमा रुन्थे र त्यस्तै भन्थे अनि बाबुरामले नोट अफ डिसेन्ट लेख्थे तर पनि प्रचण्डले एमालेलाई गृह मन्त्रालय दिन आफ्ना पदाधिकारीहरुलाई सहमति गराउँथे।

प्रचण्डसँगको यति लामो संगलते पक्कै पनि सिकेका होलान् नि झलनाथले नि केही न केही।

***
“एमालेले माओवादीलाई पनि लिङ्ग नछुट्टिएको पार्टी बनाइदिन्छ कि के हो?” विदेशाँ भाका एक मित्रले भन्या।

विदेशाँ हुने केहीलाई अलिक बढी नै माया छ नि माउवादीको। माउवादीहरु एकदिन भन्छन् सरकारमा जाने भइयो ग्यारेन्टी भोलिसम्म सरकार, अर्को दिन भन्छन् सरकारमा नजाने भइयो, समर्थन मात्र। यस्तो कुरा गर्नेलाई लिङ्ग नभाको भन्न मिल्छ कि मिल्दैन ?

संगत गुनाको फल भन्छन् एमालेसँगै लामै सहकार्य गर्यो भने माउवादीको नि लिङ्ग छुट्टिन्न होला..

सहमति पालना गर्ने सहमति

हाम्रो देशाँ पनि के के सहमति हुन्छ के के |

फेरी सहमति अनुसार काम भए पो … त्यस्तो हुने भा त पशुपतिमा लासको राजनीति, बालुवाटार र मन्त्री निवास मा बासको राजनीति, जनतामा आश को राजनीति पनि हुने थिएन होला नि |

uml-maoist-meet

अब यो बैठक र तल पोस्ट गरिएको बक्तब्यको के अर्थ निकाल्ने होला ?

 Continue reading

थप्पड इतिहास – झलनाथ थप्पड खाएर प्रधानमन्त्री भएका होइनन्

धेरै पहिले स्वास्थ्यमन्त्री हुदा बद्रीप्रसाद मण्डलले आफ्नो मातहतको वीर अस्पतालकी नर्स लाइ थप्पड हानेपछि बर्खास्त भएको इतिहास छ | तर अहिलेका थप्पड काण्डहरुको बिस्लेष्ण गर्दा थप्पड हान्ने र खानेमा कसको गल्ति भन्दा पनि, कुन व्यक्तिको हैसियत के छ सोही अनुसार थप्पड को नतिजा देखिने गरेको छ |

प्रजातन्त्र घोषणा भए पछिका पाँच चर्चित थप्पडकाण्डहरु निम्न अनुसार छन् :

thappad-history  Continue reading

थप्पड फापेका प्रधानमन्त्री … लु बधाई

झापड कान्डपछि नेताहरुको सातो गएको पुष्टि गरे है प्रचण्डले संसदमा भाषण गर्दै। अहिले पनि सरकार दिन सकिएन भने जनताले झापड मात्र होइन जुत्ता पनि हान्छन् भन्ने डर छ। त्यसैले झलनाथलाई समर्थन गर्न परो भन्ने आशय व्यक्त गरे स‌सदमा .. गाउँमा जैसी बाले भन्दैछन् रे, “देख्यौ! बाहुनको हातले कति फाइदा गर्छ, झलनाथलाई रेग्मीको झापड कति फाप्यो ?…”

jhapad-regmi

***

आखिर बहुमतबाटै झलनाथ प्रधानमन्त्री बन्ने भएपछि किन नेपाली राजनीतिको सात महिना बेकारमा खेर फालेको भनेर सोध्ने म जस्ता मुर्ख नि होलान् कोही कोही। तर चेत्नलाई समय लाग्यो भनेर यिनलाई माफ गर्न पर्छहोला एउटा शर्तमा ‘सात महिनाको हर्जना तिर्नलाई अब बाँकी ३ महिना २५ दिन भित्र संविधान बनाओ।’ नत्र…..(अरुले आन्दोलन गर्लान् र सम्चार बनाउन पाइएला भनेर पर्खिने भन्दा के गरुँला र म?)

jhalnath-khanal***

आजभोलि परिवार नियोजनले गर्दा जेठा-कान्छा वा जेठी-कान्छी मात्र जन्मिने बेलामा माइला-साइलाँ नै लोपोन्मुख वर्गमा परेका बेला नयाँ प्रधानमन्त्रीले जन्तरेको इज्जत राखे। परिवार नियोजन कम्पनीमा काम गर्ने साथीले चिन्ता व्यक्त गरेका छन्, झलनाथले परिवार नियोजन विरोधी नीति त ल्याउँदैनन् होला नि। यिन्का बाआमाले २,३,४,५ हैन ६ सन्तानमा मात्र चित्त बुझा भए न यी जन्तरे जन्मन्थे न हाम्ले ३४ औं प्रधानमन्त्री पाउन यति ढिला हुन्थ्यो।

  • CPN-UML प्रतिगमन आधा सच्चियो भनेर नि सत्तामा।
  • प्रतिगमन पुरा सच्चियो भनेर नि सत्तामा।
  • गणतन्त्र आए नि सत्तामा।
  • माओवादीसँग नि सत्तामा।
  • काँग्रेससँग नि सत्तामा।
  • राजासँग नि सत्तामा।
  • भारतको समर्थनमा नि सत्तामा।
  • भारतको विरोधमा नि सत्तामा।

कोही कोही एमालेगणलाई डर होला यसरी सरकारमा बसिरह्यो भने एमालेले अर्को चुनावमा कति सिट ल्याउला। सरकारमा बस्नेलाई रुचाउँदैनन् नि जनता…

***

सन्दर्भ: एमालेकै माधव कुमार नेपालले राजिनामा गरेको ७ महिना ५ दिन पछि भएको प्रधानमन्त्री को चुनाबमा एमालेका झलनाथ खनालले मावोबादीका उमेदबार प्रचण्डको समर्थन मा ३ सय ६८ मत प्राप्त गरेर चुनाब जितेका हुन ।

prachanda_talking-with press तस्विरः भास्वर ओझा (नागरिक)