खालि – खाली, ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिने शब्दहरु

नेपालि भाषामा उहि अक्षर भएका तर ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिने धेरै कम शब्दहरु छन् ।

एक जना साथिले उडाउने पाराले भन्नु भएको थियो, “ह्रस्व र दिर्घ लेख्न सिकाउने जति नियमहरु छन् त्यो भन्दा पनि कम तेस्ता शब्द छन् जसले ह्रस्व र दिर्घ लेख्दा फरक अर्थ दिन्छन।”

उनको यो भनाइ पुर्ण रुपमा सत्य त नहोला तर, मैले यस्ता शब्द खोज्दाको सास्तिले उनको भनाइ सत्यको नजिक रहेकोमा चाँहि कुनै शंका रहेन । यो लेखमा ह्रस्व र दिर्घ लेख्दा फरक हुने शब्द, तिनिहरुको शब्दार्थ र ति शब्दलाई वाक्यमा प्रयोग गरिएका छन् । वाक्यमा प्रयोग गर्दा भने ह्रस्व मात्र प्रयोग गरिएको छ। ह्रस्व मात्र प्रयोग गर्दा अर्थ बुझियो कि बुझिएन कृपया कमेन्ट गर्नुहोला।

खालि र खाली

एउटाले केवल (मात्र) भन्ने अर्थ दिन्छ भने अर्कोले भित्र केहि नभएको (रित्तो) भन्ने अर्थ दिन्छ !

khali khali

उदाहरण:

  • मेरो छोरो ले खालि दुख दिइ रहन्छ ।
  • औषधि बिहान खालि पेटमा खानु ।
  • आज साझा बस खालि नै रहेछ, सिट सजिलै पाइयो ।

नोट – दोश्रो र तेस्रो वाक्यमा ‘लि’लाइ दिर्घ लेख्नु पर्ने थियो, तर अर्थ सजिलै बुझिने भएको ले मैले ह्रस्व नै लेखेको हुँ। नेपालि भाषामा दिर्घ इकार र उकारलाइ ह्रस्वलाइ भन्दा अलिक लामो (लेघ्रो तानेर) उच्चारण गरिन्छ। तर, बोलिचालिमा यसरी छुट्याएर कमैले बोल्ने गरेका छन्  । यस्तो बोलिलाइ भाषाविदहरुले ‘झर्रो नेपालि’ नामाकरण गरेका छन् ।

 Continue reading

ह्रस्व मात्रै प्रयोग गर्दा नेपालि भाषा बुझ्न सकिन्छ कि सकिदैन? (आनन्दको नेपालि)

नोट : (२०७३, असोज अपडेट) – शुरुमा सबैले प्रयोग गर्न सजिलो होस भनेर “सजिलो नेपालि” नामांकरन गरेको भए पनि, अबदेखि यो प्रयोग मेरो नितान्त ब्यक्तिगत प्रयोग हुने भएकोले “आनन्दको नेपालि” नामांकरण गरिएको छ । “आनन्दको नेपालि” को जननि नेपालि भाषा हो । जसरि मैले मेरि आमाको सम्मान र श्रद्धा गर्छु तेस्तै मैले नेपालि भाषाको पनि सम्मान र श्रद्धा गर्छु । तेसैले, जसरि मलाइ मेरि आमालाइ परिवर्तन गर्न मन छैन तेसरि नै मलाइ नेपालि भाषामा पनि कुनै परिवर्तन गर्नु छैन, भाषा बिगार्नु छैन । 

“आनन्दको नेपालि” एक ठुलो प्रयोग हो, भाषाको सरलिकरणको लागि । यो प्रयोग ब्यबहारिक हुन्छ कि हुँदैन, अर्को बहसको  बिषय हुने छ । तर, यसरि मैले गरेका परिवर्तनका कारणले हुने परिवर्तित भाषाको स्वरुपको मैले पुर्ण जिम्मेवारि लिएको छु । यसरि यस भाषाको परिवर्तन, परिमार्जन र प्रयोग गर्ने पुर्ण जिम्मेवारि मेरो हुनेछ । यसका साथै, पाठकहरुलाइ कुनै द्विविधा नहोस भनेर, यस भाषा प्रयोग भएर प्रकाशित हुने सबै प्रकाशनहरुमा मैले “आनन्दको नेपालि” प्रयोग भएको जानकारि दिने छु । 

भाषामा नियम हुनु पर्छ । नियम भएन भने एउटा कुरा भन्दा अर्कै बुझिन्छ। तेसैले, भाषाको सर्बमान्य नियम, ब्याकरणको सबैले सम्मान गर्नु पर्दछ । यसको साथ साथै, भाषाको उपादेयतामा कुनै कमि नआउने गरेर ब्यकारणलाइ परिमार्जित र सजिलो बनाउनमा पनि कुनै कन्जुस्याइ गर्नु हुँदैन भन्ने पनि मेरो मान्यता छ ।

४ बर्ष अघि सन् २०११ मा नेपालि भाषाको शुद्दतामा आएको संकटलाइ लिएर “नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात” लेखेको थिएँ । भाषा शुद्दतालाइ लिएर मानिसहरुमा अझै पनि उत्तिकै उदास छन र यसमा कुनै परिबर्तन हुने सम्भाबना पनि देखिदैन । त्यसको २ बर्ष पछि, सन् २०१३ मा “नेपाली भाषामा ह्रस्व र दीर्घको आबश्यकता नै छैन” भन्ने लेख लेखिएको थियो। यो तर्क गर्न त ठिकै थियो तर, के यो बिचार साच्चिकै प्रयोग गर्न सकिएका त भन्ने प्रश्नले मलाइ बिगत २ बर्ष देखि घचघच्याइ रहेको थियो ।

यो २ बर्षमा मैले ह्रस्व दिर्घको नियमको पुर्ण ज्ञान भएको कोहि पनि नेपालि भेटिन। धेरै जनाको जवाफ “ह्रस्व दिर्घ आउछ भनेर धमण्ड गर्दिन तर लेख्दा शुद्ध गर्न सक्नु असल काम हो” भन्ने आशयकै हुन्थ्यो। कसैले नजानेको यो कस्तो नियम होला भन्ने सधै लागिरहेको बेला हिजो एउटा प्रयोग गर्ने सोच आयो । एक बर्ष सम्म दिर्घ लेख्दै नलेखि ह्रस्वमा मात्र मनोरंजन समाचार लेखेर यहाँ पोस्ट गर्ने र बर्षको अन्तमा नबुझिने शब्दहरुको सुचि तयार गर्ने । यो नै बैज्ञानिक तरिका हुने सोचले आफैले लेखेका र अरु विभिन्न माध्यममा छापिएका मनोरन्जन सामाग्रिहरु यस नेपालि ब्लगमा बाडने बिचार गरेको छु । गल्तिले दिर्घ भएका कुनै शब्द भएमा कमेन्टमा सुचना दिनु भएमा आभारि हुने थिएँ ।

ट्विटरका एक साथि रौनकको सुझाबमा यो नयाँ प्रयोगलाई “सजिलो नेपालि” नामाकरण गरिएको छ।

nepali project

यो सजिलो नेपालि प्रयोगमा:

  • सबै दिर्घ शब्दहरुलाई ह्रस्व बनाइने छ । जस्तै ‘पानी’ लाइ ‘पानि’ लेखिने छ ।
  • रू लाइ रु लेखिने छ
  • ई लाइ इ लेखिने छ

ट्विटरमा यो बिषयमा चर्चा गर्दा #नेपालि ह्यासट्याग प्रयोग गरिने छ ।

 Continue reading

नेपाली भाषामा ह्रस्व र दीर्घको किन आबश्यकता छैन

फेसबुकमा केदार शर्माले लेखेको यो कमेन्ट पढे पछि यसको बारेमा केही लेख्न मन लाग्यो ।

“नेपाली अनलाइन” हरू हो, शुद्ध लेख्न लगाओ, हिज्जे परीक्षक राख, बरु मिलेर ‘स्पेलिङ चेकर’ बनाउन खर्च गर, तर बिन्ती छ, भाषाको दोहोलो नकाढ।

भाषा शुद्द हुनु पर्छ, यसमा कसैको दुई मत हुदैन । भाषा शुद्द नभएमा भन्न खोजेको कुराको गलत अर्थ लाग्न सक्छ । त्यस्तो हुन नदिन भाषाका नियमहरुलाई सजिलो र सबैले बुझ्ने गरेर निर्माण गर्नु आबश्यक हुन्छ । तर, “श्राद्धमा बिरालो बाँध्ने” उखानलाई चरितार्थ गरेर भाषालाई शुद्द बनाउनु भनेको अहिलेको जस्तो अबस्था आउनु हो। मेरो बिचारमा, नेपाली भाषाको क्लिष्टताका यसको ‘स्पेलिङ चेकर’ बनाउन अहिलेसम्म नसकिनुले पनि जनाउछ ।

पृष्टभूमि

बाटोको एकै ठाउमा धेरै गाडीको दुर्घटना भयो भने सडक भिभागले ड्राइभरको गल्ति नभएर बाटोको पो समस्या हो कि भनेर अनुसन्धान शुरु गर्दछ । बाटोको समस्या भएमा बाटोको मर्मत गरिन्छ भने ड्राइभरहरूकै गल्ति भएको प्रमाणित हुन गएमा सोही अनुरुप सूचना र प्रशिक्षण दिइन्छ । सडकमा जस्तै भाषामा पनि धेरै जना झुक्किने र सबै भन्दा बढी गल्ती हुने शब्द वा नियम आफैँमा गलत हुन सक्ने सम्भाबना धेरै हुन्छ । ब्यक्तिगत रुपमा भन्नु पर्दा, मैले जीवनभर प्रयोग गरेको नेपाली भाषामा मलाई अधिकांश नियमहरु अनाबश्यक लाग्ने गरेको छ ।

आज, नेपाली भाषामा सबै भन्दा बढी गल्ती हुने र कुनै कुनै शब्दमा कसैले पनि यही सही हो भनेर किटान गर्न नसक्ने ह्रस्व र दीर्घको बारेमा कुरा गरौँ। ह्रस्व र दीर्घको गल्ती एक दुई जनाले होइन प्राय: सबैले गरेका हुन्छन । किनकी, यसका नियम स्पष्ट छैनन् र दुख: लाग्दो कुरा, प्राय: सही लेख्न पर्ने आबश्याकता पनि पर्दैन ।

ह्रस्व र दीर्घको समस्या नेपाली लेखन पद्धतिमा रहेको सबै भन्दा जटिल पक्ष रहेको कुरा प्रा. डा. व्रतराज आचार्यले पनि मानेका छन् । ह्रस्व र दीर्घका अनेकन नियमको जानकारी नभए पनि अनेकौ नेपाली लेखकहरुको लेखकीयत्वमा यसले कुनै असर नागेरेको प्रा. आचार्यले स्वीकार गर्दछन ।

अलिक व्याकरणका जानकार बाहेक अरुलाई ती गल्तीले कुनै असर पनि गर्दैनन । केही उदाहरण हेरौं:

१७ वटा बिध्यार्थी संगठनले लेखेको पत्रमा १०० वटा ह्रस्व र दीर्घ गल्ती किन भेटिए ?

17 student group

चिठ्ठीमामात्र होइन प्रकाशित साहित्यिक कृतिको यो बिबेचना हेर्नुहोस्:

व्याकरणीय गल्तीका कारण हरफैपिच्छे दाँतमा ढुंगा लागेजस्तो हुन्छ। गोविन्दराज भट्टराईको भूमिकामा पनि त्यही हविगत भएको छ। कवितामा यस्तो गल्ती क्षम्य हुँदैन। जोड्नुपर्ने शब्दलाई छुट्याउने र छुट्याउनुपर्ने शब्दलाई जोड्ने गल्ती त अनेकौँ ठाउँमा भएका छन्। ह्रस्व-दीर्घका प्रयोगलाई पनि सारै खेलाँची गरएिको अनुभव हुन्छ। यस्ता असावधानीले कृतिको स्तर खस्किएको छ।

सम्भावना बोकेका कविता“को त यस्तो हाल छ भने अरुको के कुरा गर्नु !

तथ्य

  • अधिकांश नेपालीलाई “रु” र “रू” वीचको फरक थाहा छैन । खासमा, यो फरक थाहा हुन आबश्यक पनि छैन किनकी जे लेखे पनि आखिर पढ्ने त रु (roo) नै हो ।
  • अधिकांश शब्दमा ह्रस्व वा दीर्घ लेख्दा शब्दको अर्को अर्थ लाग्दैन ।  जस्तै  “पानी” लाई “पानि” लेख्दा अर्कै चीज भन्ने अर्थ लाग्दैन । “बाहिर जाउ” भन्दा वा “बाहीर जाउ” भन्दा वा “बाहीर जाऊ” वा “बाहिर जाऊ” जे भने पनि आखिर एउटा भन्दा दुई अर्थ लाग्दैन ।
  • सबै ह्रस्व वा सबैलाई दीर्घ लेख्दा अर्थमा फरक हुने केही शब्दहरु पनि सन्धर्वले बुझ्न सकिन्छ । जस्तै “फूल” र “फुल” बीचमा अर्थ फरक भए पनि फूलपाती, फुलपाती, फूलपाति र फुलपातिमा  के फरक छ र ?  मैले बुझे अनुसार “कुखुराको फूल ल्याउ” भनेर अर्हाउदा कोहि पनि फुलबारी तिर जाँदैन ।

यस्तो हुँदा हुँदै पनि किन हामी ह्रस्व र दीर्घका पछि दौडिरहेका छौं ? ह्रस्वमात्र वा दीर्घको मात्र प्रयोग गरिदियो भने “बार्हखरी” घटेर “दशखरी” भएर पढ्न कति सजिलो हुने थियो !

मलाई यी ह्रस्व र दीर्घका कारणले भाषामा मीठास् थपिएको छ भन्ने घमण्ड थियो तर एक अंग्रेजी मित्रले हामी गफ गरेको झगडा गरेको जस्तो सुनिन्छ भने पछि भने त्यो घमण्ड पनि चकनाचूर भएको छ ! आखिर (आखीर) चकनाचूर भए पनि (पनी) चकनाचुर भए पनि(पनी) कुरा एउटै हो नी (नि) होइन ?

अन्त्यमा – “नेपाली भाषाविदहरु” हो, सजिलो नियम बनाओ, हिज्जे परीक्षक राख्न नपरोस, बिन्ती छ, नेपाली भाषाले पनि संस्कृत भाषाको नियती भोग्न नपरोस् ।

यसै सन्धर्वमा दुई बर्ष अघिलेखेको यो लेख अझै पनि उत्तिकै सान्धर्भिक छ – नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात

आगामी दिनमा नेपाली भाषाका अन्य अनाबश्यक पक्षहरुको बारेमा बहस गरिने छ । अहिलेलाई ह्रस्व र दीर्घका बारेमा कमेन्ट गर्नुहोला, धन्यबाद !

अपडेट १ –  अलिक खोजि गर्दै जाँदा यस बिषयमा भाषाविदहरु बीच छलफल भएको रहेछ र यसलाई सरली करण गर्ने सहमति पनि भएको रहेछ । कति सरल भएछ त — ल हेर्नुहोस् :

… समस्त शब्दका घटकका रूपमा आउने अविकारी पूर्व पदको अन्त्यमा दीर्घ नै लेख्ने अनि संयुक्त क्रियामा घटकका रूपमा आउने पूर्वकालिक क्रियाहरू पनि (पद वियोगका अवस्थाका)  दीर्घ लेख्ने नियम अपवादहरूको न्यूनीकरणसँग सम्बन्धित नियम हुन् ।

बुझ्नुभो ?

अपडेट २ – ट्विटरमा एक मित्र अनिस आर्यन ले एउटा उदाहरण दिनु भएको थियो,

“एक दिन मेरो घर एक दिन आए। मैले केही दिन खोजेँ। ती दिनले लिन मानेनन्।अर्को दिन पनि तिनै दिन टुप्लुक्क आइपुगे।”

मेरो बिचारमा यस्तो वाक्य न बोलिचालिमा प्रयोग गरिन्छ, न लेखाइमा नै । तै पनि कुन “दिन” ले “दुखि” भन्ने बुझाउँ छ र कुन “दिन” ले समय भन्ने बुझाउँछ र कुन चाँहि “दिन” ले दिने कार्य भन्ने बुझाउँछ भन्ने कुरा पत्ता लगाउन कुनै पनि समस्या देखिंदैन ।

सबैले बुझ्ने बनाउनको लागि “एक दिन मेरो घर एक दुखि मानिस आए। मैले उनलाइ केहि दिन खोजेँ। तर, ति दुखि मानिसले लिन मानेनन् । अर्को दिन पनि तिनै दुखि मानिस टुप्लुक्क आइपुगे।” पनि भन्न सकिन्छ ।

din example

नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात

नेपाली भाषाप्रेमीहरु आजकालका ट्विटर र फेसबुकमा उरन्ठेउला केटाकेटीले प्रयोग गरेको भाषा देखेर चिन्तित हुन थालेका छन | तीनै जमात ले वेबसाइट र ब्लग मार्फत भाषाको बलत्कार गरेको हेर्न नसकेर यी विधालाई पनि पत्रकारिताको छाता अन्तरगत राखेर अनुशासन र सुद्धासुद्धि मा ध्यान नदिने ब्लगरहरुलाई लखेट्ने तयारी हुदै छ भन्ने सुन्नमा आएको छ |

nepali-roman-nepali

हुन त भाषा भनेको एउटा माध्यम मात्र हो | मानिसले भाषालाइ आफू अनुकुल प्रयोग गर्न पाउनु पर्छ | जब मानिसले भाषाको प्रयोग गर्ने नभएर भाषाले मानिसलाई नियममा बाध्न थाल्छ, तब सो भाषा इतिहास बन्छ | यसको सबै भन्दा ठूलो उदाहरण हाम्रो नेपाली भाषाको जननी संस्कृत नै हो | संस्कृतलाइ सजिलो बनाउनु भन्दा पनि असंख्य नियममा बाँधेर क्लिस्ट बनाइदै लग्नु ले नै यसको प्रयोगमा कमी आएको मलाइ लाग्दछ |

तपाइँहरुले कहिले सोच्नु भएको छ:

  1. किन आजकाल कसैले  संस्कृत बोल्दैन ?
  2. किन हाम्रा पुर्खाले संस्कृत नै नबोलेर नेपाली बोल्न थाले ?
  3. संस्कृत जस्तो "मीठो" मातृभाषा हुँदा हुँदै किन अरु भाषा सिक्नु परेको होला हाम्रा पुर्खालाई ?
  4. किन सबै पुरातन किताबहरु संस्कृतमा नै लेखिएका होलान ?

यी प्रश्नका उत्तर सहज नहुन पनि सक्छन र मैले बुझेको उत्तर अरु मानिसहरुले अर्कै हिसाबले बुझेका पनि हुन सक्छन | तै पनि मेरो बिचारमा यिनै उत्तर भित्र संस्कृत भाषाको अबसान लुकेको हुनु पर्छ | यी उत्तरहरु मेरा व्यक्तिगत विचार हुन र म कुनै भाषाबिद पनि होइन| तै पनि यी सबै प्रश्नको एउटै उत्तर दिन प्रयास गर्दछु :

भाषा परिवर्तनशील हुनु पर्दछ | पृथिबीनारायण शाहले बोलेको नेपाली र आज हामीले बोल्ने नेपाली मा ठूलो अन्तर देख्न सकिन्छ तर संस्कृत त्यसरी परिवर्तन भएको पाइदैन | यसको कारण प्रचलन र जनजिब्रोमा प्रयोग नभएकोले पनि हुन सक्छ | 

भाषा सजिलो हुनु पर्दछ | संस्कृतलाइ एकदम राम्रो र "मीठो" भाषा बनाउने हिसाबले परापुर्बकाल देखि नै ठूलो अनुशन्धान भयो | सोही आधारमा बिभिन्न नियमहरु बनाइए | तिनै नियममा बाधिएर ठुला ठुला किताबहरु लेखिए | धुरन्धर विद्वानहरुले संस्कृतलाइ अझ राम्रो र बिशिष्ट बनाउने प्रयास गरे जसको फलस्वरुप साधारण मानिसहरुले यसको प्रयोग गर्न नै नसक्ने भए | तेसै कारणले मानिसहरुले आफूखुसी संस्कृतको प्रयोग गर्दा सो भाषा संस्कृत नभएर अन्य नेपाली, हिन्दी, भोजपुरी, मैथिली, वा तेस्तै अनगिन्ति भाषा हुन पुगे | संस्कृतलाइ आफुखुशी परिवर्तन हुन दिइएको भए संस्कृत बोल्ने मानिस अझै पनि बाँकी रहन्थे होलान |

क्लिस्ट लेख्दैमा राम्रो हुदैन | किताब लेख्न सक्ने परापूर्बकालका विद्वानहरुले बेद, गीता आदि ग्रन्थलाइ बुझ्न गाह्रो बनाएर आफ्नो विद्वत्व देखाए | चुनिएका पढेलेखेका ब्राह्मणले मात्र पढ्न सक्ने (तिनीहरु पनि राम्रो संग पढ्न नसक्ने हुनाले अरुले नबुझ्ने गरेर गुन्गुनाउछ्न) बनाएर आफूखुसी ब्याख्या गर्ने सक्ने बनाइयो | लेख्न मात्र होइन पढ्दा उच्चारण गर्दा पनि बिधी पुर्याएर गर्नु पर्ने हुनाले मानिसहरुले सकेसम्म तेस्तो भाषा बोल्न नपरोस भन्ने सोच्न थालेको हुनु पर्दछ |  समाजमा जातजाति बीचको र ठूलो सानो बीचको फाटो ल्याउनमा संस्कृत भाषाको पनि ठूलो हात भएको मलाइ लाग्दछ |

भाषाको सही उपयोग – सजिलो रुपमा प्रयोग

अहिलेको इन्टरनेट जमातलाइ भाषाको नियमको त्यति मतलब छैन | कुनै कुनै बेलामा स्कुलमा पढेको आधारमा ह्रस्व दीर्घ र अन्य शुद्दाशुद्दीमा ध्यान दिए पनि धेरै जसो बोलीचालीको भाषा नै प्रयोग गर्ने हुनाले आफ्नो मनमा लागेका कुराहरु गर्न सजिलो भएको भान गर्न सकिन्छ | यसरी भाषाको प्रयोग गर्दा आफुले भनेको कुरा सबैले बुझेमा र उल्टो अर्थ नलागे सम्म सही प्रयोग नै भएको मान्नु पर्छ | तेस्तो प्रयोगले भाषा प्रतिको माया र मोह पनि बढ्दै जानेमा कुनै द्विविधा छैन |

यिनै कारणले मलाइ भाषाको बागडोर इन्टरनेट जमातलाइ सुम्पिनुको बिकल्प छैन भन्ने लाग्दछ | यस्तै गरेर भाषाको मिठास जोगाइ राख्नु र यसको प्रयोग सजिलो बनाउदै जानुमा नै नेपाली भाषाको भबिष्य निर्भर हुने छ |

अब क्यार्नु त, अच्काल्का केट्केटी नै भोलिका कर्णधार भंचन केरे |