Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

प्रचण्ड हालै बसोबास गरिरहेको र मासिक एक लाख तीन हजार भाडा तिरिरहेको घरको घरमुली को हो भन्नेमा अन्योल हुनु आफैमा अचम्मको कुरो छ । प्रचण्डले एक पेज लामो बक्तब्य निकाल्न लगाएर यो बिषयलाई झन रहस्यमय बनाएका थिए  । गिरीजाप्रसाद कोइरालाले समेत "नयाँ र फराकिलो घर खोज्न अनुरोध" गरेको उल्लेख गरिएको सो बक्तब्यमा घरधनी र सो घरमा भएको सुविधाको बारेमा केही पनि उल्लेख गरिएको छैन ।

हालै नागरिक दैनिकले "पार्टी उपाध्यक्ष मोहन वैद्य निकट एक केन्द्रीय सदस्य"को हवाला दिदै सो घरकी घर धनी शिशु आर्याल प्रचण्ड निकट व्यापारी अजय सुमार्गीकी श्रीमती अस्मिताकी दिदी भएको पत्ता लागेको बताएको छ।  रिपोर्ट अनुसार, अहिले अमेरिका बसिरहेकी शिशु आर्याल वा उनको परिवारको त्यति महंगो घर किन्न सक्ने हैसियत पनि नभएको बताइएको छ ।

आफूहरू सामान्य घरमा बस्ने अनि १ लाख ३ हजार रुपैयाँ भाडामा लगाउन कसैले पनि करोडौं लगानी गर्दैन

केही महिना अघिमात्र शिशु अर्यालको नाममा पास गरिएको सो भबनको बास्तबिक घरधनी प्रचण्डनै भए पनि देखाउनको लागि मात्र  शिशु अर्याल नाममा पास गरिएको हल्ला छ । प्रचण्डले मासिक एक लाख तीन हजार भाडा तिर्ने कुरा गरे पनि सो भाडाको आय श्रोत नखुलाउनु आफैमा बिबादास्पद छ ।

prachanda_house_lazimpat

मालपोत कार्यालय को रेकर्ड अनुसार ५ करोड २० लाख रुपैयाँमा पास गरिएको भए पनि स्थानीय मानिसहरु चल्तीको भाउअनुसार सो घरको मूल्य  १५ करोड सम्म पर्न सक्ने अनुमान गर्छन ।

साधारण ब्यापारिक हिसाब 

ब्यपारी नभए पनि पैसा ब्यांकमा राख्यो भने ब्याज आउछ भन्ने त सबैलाई थाहा हुन्छ। मलाइ प्रचण्डले काठमांडू बीचको तीनरोपनी जग्गामा बनेको घरलाई रु. १,०३,००० तिरेर बसेको भन्ने कुरा आफैमा हास्यास्पद लागेको थियो  । तेसैले, त्यो घरधनीले घर किन्ने पैसा ब्यांकमा राखेको भए कति आम्दानी हुने थियो भन्ने हिसाब गर्न मनलाग्यो:

मालपोत कार्यालय को रेकर्ड न्यूनतम् र तिरिएको भन्दा धेरै नै कम हो भन्ने थाहा पाउदा पाउदै पनि यदी घरको मूल्य ५ करोड २० लाख नै भएको भए पनि:

शिशु अर्यालले सो रकम (रु. ५,२०,००,०००) नेपालका कुनै पनि ब्यांकमा (नेपाल ब्यांक वा एभरेष्ट ब्यांक, वा कुमारी ब्यांक वा लुम्बिनी ब्यांक ) मा फिक्स डिपोजिटमा राखेको भए उनले पाउने ब्याज मात्र १०%को दरले रु ५२,००,००० हुने थियो । त्यस हिसाबले, उनले मासिक रु. ४ लाख ३३ हजार चानचुन कमाइ गर्ने थिइन ।

प्रचण्डलाई भाडामा दिनुले एक बर्षको घाटा – रु. ३९ लाख ६४ हजार।

नेपाल इन्भेस्टमेन्ट ब्यांकमा राखेको भए उनले अझ बढी ब्याजदर (प्राइम रेट १०.५%) पाउने थिइन भने बाणिज्य ब्यांक र  बंगलादेश ब्यांकमा अझै बढी ११% पाउने थिइन ।

११% ब्याज आउने ब्यांकमा राखेको भए उनलाई भएको बार्षिक घाटा – रु  ४४ लाख ८४ हजार

उनका ब्यापारी साथीका नातेदारले झन्डै ४५लाख घाटामा प्रचण्डलाई घर भाडामा दिन किन त्यो घर किने त?

स्थानीय मानिसहरुले भनेको चल्तीको भाउलाइ साँचो मान्ने हो भने त शिशु अर्यालको बार्षिक घाटा मात्रै डेढ करोड भन्दा बढी हुन्छ । (१५ करोडको ११%का दरले ब्याज मात्रै मासिक १३ लाख ५० हजार हुन आउछ)

प्रश्न उठ्छ:

  • बास्तबिक घरधनी को हो ? (प्रचण्डको बक्तब्यमा यस बारेमा केही उल्लेख छैन)
  • घरमुलीले ४५ लाख देखि डेढ करोड सम्म घाटा खाएर प्रचण्डलाई किन भाडामा राखिन ? (ब्यांकमा नराखेर लगानी गरेमा अझै बढी प्रतिफल आउन सक्छ)
  • मासिक १ लाख ३ हजार भाडा तिर्ने र साथसाथै सोही अनुरुपको जीवनयापन गर्नको लागि चाहिने रकमको लागि प्रचण्डको आय श्रोत के हो?
  • नेताले जनता प्रति उत्तरदायी भएर पहिले नै बक्तब्य निकाल्नु पर्नेमा देशी तथा बिदेशी मिडियामा हल्ला खाल्ला भए पछि मात्र बक्तब्य निकाल्नु गैर जिम्मेबारीपन भएन ?

Incoming search terms:

 

[अर्को अपडेट: ११ जनाको कुरा बाहिर आउने बित्तिकै एमाले भित्र भुइचालो गएको ले मन्त्रीमण्डल बन्ने सम्भावना क्षीण भएको छ | दीपकजीको अर्को शंका तल थपिएको छ |
अपडेट – दीपकजीले शंका गरे जस्तै गृह र परराष्ट्र  सहितको ११ जनाको फौज लिएर माउबादी सरकारमा छिरे छिर्ने पक्का भएको खबर आएको छ |)

nepal-sarkar झलानाथले कतिको नाटक गर्न जानेका छन् कुन्नि ?

कोही कोही नेता भा त एमालेको आजको स्थायी समितिको बैठकमा रोइदिन्थे होलान् केपी र माधव नेपालको पाउ छोए झैं गरी- ‘लउ तपाइहरुले नै प्रधानमन्त्री छोड भने छोड्छु। गृह मन्त्री नदिई माओवादी नआउने भए। कि पद छोड् भन्नुहोस् कि यसपालिलाई स्वीकार्नुहोस्’ भन्दै। अब झलनाथको बानी धेरै थाहा छैन के गर्छन् कुन्नि…

मैले यसो भनेर प्रचण्डलाई व्यङ्य हानेको मरेनी हैन क्यारे। बरु सत्य चाहिँ के हो भने प्रचण्ड प्रधानमन्त्री भा भए र एमालेलाई गृह मन्त्री दिने बारेमा यस्तै बिबाद भा भए प्रचण्ड पक्कै पार्टीको आन्तरिक बैठकमा रुन्थे र त्यस्तै भन्थे अनि बाबुरामले नोट अफ डिसेन्ट लेख्थे तर पनि प्रचण्डले एमालेलाई गृह मन्त्रालय दिन आफ्ना पदाधिकारीहरुलाई सहमति गराउँथे।

प्रचण्डसँगको यति लामो संगलते पक्कै पनि सिकेका होलान् नि झलनाथले नि केही न केही।

***
“एमालेले माओवादीलाई पनि लिङ्ग नछुट्टिएको पार्टी बनाइदिन्छ कि के हो?” विदेशाँ भाका एक मित्रले भन्या।

विदेशाँ हुने केहीलाई अलिक बढी नै माया छ नि माउवादीको। माउवादीहरु एकदिन भन्छन् सरकारमा जाने भइयो ग्यारेन्टी भोलिसम्म सरकार, अर्को दिन भन्छन् सरकारमा नजाने भइयो, समर्थन मात्र। यस्तो कुरा गर्नेलाई लिङ्ग नभाको भन्न मिल्छ कि मिल्दैन ?

संगत गुनाको फल भन्छन् एमालेसँगै लामै सहकार्य गर्यो भने माउवादीको नि लिङ्ग छुट्टिन्न होला..

Incoming search terms:

 

हाम्रो देशाँ पनि के के सहमति हुन्छ के के |

फेरी सहमति अनुसार काम भए पो … त्यस्तो हुने भा त पशुपतिमा लासको राजनीति, बालुवाटार र मन्त्री निवास मा बासको राजनीति, जनतामा आश को राजनीति पनि हुने थिएन होला नि |

uml-maoist-meet

अब यो बैठक र तल पोस्ट गरिएको बक्तब्यको के अर्थ निकाल्ने होला ?

Continue reading »

 

jhallu प्रचण्डले अस्ति – प्रधानमन्त्री छोड्ने हुम् हामी, जाबो कुनै एउटा मन्त्रालयका लागि अड्डि लिन्नम’ भनेको यही आँखाले टिभीआँ हेर्याझैं र कानले सुने झैं मान्छु। तर गृह मन्त्रालय नपाएसी सरकारमा नै नजाने भनेर हिजो माओवादीले निर्णय गरेछन्।

चुनाव हारेकालाई मन्त्री बनाउन्न भनेको पाँच दिनपछि झलनाथले दुई जना पराजितलाई नै मन्त्री बनाए। हैन, मैले बुझ्न नसकेको कुरा नि, झलनाथको संगतले प्रचण्ड झल्लु भा कि प्रचण्डको संगतले झलनाथ झल्लु भा हुन् ? कि नेपाली नेताहरुको यत्रो संगत गर्दा नि नेताले भनेको कुरा गर्दैनन् भनेर नबुझेर, बोलेको पुर्याउलान् भनेर पत्याएर बस्ने म पो झल्लु भा हुम्….(बोलेको कुरा नपुर्याउनेलाई झल्लु भन्न पाइएला नि)

अघि स्टेटसमा त ठोकेर लेखिहालियो ‘झल्लु को ?’ भनेर। फेरि कानून लाग्ने हो कि भन्ने डर छ। आजभोलि के के नयाँ नयाँ कानून बनाइराछन्। फेसबुकाँ नि कसैको चरित्रहत्या गर्ने गरी लेख्न नपाइने छ रे। मैले त नेपाली वृहत शब्दकोषमा हेरेर लेखेको हुँ है।

झल्लु - (विशेषण) बोली वा बानी बेहोराको ठेगान नभएको।

 

jhalnath-in-office-first-day संविधानसभाँ चुनाव हारेकालाई सरकारमा ल्याउन्न भन्थे प्रधानमन्त्री हुनासाथ झलनाथ खनालले। अर्थमन्त्री बन्ने पक्का भाका भरतमोहन अधिकारी मोरङबाट र शिक्षामन्त्रीमा प्रस्तावित गंगालाल तुलाधर धादिङबाट चुनाव हारेका रैछन्।

आँफै झल्लु हुने कुरा किन गर्छन बेकाराँ झलनाथले कि उनैको पार्टी एमालेले नै सुरुमै चुनाव हारेकाहरुलाई मन्त्रीमा सिफारिस गरेर झलनाथलाई झल्लु बनाइदिन लाको हो…

***

माओवादी पहिले उपयोग गरिसकेका मन्त्रालय नलिने नीति जस्तो छ। त्यसैले अर्थ र रक्षा भन्दा गृह र परराष्ट्र मन्त्रालयमा मरिहत्ते गरिराछ। सायद सञ्चार र शान्ति मन्त्रालय भन्दा अहिले युवा-खेलकुद र उर्जा अथवा आपूर्ति मन्त्रालयमा जोड दिन्छ। सबै सरकारी संयन्त्रको अनुभव लिनु छ नि।

माउवादीका लागि नयाँ सत्ता गठवन्धन अग्रगमनका लागि सह-कार्य हो कि विद्रोहको लागि गृह-कार्य? पत्रकारको मन जे मा नि शंका मात्रै लाउछ..

***

Continue reading »

© 2012 नेपाली गफ A part of xNepali.com network