जिरे खुर्सानि र भद्रगोल नयाँ बर्ष अगाबै प्रशारण शुरुहुने

‘तितो सत्य’ र ‘मेरि बाँस्सै’लाई नेपाल टेलिभिजनमा देखाउँदै आएको मिडिया हबले अब ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ पनि आफ्नो भागमा पारेको छ । विगत केही हप्तादेखि नेपाल टेलिभिजनबाट प्रशारण रोकिएका यी दुई चर्चित हाँस्य सिरियल अब भने फेरि प्रशारणमा आउने भएका छन् ।

भिडियो रिपोर्ट

मिडिया हबका अध्यक्ष सोम धितालका अनुसार चर्चित हाँस्य सिरियल ‘जिरे खुर्सानि’ र ‘भद्रगोल’ चैत्रको अन्तिम साता वा नयाँ बर्षबाट प्रशारणमा आउने भएका हुन् । उनले भने अनुसार मिडिया हबले अब नेपाल टेलिभिजनमा प्रसारणको टेन्डर पारेर चैत्र २७ गतेबाट ‘भद्रगोल’ र चैत्र ३० गतेबाट ‘जिरे खुर्सानि’को प्रशारण को तयारि गरेको बताएका हुन ।

 Continue reading