Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

फेला परेसम्मका सबै जसो देशका नेताहरुको चुम्बन यहाँ जम्मा गरिने छ | यो पोस्ट लामो हुने हुनाले आगामी दिनहरुमा यसलाई बिस्तार गर्दै लगिने छ|

अफगानिस्तान (Afganistan)

अफगानी रास्ट्रपति हामिद कारजाईले त्यहाँको पूर्बराजा जाहिर शाहको हातमा चुम्बन गर्दै (सन् २००४, जनबरी २६मा)|

Afghan President Hamid Karzai (R) kissing the hands of the former Afghan King Zahir Shah after signing the country's new constitution in Kabul on 26 January 2004. Former Afghan King Mohammad Zahir Shah has died aged 92, on 23 July 2007. Shah ruled Afghanistan from 1933 until he was deposed in 1973 and lived in exile in Italy until returning back in 2002.

अल्बानिया (Albania)

Continue reading »

Incoming search terms:

 

kiss_on_hand

नकारात्म असर

चुम्बनका धेरै राम्रा कुराहरु हुदाँ हुँदै पनि यसका नराम्रा असरहरु पनि छन् | हाम्रो जस्तो अनुदार समाजमा सार्बजनिक स्थानमा चुम्बन गर्नु अनैतिक र गैरकानुनि पनि मानिन्छ | सामाजिक चुम्बन पनि नेपाली समाजमा नौलो नै छ र यसलाई पनि नेपाली समाजले सहज रुपमा लिन सकेको छैन |

चुम्बन (टंग किस) गर्दा थुक साटा साट हुने हुनाले रोगका किटाणुहरु पनि थुक संगै एक अर्कामा सर्ने सम्भाबना रहन्छ | तर शेरिलका (द साइन्स अफ किसिंग नामक किताबकी लेखीका शेरिल किर्शेंबुम)
अनुसार यो कुरा शोह्रै आना सत्य भने छैन | उनका अनुसार दुइ मानिस बीच रगतको आदान प्रदान नभए सम्म किटाणु सर्ने सम्भाबना न्यून हुन्छ | मुखमा घाउ भएर रगत बगिरेको अवस्था बाहेक अन्य अबस्थामा किस गर्दा रोगका किटाणुहरु सर्ने सम्भावना न्यून हुन्छ | यसै कारण एड्स लागेको मानिसलाइ चुम्बन गर्दा एड्स नसर्ने भएको हो |

रुघा, खोकी जस्ता रोग त हात मिलाउदा वा कुनै पनि शारीरिक संसर्ग नहुदा पनि सर्ने हुनाले चुम्बन गर्दा पनि सर्न सक्छ | तर अन्य धेरै जसो रोगहरु जुन यौन सम्पर्क वा रगतको माध्यम बाट सर्ने रोग चुम्बन गर्दा मात्रै सर्दैन |

सकारात्मक असरहरु

अनुसन्धानहरुले चुम्बनका बिभिन्न फाइदाहरु भएको पत्ता लगाएका छन, ती मध्य केही तथ्यहरु निम्न बमोजिम छन् :

१. दिन दिनै बिहान अफिस जांदा चुम्बन गर्ने जोडी सरदार ५ बर्ष बढी बाच्छन |
२. प्रत्येक एक मिनेटको चुम्बनले २-३ क्यालोरी खर्च हुन्छ र पाचन शाक्ति पनि दुइ गुणाले बढोत्तरी हुन्छ | तौल घटाउनको लागि दिनको तीन चुम्बन (कम्तिमा २० सेकेन्ड लामो)गर्दा झन्डै आधा किलो वजन घट्न सक्ने बताइन्छ |
३. चुम्बनले मानिसमा स्वाभिमान बढाउछ र मस्तिष्क चुस्त राख्न मद्दत गर्दछ|
४. चुम्बनले तनाब कम गर्न सहयोग गर्छ | आत्मीय चुम्बनले नकारात्मक सोचाई कम गर्ने, सुखी जिबनको अनुभूति दिने, र तनाब हर्मोनलाइ घटाउने काम गर्छ |
५. चुम्बन गर्दा मुहारका ३० वटा मांसपेशीहरु ले काम गर्छन | यसले मुहारका मांशपेशीहरुको व्यायाम भई बुढेशकालसम्म यिनीहरुको कडापन रहिरहन्छ र चाउरी कम गर्न सहयोग पुग्छ| छाला मुलायम र रक्तसंचारमा पनि यसले सहयोग गर्छ |
६. चुम्बन मुटुको लागि पनि सहयोगी हुने पत्ता लागेको छ | चुम्बन गर्दा यसले सरिरमा एड्रनालिन भन्ने रसायन उत्पादन गरेर मुटुलाई बढी रगत संचार गर्न सहोयोग गर्छ | बेला बेलामा गरिने चुम्बनले मुटु सम्बन्धि रोगहरुलाई कम गर्न पनि सहयोग गर्नुका साथै ब्लड प्रेसर कम गर्ने र कोलेस्टोर पनि कम गर्न सक्छ |
७. बेला बेलामा गरिने चुम्बन गरि राख्ने मानिसमा पेट, पिसाब थैली र रगतको इन्फेक्सन कम हुन्छ |
८. चुम्बन गर्दा थुकमा निस्कने प्राकृतिक अन्तिबायोटिक ले किटाणु हरुसंग लड्न सहयोग गर्दर्छ | चुम्बन गर्दा थुकसंग निस्कने  प्राकृतिक एनेस्थेटिकले दुखाइ पनि कम गर्छ |
९. चुम्बनले मानिसलाई शान्त हुन सहयोग गर्दछ | यसले अक्सिटोसिन नामको रसायन उत्पादन गरेर आत्तिएको मानिसलाई शान्त पार्न सहयोग गर्छ |
१०. चुम्बन गर्दा निस्कने अतिरिक्त थुकले मुखमा हुने किटाणुहरुलाई पखालेर दात स्वस्थ हुन सहयोग गर्छ |

अझ बढी फाइदाहरुको बारेमा जान्न मन भएमा यो अंग्रेजी लेख पढ्न सक्नु हुन्छ |

नोट – यो चुम्बनको बारेमा श्रवण महिनाको मा शुरु गरिएको “के, किन, कसरी” सिरिज अन्तरगतको लेख हो | एक महिनामा एउटा बिषयको टुंगो लगाउन गाह्रो हुन गएको ले भाद्र महिनामा पनि यसलाई निरन्तरता दिइएको छ | यस अन्तर्गतका अन्य केही लेख हरु आगामी दिनमा पोस्ट गरिने छन् | Continue reading »

Incoming search terms:

 

मानब जसरी परिवर्तनशील छ त्यसरी नै मानव निर्मित समाज पनि परिवर्तन हुदै जान्छ | हिजो हाम्रो पुर्खाले जुन मूल्य र मान्यतालाई आत्मासात गरेर अगी बढेको थियो आज त्यही मूल्य मान्यताहरुलाई धेर थोरै परिमार्जन गर्ने बाटोमा हामी अग्रसर छौ | त्यस्ता धेरै मान्यता मध्ये आफ्नो हितैषीलाई भेट्दा गरिने अभिवादन पनि एक हो | अभिवादनको औपचारिकता अब ढोग र नमस्कारमा मात्र सिमित नभई अंकमाल र चुम्बनमा समेत पुगिसकेको छ | चाहे त्यो विदेशी मान्यताको सिको गरेर नै किन नहोस | कोहि हितैषी भेट हुदा अंकमाल गर्ने , हात वा गालामा चुम्ने चलन पनि अब नयाँ रहेन |

वास्तबमा चुम्बनलाई प्रेम दर्शाउने एउटा शसक्त माध्यमको रुपमा लिइन्छ | सुन्दर र अबोध बालकलाई गरिएको चुम्बन होस् या आफ्नो प्रियजनलाई हामी आफु भित्रको प्रेम सागरलाई छताछुल्ल पोख्ने काम गरिरहेकै हुन्छौ | यधपी प्रेम जति नै पबित्र मानवीय भाव भए पनि एउटा युवक र एउटी युवती बीच हुने प्रेम सम्बन्ध र त्यस पश्चात हुने चुम्बन कार्य चाही समाजले अनावश्यक चर्चा गर्ने बिषय अझै पनि बन्ने गर्छ | यो चासो हिजो पनि थियो र भोलि रहला वा नरहला यसै भन्न सकिन्न तर यो कुरा चै पक्कै साँचो हो कि हिजो र आजको प्रेम गर्ने शैलीमा भने आकाश जमिनको अन्तर पाउन सकिन्छ  | र, यो परिवर्तन संगै नपाली समाजमा पनि चुम्बन शैली भित्रिएको हामी सहजै अनुमान गर्न सक्छौ | हिजो रोधी घरमा गीतहरुसंगै माया पिरती साट्ने गरिन्थ्यो | चुम्बन त परको कुरा भेट्न र बोल्न वा छुन समेत प्रतिबन्धित यो समाजमा आज डेटिंग संस्कृति मौलाउदो छ र यसैको उपज पनि हो नेपाली समाजमा चुम्बनको प्रादुर्भाव | नेपाली समाजले पनि समयको गतिशिलता संगै यसलाई केहि सहज रुपमा लिदै आएको आभास हुने गर्छ | यधपी कसैले यसलाई हाम्रो संस्कृति हैन भनि बिरोध गर्दै आएको पनि पाइन्छ |

चुम्बन आफैमा नराम्रो कुरा नभएको र चुम्बन गर्दा हुने मानसिक शुख र सम्बन्धमा हुने सकारात्मक सुधारले यसको महत्व बढी छ | स्वास्थको हिसाबले पनि आफनो अति नै नजिकको व्यक्तिलाई मात्र चुम्बन गरेर यसलाइ सस्तो हुन नदिनु नै बुद्धिमत्तता हुन्छ |

Continue reading »

Incoming search terms:

 

kiss-2

चुम्बन, यसको परिचयमा भनिए जस्तो  मौखिक रुपमा सूचना संकलन गर्ने एक मध्यम पनि हो | यसरी मौखिक रुपमा सूचना संकलन गर्ने कार्यमा पुरुषहरु भन्दा महिलाहरुनै अगाडी हुने कुरा अनुसन्धानहरुले पुष्टि गरेका छन् | तेसैले, चुम्बनलाई महिलाहरूले पुरुषहरुले भन्दा बढी महत्व दिन्छन |

धेरै जसो पुरुषहरुले चुम्बनलाई सेक्सको शुरुवात (फोर प्ले) को रुपमा मात्र लिने गरेको पाइएको छ भने महिलाहरुले भने किसलाई पुरुषको जांच गर्ने मध्यमको रुपमा लिने गर्दछन | यो कुरालाई ठिक भए नभएको जांच गर्न गरिएको सर्भेक्षणमा ६६ प्रतिशत महिलाले पहिलो किस खराब भएको कारण केटा परिवर्तन गरेको बताए | पहिलो किस खराब हुनुका कारण सम्बन्धलाइ निरन्तरता नदिने पुरुष पनि अतिनै कम चाहिँ छैनन – त्यसरी सम्बन्ध तोड्ने पुरुष महिला भन्दा ७ प्रतिशत मात्र कम, ५९ प्रतिशत रहेछन |

महिला बिचारधाराबाट चुम्बनको परिचय

सामान्यतया प्रेममा परिसके पछि कसैको नजिक बसिरहन मन लाग्ने, उसकै आँखामा डुब्न मन लाग्ने, उसलाई छुन अनि चुम्न मन लाग्ने हुन्छ रे| आफुलाई असाध्यै मन परेको मान्छेलाई पाउने चाहना जो कोहीमा पनि हुन्छ अनि उसलाई पाइसके पछी जिन्दगीभर खुशी बनाइराख्ने अठोट पनि पनि गर्न मन लाग्छ | किनकि उसको मुहारमा झल्कने खुशीले  नै आफुमा पनि खुसीको संचार भएको महसुश हुन पुग्छ |

यसरी प्रेममा पर्दा प्रेमलाई ब्यक्त गर्ने शैली भने केटा र केटी दुवैमा भिन्न भिन्न हुने गर्छ | केटीहरु स्वभाभैले लजालु हुने भएकोले प्रेमको हरेक भूमिका पनि प्रेमीबाट नै पहल होस् भन्ने चाहन्छन | उनीहरु आफ्नो मनको कुरा सहजै ब्यक्त गर्न पनि सक्दैनन् | तर पनि मन मनै यस्तो वा त्यस्तो भैदिए भन्ने कल्पनामा भने डुब्ने गर्छन |

यो नियम स्वभाभिक रुपमा चुम्बन क्रियामा पनि लागु हुन्छ| चुम्बन भन्ने बित्तिकै हाम्रो आमधारणामा दुइ ओठ अनि जिब्रोको संयोजन हुनुलाई बुझिन्छ| तर केटीहरु विभिन्न मानवीय भावसंगै आफ्नो प्रेमी र आफु बीच विभिन्न चरणका चुबन क्रियाहरु अगाडी बढाइएको मन पराउछन| केटीहरुको लागि आफ्नो पहिलो चुम्बन प्रतिको खुल्दुली पनि उत्तिकै मात्रामा रहेको हुन्छ| पहिलो चुम्बनलाई केटीहरु आफ्नो जीवनकै अविस्मरनिय र बिशेष होस् भन्ने कल्पना समेत गर्छन| अधिकतर केटीहरु आफ्नो प्रेमीबाट गरिने चुम्बनमा माया र आत्मियताका साथै सम्मान पनि मिसिएको होस् भन्ने चाहन्छन| उनीहरुलाइ  निधारमा, हातमा , गालामा गरिएको चुम्बनमा त्यो सम्मानको आभास हुने गर्छ| पहिलो भेटमा नै ओठमा चुम्बन गर्न खोज्ने केटाहरु उनीहरुलाई जंगली लाग्छन| यधपी समय क्रम संगै बिस्तारै ओठमा ओठ स्पर्श गराई गरिने चुम्बन पनि उनीहरुलाई प्रिय लाग्दै जान्छ| Continue reading »

Incoming search terms:

 

चुम्बन प्रेम अभिव्यक्त गर्ने मध्यम हो | यसका बिभिन्न तरिका हुन्छन | ती मध्य केही अनौठा किस यहाँ प्रस्तुत गरिएका छन् |

jibro_judhaiजिब्रो जुधाई

यस प्रकारको चुम्बन "फ्रेंच किस" भनेर प्रसिद्ध छ | यस प्रकारको चुम्बन गर्दा दुबैजनाको मुख खुला हुन्छ र दुवै जनाले आ-आफ्नो जिब्रो प्रयोग गर्दछन | जिब्रोको अधिक प्रयोग हुने र दुबैजना सक्रिय रुपमा एक अर्काको अनुभब गर्न सक्ने हुनाले यस्तो चुम्बन लामो समय सम्म जारी रहन सक्छ |

पालै पालो ओठ
यस प्रक्रियाले चुम्बन गर्दा १-२ सेकेन्डको लागि अर्को साथीको माथिको ओठ आफ्नो ओठको बीचमा  लिएर चुम्बन गर्ने त्यस पछि तेस्तै गरेर तलको ओठ लाइ चुम्बन गर्ने | एक छिनमा फेरी अघिकै प्रक्रिया गर्ने|

टोक टाक किस
यसलाई बाइट वा नीप कीसिंग पनि भनिन्छ | चुम्बन गर्दा आफ्नो साथीको ओठलाई बिसतारै आफ्नो दातले टोकिदिने | तर, यसरी टोक्दा एकदमै साबधानी पूर्बक, नदुख्ने गरेर टोक्नु पर्छ | दुखेमा चुम्बनको मज्जानै खेर जाने सम्भाबना हुने हुनाले यस्तो चुम्बन अतिनै साबधानी पूर्बक गर्नु पर्ने हुन्छ | यस्तो चुम्बन राम्रो संग चिनजान भएको साथी संग मात्र गर्नु राम्रो हुन्छ किनकी राम्रो संग चिनजान नभएको साथीले यसलाई मन नापराउन पनि सक्छन |

अचम्मित पार्ने चुम्बन
आफ्नो साथी मस्त निन्द्रामा भएको बेला उसको ओठमा हल्का चुम्बन गर्न सकिन्छ | यो चुम्बन उक्त साथी नबिउझे सम्म जारि राखेमा साथीलाई मीठो शुख हुन्छ | यस्तो चुम्बन गर्दा बढी उत्तेजित हुनु हुदैन र माथि उल्लेखित टोक टाक चुम्बन पनि यस्तो बेलाम प्रयोग नगर्नु नै उत्तम हुन्छ|

पेय पदार्थ चुम्बन
चुम्बन गर्नु अगाडी आफ्नो साथी लाइ मन पर्ने पेय पदार्थ मुखमा राखेर यसको लगत्तै फ्रेंच कीस गर्दा सो मन पर्ने पेय पदार्थले गर्दा तपाइको साथीलाइ अझ बढी आनन्द प्राप्त हुन्छ |

न्यानो चुम्बन
मानिसको कानको तलको भाग अतिनै सवेंदनशील हुन्छ| त्यहाँ चुम्बन गर्दा तपाइको साथीलाइ अलिक बढी नै रमाइलो हुन्छ | घाँटीको वरिपरी चुम्बन गर्दा बिस्तारै तल माथि गर्दै कानमा हल्का रुपमा आफ्नो मुखबाट तातो हावा छोडीदिदा तपाइको साथी अतिनै चाडै उत्तेजित हुने सम्भाबना हुन्छ |

prince_william_catherine_middleton_kiss

सातौँ तरिका चाहिँ एकदम साधारण – माथिको फोटोमा देखिएको बेलायती राजकुमार र राजकुमारी ले गरेको जस्तो दुइजानाको ओठ जोड्ने चुम्बन हो (हुन त नेपालमा तेस्तो चुम्बनलाइ पनि साधारण मानिदैन|)

***

  • ब्लग धारा – के, किन, कसरी ?
  • बिषय – चुम्बन (किस)
  • शिर्षक – चुम्बनका ६ बिभिन्न तरिकाहरु
  • महिना – श्रावण, २०६८
  • मुख्य पेज

Incoming search terms:

 

झडपको बीचमा चुम्बन

तलको चुम्बन गरिरहेको फोटो क्यानडाको भ्यानकुभरको बीच बाटोमा खिचिएको हो | एउटा हकीखेलमा क्यानडाले हारे पछि खेल प्रेमी र पुलिस बीच भइरहेको एक झडपको बीचमा देखिएको यो अचम्मको चुम्बनले ठुलै हल्ला खल्ला भयो | पुलिस र खेल प्रेमी बीच झडप हुदै गर्दा सो कुराको बेखबर भएको जस्तो देखिने यो चुम्बन बास्तबमा यस फोटोमा देखिएका स्कट नाम गरेका पुरुषकी गर्लफ्रेन्ड, एलेक्स, लाइ पुलिसले लडाएपछि आत्तिएकी आफ्नी प्रेमिकालाइ शान्त बनाउनको लागि स्कटले सो चुम्बन गरेका रहेछन |

बाँदरलाइ चुम्बन

पशुपतिमा एक जोगीले बाँदरलाइ चुम्बन गर्दै | चुम्बन मानिस मानिस बीच मात्र हुदैन भन्ने यो एउटा उदाहरण होला |

Continue reading »

Incoming search terms:

 

नेपाली ब्लगर पि. पि. (नाम उनको अनुरोधमा नछापिएको)ले उनले आफुले गरेका चुम्बनको अनुभबको आधारमा चुम्बनलाइ परिभाषा गरेका छन् । उनको यो लेखमा चुम्बन के का लागि, किन गरिन्छ, कसरि गरिन्छ,  र यसका असरहरुको बारेमा बिश्लेषण गरिएको छ :

kiss चुम्बन के हो?

चुम्बनको परिभाषा सानो तिनो तबरले, थोरै शब्दमा बर्णन गर्न कठिन हुन्छ। तर पनि, सामान्य अर्थमा भन्नुपर्दा कुनै पनि चिज(सजिव वा निर्जिव)लाई ओठको माध्यमबाट प्रत्यक्ष या अप्रत्यक्ष रुपमा स्पर्श गर्ने कार्यलाई चुम्बन भनिन्छ। चुम्बन गर्नलाई कुनैपनि ब्यक्ति वा बस्तुलाई छुनै पर्छ भन्ने मान्यता राखिदैन तर पनि ओठलाई कुनै न कुनै रुपमा प्रयोग गरेर त्यो बस्तु या ब्यक्तिलाई माया देखाउन गरिने अभिब्यक्ति नै चुम्बन हो। यदि चुम्बन प्रर्दशनको लागि नगरेको भए त्यो चुम्बनमा आबद्ध हुने ब्यक्तिले चुमिने ब्यक्ति वा बस्तु बाहेक बाँकि सारा सँसारलाई बिर्सनु पर्छ तब मात्र चुम्बनको सही अर्थ या मूल्य थाह हुन्छ ।

Continue reading »

Incoming search terms:

 
  • ब्लग धारा – के, किन, कसरी ?
  • बिषय – चुम्बन (किस)
  • शिर्षक – यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ (गजल)
  • महिना – श्रावण, २०६८
  • मुख्य पेज

kissing_couple यी अधरका बैश चोर्ने बनिदिन्छौ चोर कहिले
खै त तिमीले चोरे पनि लाली अझै बाँकी नै छ

चोरीदा नि रित्तिन्न म दिलको फूल खुल्दै जान्छ
सम्झिदिन्छु  यी फूल हेर्ने माली अझै बाँकी नै छ

दुइ मुटुको टकरावमा झरे होलान दिलका फूल
सम्झदैछु ती फूलहरुको डाली अझै बाँकी नै छ

ए निष्ठुरी बेइमानी, हजार दाउ होलान तिम्रो
यी अधरलाई चुमेकोमा गाली अझै बाँकी नै छ |

Continue reading »

Incoming search terms:

 

यो चुम्बनको बारेमा श्रवण महिनाको के, किन, कसरी सिरिज अन्तरगतको तेश्रो लेख हो |

  • ब्लग धारा – के, किन, कसरी ?
  • बिषय – चुम्बन (किस)
  • शिर्षक – चुम्बन गर्नुका कारण
  • महिना – श्रावण, २०६८
  • मुख्य पेज

द साइन्स अफ किसिंग नामक किताबकी लेखीका  शेरिल किर्शेंबुमका अनुसार किस गर्दा हाम्रो मुखले अन्य इन्द्रियहरुले (जस्तै आँखाले) पत्ता लागाउन नसकेका अन्य सुचनाहरु पत्ता लागाउन सक्छ| बच्चाहरुले आफू वरिपरिका सुचनाहरु मुखले नै पत्ता लगाएजस्तै ठूलामानिसहरुले पनि आफ्नो मुख प्रयोग गरेर सूचना संकलन गर्ने गरेको हुन सक्छ | महिला र पुरुष बीचको चुम्बनले स्वाद, गन्ध (बासना), र छुवाईको समुहगत सुचनाले एक अर्कालाइ समागम गर्न उपयुक्त भएको वा नभएको जानकारी मिल्ने शेरिलले बताउछिन | यी सूचना जम्मा गर्ने कार्यमा पुरुष भन्दा महिला  बढी सम्बेदनशील हुने पनि उनी बताउछिन |

Continue reading »

 

यो चुम्बनको बारेमा श्रवण महिनाको के, किन, कसरी सिरिज अन्तरगतको पहिलो लेख हो |

  • ब्लग धारा – के, किन, कसरी ? 
  • बिषय – चुम्बन (किस)
  • महिना – श्रावण, २०६८ 
  • मुख्य पेज 

मानिसको ओठले कुनै पनि बस्तु वा अंगलाई छुनुलाइ चुम्बन भन्ने गरिन्छ | कुनै चिज अतिनै मन परेमा मानिसले चुम्बन गर्ने गर्दछ |

दुइ मानिस बीच ओठले ओठमा नै गरिने चुम्बन अन्तरंग खालको र बिशेष सम्बन्ध भएका दुइ मानिस बीच मात्र त्यस प्रकारको चुम्बन हुने गर्दछ भने अन्य चुम्बन सामाजिक परम्परा र मानिसको स्वभाब अनुसार जे सुकै र जो कोहीलाइ पनि गर्न सकिन्छ | मानिसले मात्र नभएर जनाबरहरुले पनि माया दर्शाउन एक अर्कालाइ चुम्बन गर्ने गर्दछन | तर यस के, किन, कसरी ? सिरिज अन्तर्गत मानिसले गर्ने चुम्बनको कुरा मात्र गरिने छ |

एक मानिसले अर्को मानिसलाई वा अन्य सजीव प्राणीलाई मात्र नभएर निर्जीब समानहरुलाई पनि चुम्बन गर्ने गरिन्छ |  यस हिसाबले चुम्बन दुइ प्रकारका हुन्छन भन्न सकिन्छ:

१. निर्जिब बस्तुलाई गरिने चुम्बन

black_stone_of_meccaमाया दर्शाउन वा खुशी व्यक्त गर्न गरिने यस प्रकारको चुम्बन मानिस र निर्जीव बस्तुका बीचमा हुने गर्दछ | यसको उदाहरण – खेलाडीहरुले आफुले जितेको पदक वा सम्मानको प्रतीकलाई गर्ने चुम्बन, बाइबल वा कुरान लाइ गर्ने चुम्बन, कुनै पनि मन परेको बस्तुलाई गरिने चुम्बन | 

मुस्लिमहरुको पवित्र धर्मस्थल मक्काको कालो ढुंगा पनि शदिऔं देखि मानिसहरुले चुम्बन गर्नाले चिल्लो भएको बताइन्छ | (चित्र दायाँ पट्टि)

तलको फोटोमा भारतले वर्ल्ड कप जिते पछि सचिन तेन्दुलकरले वर्ल्ड कप ट्रफीलाइ किस गर्दै छन्, साथमा उनका छोरा छोरी पनि देखिन्छन :

india_win_world_cup

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network