Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

अपडेट – बिहान ५:३० बजे भएको स‍ंविधान सभाको म्याद थप प्रस्ताव मतदानमा जम्मा ५०८ जना ले भाग लिएर म्याद थप गर्ने पक्षमा ५०४ विपक्षमा ४ मत परेको छ |

****

तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज पाँच बूँदे सहमति भएको छ | सो सहमतिका अनुसार संविधान सभाको म्याद तीन महिना थप गर्ने र प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्ने बूँदा पनि राखिएको छ।

पाँच बूँदे सहमतिको पूर्ण पाठ यस प्रकार छ :

आज मिति २०६८ जेठ १४का दिन हामी देहायका राजनीतिक दलहरु निम्न सहमतिमा पुगेका छौँ -

१) तीन महिना भित्र शान्ति प्रक्रिया का मूलभूत काम सम्पन्न गर्ने
२) तीन महिना भित्र संबिधानसभा बाट संबिधान को पहिलो मस्यौदा तयार गर्ने
३) नेपाली सेनालाई समाबेसी बनाउने लगायत का मधेसी मोर्चा संग विगत मा भएका सहमति हरुको प्रभावकारी कार्यान्वन गर्ने
४) संबिधान सभाको समयावधि तीन महिना थप गर्ने
५) रास्ट्रिय सहमति को संयुक्त सरकार गठन को लागि प्रधानमन्त्री ले राजिनामा गरि माग प्रशस्त गर्ने

हस्ताक्षर – एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली का‍ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल|

5-points-agreement

 

हाम्रो देशाँ पनि के के सहमति हुन्छ के के |

फेरी सहमति अनुसार काम भए पो … त्यस्तो हुने भा त पशुपतिमा लासको राजनीति, बालुवाटार र मन्त्री निवास मा बासको राजनीति, जनतामा आश को राजनीति पनि हुने थिएन होला नि |

uml-maoist-meet

अब यो बैठक र तल पोस्ट गरिएको बक्तब्यको के अर्थ निकाल्ने होला ?

Continue reading »

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network