Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

film 3xxxहाल बनिरहेका नेपाली फिल्महरु हेर्दा नेपाली चलचित्र उध्योगले ठूलै यौनबादी छलांग लगाउन लागेको भान हुन्छ ।  यौन बिषयमा केन्द्रित भएर बनेका फिल्मको सफलताले हौसिएका फिल्म निर्माताले नेपाली समाज र दर्शक हरुले कतिसम्मको फिल्मी यौन पचाउन सक्छन भन्ने जाँच नै गर्न खोजेको भान हुन लागेको छ ।

हुन त फिल्म क्षेत्रका शक्तिशाली (साच्चिकै शक्तिशाली र शक्तिशाली हुन खोज्ने) व्यक्तित्वहरुले यस्तो यौनवादी र नग्नकलालाई दमन गरि नेपाली फिल्म क्षेत्रलाइ सौम्य र शालीन बनाइ राख्न भरमग्दुर प्रयत्न नगरेका होइनन । तर, नेपाली फिल्म दर्शकहरु बासी मिठो भन्दा ताजा तितो नै मनपराउने मनस्थितिमा पुगेको भान हुन्छ ।  

‘पलपलमा’ बाट शुरु भएको यौनजन्य बिषयमा फिल्म निर्माण ‘चपली हाइट’को सफलता पछि नयाँ हाइट लिएको मान्न सकिन्छ । त्यस फिल्म निर्माताहरुमा यौन बिषयमा बनेको फिल्म सफल हुन्छ भन्ने गलत बिश्वासले गर्दा सबै जसो फिल्म यौनजन्य बिषयमा बन्न थालेका छन् । केही फिल्मले यौन बिषयमा बन्दैमा फिल्म सफल हुदैन भन्ने प्रमाणित गरिसके पनि तेस्ता फिल्म बन्न भने छोडेका छैनन  ।

हालै ‘एटिएम’ फिल्मले सार्बजनिक गरेको फिल्मको प्रोमोले ठूलै तहल्का मचाए पछि भएको बिरोधको सामना गर्न नसकेर निर्माताले माफी नै माग्नु पनि परेको थियो । यसै क्रममा ‘ए ६९’ भनेर नाम राखिएको फिल्मको नाम बाढीनै अपाच्य भएको भनेर बिरोध हुदै गर्दा हालै नाम परिवर्तन गरेर ९ बजे (9 o’clock) भनेर राखिएको छ। तेस्तै हालै घोषणा गरिएको ‘३ एक्स’ (3 xxx) फिल्मको नाम पनि परिवर्तन गर्नु पर्ने हुन सक्ने प्रबल सम्भावना छ । 

जतिसुकै ओठे बिरोध गरे पनि कतिपय बिरोधकर्ता निर्देशक र निर्माताहरुलाई यौन सम्बन्धी फिल्म बन्ने क्रम रोकिदैन भन्ने राम्रोसंग थाह छ । नेपाली दर्शक आफ्नोपन नभएका नेपाली फिल्म हेर्दा हेर्दै थाकिसकेको र संकटकाल नै लगाउने तयारी गर्दै गर्दा कतिपय मानिसहरु यस्ता यौन सम्बन्धी फिल्मले केही मात्रामा भए पनि नेपाली फिल्म क्षेत्रलाइ राहत पुर्याउने कार्य गरेको पनि बताउछन्। मेरो बिचारमा यौन भन्दैमा चारकोष पर भाग्नु पर्ने होइन । "सबैका लागि" भनेर छापिने नेपाली पत्रिकाहरुले जथाभाबी यौनजन्य र नग्न फोटो छाप्दा केही नबोल्ने मानिसहरुले "बयस्कले मात्र" हेर्न हुने फिल्म को बारेमा नानाभाँती बिरोध गर्दैमा समाज सही बाटोमा लाग्छ भन्नु ढोंग मात्र पो हो कि?

बिरोधका केही उदाहरणहरु :

यु ट्युबमा रिलिज गरिएको ‘एटिएम’को प्रोमोले फिल्म उद्योगकै घोर अपमान र बेइज्ज्त गरेको ठहर नेपाल चलचित्र निर्माता संघले गरेको छ। संघले सो फिल्मका निर्माता एवं संघका साधारण सदस्य दिनेश थापाको नाममा शुक्रबार काटेको पत्रको व्यहोरा यस्तो छ – ‘उपरोक्त विषयमा तपाईंको कम्पनीको ब्यानरमा निर्मित फिल्म ‘एटिएम’को प्रोमो/ट्रेलर/तस्बिर केही दिनयता विभिन्न सञ्चारमाध्यममा प्रसारण भइरहेकोमा त्यसमा संलग्न श्रव्यदृश्यप्रति यस संघको गम्भीर ध्यानाकर्षण भएको छ।

film_producers_association

दिनेश थापाको स्पस्टीकरण:

डी.फिल्मस प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र ए.टि.एम. अहिले  स्वरांकनको क्रममा रहेको छ । यादव सिलवालद्धारा निर्देशित फिल्म ए.टि.एम. को सम्पादनको क्रममा गरिएको कामको क्रममा केही दृश्यहरु प्रोमोको रुपमा हामीलाई जानकारी नभई सामाजिक सञ्जाल ‘यूट्यूब’, ‘फेसबुक’ मार्फत सार्वजनिक भएकोमा हामीलाई दुःख लागेको छ । त्यो हाम्रो आधिकारिक प्रोमो (प्रचार सामग्री) नभएको जानकारी गराउँछौँ । सो प्रोमोमा देखिएका केही दृश्यहरुप्रति दर्शक तथा सञ्चारकर्मीको टिका –टिप्पणीप्रति हामी गम्भिर भएका छौँ । तसर्थ त्यो प्रोमोलाई आधिकारिक नमान्न पनि हाम्रो आग्रह छ । असारको दोश्रो साता प्रदर्शन गरिने चलचित्र ए.टि.एम.को आधिकारिक प्रोमो, गीत, पोष्टर आदि हामी चाँडै नै पत्रकार भेटघाट मार्फत् सार्वजनिक गर्नेछौ ।साथै हाम्रो उद्देश्य समाजमा अस्लिलता भित्र्याउने पक्कै पनि हैन हामीले त यसभन्दा अगाडीका चलचित्र, (लुट, चपलिहाईट, हेट स्टोरी, डट्टि पिक्चर) जस्ता चलचित्र मनपराउने दर्शकहरुका लागि एउटा अर्को छुट्टै स्वाद लिएर आउन खोजेको मात्रै हौ । यदि हाम्रो प्रोमोले दर्शक तथा नेपाली समाजमा नकारात्मक असर पारेको भए हामी A.T.M. गु्रप क्षमा प्राथी छौ ………… साथै तपाईहरुको लिंकमा रहेको A.T.M. को नयाँ प्रोमो हटाई दिनुहुन विनम्र अनुरोध गर्दछौं । निर्माता तथा प्रस्तुतकर्ता (दिनेश थापा)

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network