एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै कुहिरोको काग

फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै शुक्रबार दिउँसो पत्रकारहरूलाई भेला पारिएको थियो । एसिड हान्ने व्यक्तिलाई सार्बजनिक गरिने आशा गरेका पत्रकारहरूलाई “प्रहरीले काम गरिरहेको छ” भन्ने सन्देश दिन मात्र पत्रकार सम्मेलन गरिएको बताएर आफैलाई हलुका बनाएको छ ।

sangita pulami

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले दिएको घटनाको अनुसन्धानमा बिबरण अनुसार प्रहरी नै कुहिरोको काग बनेको भान हुन्छ । उनका अनुसार एसिड घटनाको अनुसन्धान गर्नको लागि भनेर एसपी मीरा चौधरीको संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघाडी बढाएको थियो । यसलाई प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि साथ दिइरहेको बताइन्छ । तर यी सबै अनुसन्धानले घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न नसकेको बताइको छ।

 Continue reading

काठमाण्डौंमा तेजाब आतंक, तेजाब सजिलै किन्न पाइनु ढु:खको कुरा

एसएलसी परीक्षाको तयारी गरिरहेका दुई किशोरीहरूको अनुहार नै विकृत हुने गरेर तेजाब आक्रमण भएको छ । बसन्तपुरको ए–प्लस ट्युसन सेन्टरमा एसएलसीको तयारी गर्न बिहानै देखि कक्षामा पुगेका तीन किशोरीहरू मध्ये एक जनालाई गम्भीर रुपामा तेजाबले पोलेको छ भने अर्कीको अनुहार र घाटीमा तेजाबले पोलेको छ ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=sh3QkodbNks

तराई क्षेत्र र भारतमा यदाकदा हुने तेजाब आतंक काठमाण्डौमा तीन बर्ष पछि भएको हो । तीन बर्ष अघि बानेश्वरमा भएको तेजाब आक्रमण घरायसी झगडाको कारणले भएको थियो भने अहिलेको तेजाब आक्रमण के कारणले भएको हो भन्ने कुनै निष्कर्श निस्कन सकेको छैन ।

seema basnet acid attack

सुन्तला रंगको ‘हुड’ लगाएर अनुहार छोपेका एक किशोरले हर्लिक्सको शिशिमा बोकेर आएको तेजाब पढीरहेका किशोरी हरु तर्फ छ्यापेर भागेका थिए । आक्रमणबाट गम्भीर घाइते संगीता पुलामी मगरको सिनामंगलको काठमाडौं मेडिकल कलेजमा शल्यक्रिया भइरहेको छ। शान्ति निकुन्ज माध्यमिक विद्यालयमा पढ्ने संगीताको अनुहार, तिघ्रा र छातीमा तेजाबले पोलेको छ। अर्की घाइते सीमा बस्नेत निधार र गालामा तेजाबले पोलेको छ।
 Continue reading