सिन्धुलि काठमाण्डुको नजिक छ (अमला अधिकारि, गजल)

अमला अधिकारिका गजलहरु प्रस्तुत गर्ने क्रममा, यो दोश्रो प्रस्तुति:

अमलाले यो गजल उनको दोश्रो गजल संग्रह बजारमा ल्याउँने कार्यक्रममा वाचन गरेकि हुन ।

छन त सिन्धुलि काठमाण्डुको नजिक छ
जस्तो कि बुहारि जेठाजुको नजिक छ

भोकै सुतेर पनि खेलौना किनिदिनु पर्छ
छोरो धनि बच्चाहरुको नजिक छ

घाटबाट मलामि यस्तो पढेर फर्कियो
जिन्दगि सब भन्दा मृत्युको नजिक छ

भोक चिनेकै छैन, भातलाइ पत्याएकै छैन
उ अझै आमा बाबुको नजिक छ

मिठो र मसिनो भन्दा टाढा छ मुर्तिकार
मुर्ति भने भेटि र लड्डुको नजिक छ ।

अमला अधिकारिको गजल, भगवान माथि गतिलो भर राखेकि छिन

गजलकार अमला अधिकारिको एक गजल प्रस्तुत छ । भिडियोमा स्वर गजलकार अमला अधिकारिको नै हो । अमलाले यो गजल आफ्नो दोश्रो गजल संग्रह सार्वजनिक गर्ने कार्यक्रममा सुनाएकि हुन ।

https://www.youtube.com/watch?v=ZbBpIT10q4M

गजलको पुर्ण पाठ

भगवान माथि गतिलो भर राखेकि छिन
अनि, मुलबाटोमा दुबै नजर राखेकि छिन

बेपत्ता बहिनिको हुलिया हेर्न आउ
आमाले संदुकमा घाँघर राखेकि छिन

अलिकति किताव, अलिकति युग पढाउन
हजुर आमाले नाति सहर राखेकि छिन

रातो माटोमा नंगले कोपरेर उनले
भित्तामा परदेशिको नंबर राखेकि छिन

दिल चोर्नेहरु पनि बाल्मिकि बन्लान भनेर
अमलाले प्रेमिको नाम रत्नाकर राखेकि छ