अनगिन्ति अवार्ड कार्यक्रम किन ? एउटैलाइ बारंबार अवार्ड दिन?

अस्ति आयोजना भएको एलजि फिल्म अवार्ड कार्यक्रम पछि अवार्ड पाउनेहरुको बारेमा भिडियो बनाउँन स्क्रिप्ट लेख्दै थिएँ, बिचमा नै रोकियो । लेख्न शुरु गरिसकेको हुनाले एउटा टुंगोमा त पुर्याउनु पर्यो भनेर अवार्डमा भाग लिने सुन्दरि अभिनेत्रिहरुले लगाएको पहिरनको बारेमा भिडियो बनाएँ (भिडियो तल एम्बेड गरेको छु) । अवार्ड जित्नेहरुको चर्चा गर्न मन लागेन । किन लागेन? त्यहि प्रश्नको उत्तरको खोजिमा यो ब्लग पोष्ट तयार भएको हो।

यसो सोच्दा, अवार्ड कार्यक्रमले कसैलाइ पनि बेफाइदा नहुँदो रहेछ:

  • अवार्डले कलाकारमा हौसला बढाउँछ, राम्रो काम गर्ने जाँगर दिन्छ, अनि फिल्मको प्रचारमा पनि सहयोग गर्छ। कलाकार निर्मात टेक्निसियन सबैलाइ यसले फाइदा नै हुने रहेछ ।
  • दिनेश डिसि जस्ता अवार्ड आयोजक लाइ पनि फाइदै छ (दिनेश डिसिको कम्पनिले एलजि फिल्म अवार्ड कार्यक्रम आयोजना गरेको थियो) । उनको आफ्नै पनि प्रचार भयो, एलजि जस्तो स्पोन्सरहरु बाट आउने पैसाले पनि फाइदा नै भयो होला। अवार्ड आयोजक भनेर अवार्डको आशा राख्ने सबैले मान सम्मान पनि गर्न थाल्ने सम्भावना पनि बढ्यो ।
  • एलजि जस्ता प्रायोजकहरुलाइ पनि फाइदै छ, आफ्नो सामानको प्रचार गर्ने प्लेटफर्म मिलेको छ । अन्य कार्यक्रमहरुमा स्टेजको भिडियो देखिने स्क्रिनमा अवार्ड कार्यक्रममा भने एलजि का टिभिको प्रचार मात्रै देखिएको थियो ।
  • हामिजस्ता गफ गर्नेलाइ पनि फाइदै छ ति कार्यक्रमको चर्चा गर्न पाइएको छ ।
  • आयोजना हुने भेन्युलाइ फाइदै छ, कार्यक्रम गरे बापतको भाडा पाइन्छ ।

कसैलाइ बेफाइदा नहुने यि अवार्ड कार्यक्रम पनि मलाइ किन किन खल्लो लाग्यो, नुन नपुग्या तरकारि जस्तो। किन होला ?

सो अवार्ड कार्यक्रमको बारेमा मैले बनाएको भिडियो हेर्नुहोस:

 Continue reading