भारतिय राष्ट्रपति फिर्ता, भ्रमणलाइ अनाबश्यक महत्व

भारतिय राष्ट्रपति प्रणव मुखर्जि नेपालको तिन दिने नेपाल भ्रमण पुरा गरि नोभेम्बर ४ तारिख शुक्रबार स्वदेश फर्केका छन । उनि फर्के लगत्तै सरकारले राष्ट्रपति बिद्यादेबि भण्डारिको भारत भ्रमणको तयारि सुरु गरेको छ। के नेपालको राष्ट्रपतिको भ्रमणको बेला सार्बभौम राष्ट्रले एक अर्काको पैंचो तिरे जस्तै भारतले पनि सार्बजनिक बिदा देला त? चाखलाग्दो बिषय भएको छ ।

pranab-mukharjee-return-back

भारतका राष्ट्रपतिको यो नेपाल भ्रमण अठार बर्षपछि भएको हो । यहि कात्तिक १७ गते नेपाल आएका राष्ट्रपति मुखर्जिले नेपाल भ्रमणका क्रममा उच्चस्तरिय भेटघाट गर्नुका साथै उनलाइ काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो । भ्रमणका क्रममा बिभिन्न उच्चस्तरिय कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जिले काठमाडौँको पशुपतिनाथ र जनकपुरको राम जानकि मन्दिरमा बिशेष पुजा पनि गरेका थिए । स्वदेश प्रस्थान गर्नु अघि उनले पोखरा भ्रमण गरेर त्यहाँ आयोजित भारतिय पेन्सन क्याम्पको एक कार्यक्रमलाइ सम्बोधन पनि गरेका थिए ।

राष्ट्रपति आउँदा सार्बजनिक बिदा दिएकोमा बिरोध

भारतिय राष्ट्रपतिलाइ अनाबश्यक महत्व दिंदै सार्बजनिक बिदा दिएको मा बिभिन्न बिरोध कार्यक्रम हुँदै गर्दा नेपाल सरकारका सबै काम कारबाहि ठप्प भएको आभाष भएको थियो । अझ, उनको बिदाइमा नेपालका सबै उच्च पदस्त ब्यक्तिहरु उपस्थित हुँदा नेपालमा भारतको चाकरि गर्नु बाहेक अरु कुनै पनि काम नहुने जस्तो देखिएको थियो ।

मुखर्जिको बिदाइमा सहभागि पदाधिकारिहरु

  • राष्ट्रपति बिध्यादेबि भण्डारि
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • प्रधानमन्त्रि पुष्पकमल दाहाल‘प्रचण्ड’
  • उपप्रधानमन्त्रि बिमलेन्द्र निधि
  • उपप्रधानमन्त्रि कृष्णबहादुर महरा
  • मन्त्रिगण
  • संवैधानिक निकायका प्रमुख
  • सुरक्षा निकायका प्रमुख

यि बाहेक राजदुत र उच्च सरकारि अधिकारि पनि उपस्थित थिए ।


 Continue reading

केपि ओलिको राजिनामा, राष्ट्रपतिद्वारा नयाँ सरकार गठनको आव्हान

केपि शर्मा ओलिले राष्ट्रपति समक्ष राजिनामा दिए पछि राष्ट्रपति विद्यादेवि भण्डारिले सात दिनभित्र राजनितिक सहमतिका आधारमा प्रधानमन्त्रिको निर्वाचन सम्पन्न गर्न आह्वान गरेकि छिन्।

राष्ट्रपति भण्डारिले सोमबार तिन ठुला दल नेपालि कांग्रेस, नेकपा एमाले र नेकपा माओबादि केन्द्रका शिर्ष नेताहरुसँग परामर्श गरेकि थिइन । आइतबार प्रधानमन्त्रि ओलिले पदबाट रानिनामा दिएपछि नयाँ सरकार गठनका सम्बन्धमा परामर्श सुरु भएको हो। राजिनामा बारेमा ओलिले संसदलाइ कसरि जानकारि दिए भन्ने बारेमा निम्न भिडियो हेर्नुहोस।

https://www.youtube.com/watch?v=a26sTJ4Au8Q

prachanda oli deuba with president

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारि गरेको विज्ञप्तिमा सात दिनभित्र राजनितिक सहमतिका आधारमा प्रधानमन्त्रिको निर्वाचन सम्पन्न गरेर निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्न भनिएको छ ।
 Continue reading

के मदन भण्डारिको हत्या भएकै हो त? अहिले पत्ता नलागे कहिल्यै लाग्दैन

तत्कालिन नेकपा मालेका अध्यक्ष मदन भण्डारि को २०५० साल जेष्ठ ३ गते निधन भएको थियो  । उनको निधनलाइ उनको पार्टीले  संकास्पद भन्दै आएको छ । तर अहिलेसम्म उनको निधन दुर्घटना हो वा हत्या भन्ने एकिन हुन सकेको छैन   ।  प्रतिपक्षमा हुँदा छानविनको माग गर्ने एमाले पार्टि पटक पटक सरकारमा गए पनि छानविन भने गरेको छैन ।

रिपोर्ट :

https://www.youtube.com/watch?v=6FnUomi3K3s

दासढुंगा घटना पछि एमालेकै नेत्रित्वमा केपि ओलिको सरकार समेत अहिलेसम्म चारवटा सरकर बनिसकेका छन भने एमाले एक दर्जन सरकारमा सत्ता साझेदार पनि भइ सकेको छ । तर, ति कुनै सरकारले घटनाको छानविन गर्न तत्परता देखाएनन ।

 Continue reading

विधवा राष्ट्रपतिले टेकेको भन्दै जानकी मन्दिर ‘चोख्याउने’को तर्क

पौष १ गते बुधवार रामजनकी विवाह उत्सवमा सहभागी हुन जनकपुर पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको कारकेडमा मधेसी मोर्चाका कार्यकर्ताहरुले ढुंगामुढा गर्नुका साथै जानकी मन्दिर परिसरमा पेट्रोल बम समेत प्रहार गरेका थिए । उनले जानकी मन्दिरमा पूजाआजा सकेर फर्किँदै गर्दा ढुंगामुढा भए पनि राष्ट्रपतिको कारकेडमा भने कुनै क्षति भएको थिएन । त्यस पछि तनावग्रस्त भएको जनकपुर क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको  थियो ।

बिधवा राष्ट्रपति र जानकि मन्दिरको बारेमा भिडियो रिपोर्ट:

राष्ट्रपति भण्डारी राष्ट्रप्रमुखको हैसियतमा पौष १ गते बुधवार रामजानकी मन्दिरको दर्शन गर्न आउने जानकारी पाएलगत्तै मधेसि मोर्चाका कार्यकर्ताहरुले बहिस्कार गर्ने निर्णय गरेका थिए । उनीहरुले मंसिर ३० गते मंगलबार नै राष्ट्रपति भण्डारीको पुत्ला पनि जलाएका थिए ।

 Continue reading

नेपालको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारीको परिचय

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा एमाले कि उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भए पछि इतिहासमै पहिलो पटक नेपालले महिला राष्ट्रप्रमुख पाएको छ। व्यवस्थापिका संसद भवन, नयाँबानेश्वरमा कार्तिक ११ गते बुधबार भएको मतदानमा भण्डारीले नेपालि कांग्रेसका उम्मेदवार कुलबहादुर गुरुङलाइ पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएकि हुन्।

नेपालमा गणतन्त्र स्थापना भए पछि प्रथम राष्ट्रपतिमा तत्कालीन कांग्रेस नेता डा. रामवरण यादव चुनिएका थिए जसले मधेसी समुदायको प्रतिनिधित्व गर्छन ।

राष्ट्रपतिको निर्वाचन नेपालको संविधानको धारा २९७ को उपधारा (३) र अन्तरिम कार्यविधिको दफा २६ को उपदफा (२) बमोजिम भएको थियो। राष्ट्रपतिमा निर्वाचित भण्डारीले बिहीबार पद तथा गोपनीयताको शपथ लिएर आफ्नो कार्यभार सम्हालेकि छिन । राष्ट्रपति निर्वाचित भएपछि भण्डारिले आफ्नो विजय सबै नेपालीको भएको र यो प्रक्रिया संगै संविधान लागु हुने क्रम पनि सुरु भएको बताएकि थिइन। उनले आँफु संसदबाट निर्वाचित भएको हुनाले सबै नेपालिहरुलाइ धन्यवाद पनि दिइन।

भिडियो परिचय:

विद्यादेवी भण्डारी को हुन ?

बिक्रम सम्बत २०१८ असार ५ गते भोजपुरको गुँरासेमा बुबा रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेको कोखबाट जन्मेकि विद्यादेवी भण्डारी २०३५/३६ साल देखि राजनितिमा सक्रिय हुन थालेकि हुन । २०३७ सालमा तत्कालिन नेकपा मालेको सद्स्य भएकि थिइन । २०३९ सालमा मदन भण्डारिसँग बैवाहिक बन्धनमा बाँधिएकि भण्डारि बिवाह पश्चात केहि समय राजनितिमा निष्क्रिय भइन। तर, २०५० साल जेष्ठ ३ गते चितवनको दासढुंगामा भएको एक रहस्यमय जिप दुर्घटनामा उनका श्रिमान,  तात्कालिन मालेका महासचिव मदन भण्डारिको, मृत्यु भएपछि उनि सक्रिय राजनितिमा फर्किइन ।

 Continue reading