बिमल घर्ति मगरले फेसबुकमा बहिनिको हत्यारालाइ कारबाहिको माग गरे

बिमल घर्ति मगरले बहिनि मनिषा घर्ति मगरको पोष्टमार्टमा रिपोर्ट सार्बजनिक भएको केहि समयमा नै उनको बहिनिको हत्यारालाइ कारवाहि गर्न माग गर्दै एक फेसबुक पोस्ट लेखेका छन् | पोष्टमार्टम रिपोर्टले मनिषा झुण्डिएर मरेको निष्कर्ष निकालेको थियो । तर, झुण्ड्याएर मारेको वा आत्महत्या गरेको भन्नेबारेमा भने रिपोर्ट मौन रहेको छ ।

यो बारेमा भिडियो रिपोर्ट:

रोमनमा लेखिएको फेसबुक पोस्टलाइ पढन सजिलो होस भनेर मैले देवनागरिमा उल्था गरेको छु:

सानो छंदा बाबु गुमाएँ । बाबु पनि देश्को लागि लड्नु हुन्थ्यो बिस्तरै त्यो पिडा भुल्दै जाँदा आज १० बर्ष भएको थियो । आज अर्को पिडा थपियो । मेरो परिवारमा बाबुले पनि देशको लागि कति गर्नु भो अनि मैले पनि देश्को लागि कति गरें । तर, मेरो घरमा येस्तो हुँदा सरकारले केहि गरेन भने यो देश को लागि गरेर के काम ? एउटा, आज देश को लागि गर्ने मान्छे कै सुरक्षा छैन भने अरु आम नेपालि जनताले कसरि बस्नु यो नेपालमा? मेरो बहिनिको हत्या गर्ने मान्छेलाइ कारबाहि भएन भने यो देशको लागि के गर्नु ? आज म रोइ रहेको छु भोलि अरु कोहि रोइ रहेको होला।

मलाइ सबैको साथ चाहिएको छ । देश्को लागि लडें अब बहिनिको लागि लड्छु ।

 Continue reading

झुण्डेर मरेको पोष्टमार्टम रिपोर्ट, हत्या कि आत्महत्या अझै खुलेन

नेपालि राष्ट्रिय फुटबल टोलिका स्ट्राइकर विमल घर्ति मगरकि बहिनिको मनिषा घर्ति मगरको रहस्यमय तरिकाले भएको मृत्युको झुण्डेर घाँटि थिचिएर भएको  पोष्टमार्टम रिपोर्टले बताएको छ । तर उनि आफै झुण्डेर आत्महत्या गरेको वा कसैले झुण्याएर हत्या गरेको भन्ने चाँहि रिपोर्टले खुलाउन सकेन ।  रिपोर्ट :

बहिनिको मृत्युको बेला बेल्जियममा रहेका उनका दाजु विमल घर्ति मगर खबर सुनेको २४ घण्टा भित्रै बेल्जियमबाट नेपाल फर्केका थिए ।  विमलका बावु पनि १४ वर्ष पहिले एक दुर्घटनामा बितेका थिए । यसरि बिमलले  राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा सफलता पाए पनि उनले परिवारमा भने पिडा नै पिडा भोग्नु परेको देखिन्छ ।

manisha gharti magar post mortem report

साँघुरो फिल्म, बिमलकि बहिनिको हत्या, समृद्धि राइको जातियताको चर्चा आदि – सातालाई हेर्दा

अघिल्लो शुक्रवार जेष्ठ ७ (मे २०) देखि हिजो जेष्ठ १३ (मे २६ सम्म) पोष्ट र अपडेट गरिएका नेपालि फिल्महरु:

साताका भिडियोहरु :

 Continue reading

Incoming search terms:

  • नेपालि फिल्महरु
  • नेपा कमेडि