हिंसाका पुजारि प्रचण्डले शान्तिका दुत बुद्धको बारेमा के भने?

यहि जेठ ८ गते लुम्बिनिमा आयोजना भएको बुद्ध जयन्ति समारोहमा करिव १५,००० को ज्यान जाने युद्धका सर्बोच्च कमाण्डर पुष्पकमल दहाल प्रचण्डले शान्तिका दुत बुद्ध को बारेमा गरेको चर्चा चाखलाग्दो थियो । वाक चातुर्यका कारण चर्चित प्रचण्डले हिँसा र शान्तिलाइ कसरि मिलाए त, सुन्नुहोस निम्न भिडियोमा:

https://www.youtube.com/watch?v=Z-Jisj1UUAw

 Continue reading

बुद्धलाई ह्यापी बर्थडे

बुद्धको विचार र शिक्षालाई बिर्सेर हिंसा द्वन्दको दलदलमा फंसेको नेपालले गर्ब गर्न मिल्ने एकाध कुराहरुमा बुद्ध यहाँ जन्मनु पनि एक पर्छ । तर त्यही तथ्यलाई पनि भारतले बंग्याएर उतै जन्मेको बनाईदिंदा रिस उठ्नु स्वाभाविक नै हो । तर साँचो कुरा, जता सुकै जन्मे पनि आखिर बुद्ध बुद्धनै हुन र उनी जन्मनु र मर्नु संग उनका शिक्षाको कुनै सम्बन्ध छैन ।

buddha

आज उनको जन्मदिनको अबसरमा जन्मस्थानको बिबादलाई थाँती राखेर उनका शिक्षालाइ मनन गरिदिएमा उनको सच्चा सम्मान हुन्छ भन्ने मलाई लाग्छ ।

ह्यापी बर्थडे बुद्ध !

बुद्धम शरणं गच्छामी !!

बुद्ध जयन्तीको शुभकामना

आज २५५६ औ बुद्ध जयन्ती!

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण पनि आजकै दिन भएको हुनाले यस दिनलाइ अझ बढी महत्वका साथ हेर्ने गरिन्छ ।  बुद्धका उपदेशमा अन्य धर्ममा जस्तो  भगवान, आत्मा, परमात्मा, स्वर्ग, नर्क, पाप, पुण्यजस्ता कुराको कुनै उल्लेख नभै जीबन दर्शन र मानबताको कुरा मात्र हुन्छन ।  आजकाल बुद्धलाइ देवताको अवतारको रुपमा चित्रण गरेर पूजा गर्न थालेको भए पनि उनले आफुलाई सधैं साधकको रुपमा मात्र लिएका थिए । तेसैले बुद्धलाइ सच्चा रुपमा पूजा गर्नु भनेको उनका उपदेशहरुलाइ ब्यबाहारमा ब्यबाहारमा ल्याउनु नै हो ।

Buddha_statue

शान्तिका दुत शिद्धार्थ गौतम बुद्ध जन्मेको स्थल लुम्बिनीमा पर्यटक बढाउन नेपाल सरकारले सन २०१२लाइ लुम्बिनी भ्रमण बर्ष को रुपमा मनाउने निर्णय अनुसार बिभिन्न कार्यक्रम संचालन पनि गरि रहेको छ । आजको दिन बुद्धलाइ सम्झेर उनका उपदेशहरुलाई मनन गर्न मन लागोस, सम्पूर्ण नेपालीहरुमा बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामनाका!