Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

चलचित्र विकास बोर्डलाइ अहिलेको अश्लील चलचित्रको बाढीले हैरान पारेको छ । केही समय अघि स्क्रिप्ट अध्ययन कार्यदल गठन गरेर स्क्रिप्टबाट नै फिल्म सेन्सरको कार्य आरम्भ गर्ने कार्यको चौतर्फी बिरोध खेपेको वोर्डले अब अर्को आचारसंहितामा ल्याउने हल्ला चलेको छ।

kiss_scene_nepali_movie

चलचित्र सेन्सर र बर्गिकरण गर्ने सेन्सर बोर्डले अश्लिल र छाडा लाग्ने डाइलगमा "विप" राख्ने र केहि दृष्य काट्ने बाहेक उल्लेखनिय कुनै कार्य गर्न नसकेको यस अबस्थामा आचारसंहिताले केही फरक पर्ला र? सुन्नमा आए अनुसार नयाँ आचारसंहितामा निम्न बुंदाहरु पर्ने प्रबल सम्भाबना रहेको छ:

अब देखि बन्ने नयाँ फिल्महरुमा

  • पन्ध्र सेकेन्ड भन्दा लामो समयको चुम्बनका दृश्य राख्न नपाइने
  • अर्धपारदर्शी पहिरनमा महिलाको संवेदनशिल अंगलाई देखाउन नपाइने (पुरुषले चाहिँ देखाउन पाउने होला)
  • सामाजिक मर्यादा प्रतिकूलका दृश्यलाई समेट्न नपाइने (अश्लिल दृश्य र संवाद नियन्त्रण गर्नको लागि रे)
  • सांस्कृतिक, जातिय सद्भाव, कुटनीति, राष्ट्रिय सुरक्षा, बाल मनोविज्ञानमा असर पार्ने खालका दृश्य राख्न नपाइने

अरु सबै कुरा पुरानै बोतलमा नयाँ रक्सी भए पनि १५ सेकेन्ड भन्दा लामो चुम्बन अश्लील हुने र १४ सेकेन्ड लामो चुम्बन अश्लील नहुने कुरा भने अलिक पच्न गाह्रो हुने कुरा जस्तो लाग्यो ।

यस्ता बुंदा राख्नु भन्दा त मेरो सुझाबमा निम्न बुंदा पनि थपे आचारसंहिता अझ बाढी मनोरन्जनात्मक भइ मानिसहरुले ध्यान दिएर पढ्छन होला:

  • चुम्बन गर्दा जिब्रो मुख भन्दा बाहिर निकाल्न नपाइने
  • चुम्बन गर्दा आँखा चिम्लेर आबाज निकाल्न नपाइने
  • कुनै पनि कलाकारको हातले अरु कलाकारको सम्बेदनशील अंगमा छुन नपाइने
  • एक कलाकारको सम्बेदनशील अंगले अर्को कलाकारको सम्बेदनशील अंगलाइ छुन नपाइने
  • सेन्सरबोर्डले नकाटेका अश्लील दृष्य आउदा सबै दर्शकहरुले आँखा चिम्लनु पर्ने

साँच्चै सोचविचार गरेर आचारसंहिता बनाउने हो भने यौन र अश्लीलताको पछाडी दौडन छोडेर निम्न बुंदा राख्न पो राम्रो हुन्थ्यो कि ?

  • बिदेशी फिल्मबाट पोस्टर, डाइलग, कथा, दृश्य आदि हुबहु सार्न नपाइने नियम बनाए कसो होला?
  • फिल्मको आम्दानी खर्चको सही बिबरण सार्बजनिक गरि सोही अनुरुप कर निर्धारण गरे कसो होला?
  • फिल्ममा १६ बर्ष माथिकाले मात्र हेर्न मिल्ने वा १८ बर्ष भन्दा माथिकाले मात्र हेर्न मिल्ने स्थर निर्धारण गरी कडाइका साथ नियम लागु गरे कसो होला?
  • सबै फिल्ममा, कम्तिमापनि एउटा, समाजलाइ सही बाटो देखाउने खालको दृश्य समाबेश हुनु पर्ने नियम बनाए कसो होला ?
  • फिल्म प्रदर्शनको भाडभैलोलाइ ब्यबस्थित गर्न हल संचालकको आचारसंहिता पनि बनाए पो हुन्थ्यो कि ?
  • फिल्म समिक्षकलाइ सहयोग गर्न फिल्म समिक्षाका आचारसंहिता बने यसले फिल्मको प्रचार प्रसारमा सहयोग हुन्थ्यो कि ?

Incoming search terms:

 

atm_kiss_sceneसेन्सर बोर्डको काम अब लगन पछिको पोते जस्तो हुन थालेको हो त ?

"एटिएम" फिल्मको प्रोमो रिलिज भए पछि नेपाली फिल्म क्षेत्रमा आएको भुइचालोले  सेन्सर बोर्ड को उपादेयता माथि नै प्रश्न चिन्ह लागेको छ । उक्त फिल्मका दृष्य परिवारमा बसेर हेर्न लाएक नभएको (लिंक- अंग्रेजी लेख) हामीले बताउदै आए पनि यस्ता खालका फिल्म बन्न शुरु भइ सके पछि यस्ता फिल्मको निर्माण नै रोक्ने प्रयास गर्नु भन्दा नियन्त्रित रुपमा निर्माण हुन दिने बाताबरण बनाउनू आबश्यक हुन्छ ।

प्रशन्न पौडेल, बद्री अधिकारी, सुरेश दर्पण पोखरेल, रामराजा दाहाल, सुमन दाहाल र जनक खकुरेल सम्मिलित निर्देशकहरुको समुहले यस बिषयमा ध्यानकर्षण गरे पछि चलचित्र बिकास बोर्डले सेन्सर बोर्डलाई पत्र काटेका बताएको छ । तर युट्युब लागाएत इन्टरनेटका कुनै पनि माध्यम सेन्सर बोर्डको कार्य क्षेत्र भित्र नपर्ने हुनाले फिल्मको प्रोमोको बारेमा सेन्सर बोर्डले केही गर्न सक्ने ठाउँ नै छैन ।

हुन त यो एक/दुइ मिनेट लामो प्रोमो मात्रै हो तर, यस अघि रिलिज भएको एउटा फिल्म ‘द लास्ट किस’ को रिभ्युमा हाम्रा समिक्षक रौनकका अनुसार त्यो फिल्ममा भएका सबै उत्तेजक दृष्य फिल्मको प्रोमोमा नै अटाएका थिए (अंग्रेजी लेखको लिंक) । यस हिसाबले "एटिएम" फिल्म भित्र पनि प्रोमो मा भएको भन्दा बढी उत्तेजक दृष्य केहि नहुने सम्भाबन प्रबल छ । सेन्सर बोर्डले फिल्म रिलिज पूर्ब तेस्ता सिन काटे पनि सबैले हेरिसकेको हुने हुनाले सेन्सर बोर्डको काम लगन पछिको पोते हुने निश्चित छ।

"एटिएम" फिल्मको प्रोमोमा देखाईएको दृश्य र सम्बाद प्रति चलचित्र बिकास बोर्डले "गम्भिर आपत्ती" जनाएर तेस्ता खालका फिल्म बनाउन छुट नभएको तर्क गरे पनि यसरी फिल्म बन्ने र इन्टरनेटमा प्रोमो रिलिज गर्ने प्रक्रियालाइ परिवर्तन गर्ने सामर्थ्य कसैसंग नभएको कुरा वोर्ड लगाएत सबैले बेलैमा बुझे राम्रो हुने थियो  ।

चलचित्र बिकास बोर्ड, चलचित्र निर्देशक समाज, चलचित्र निर्माता संघ, आदि जिम्मेबार संस्थाहरुले पनि यस्ता फिल्म हरुले "समाजमा अराजकता" फैलाएको गलत बुझाइ समय साक्षप नरहेको हाम्रो ठम्याई छ । छाडा डाइलग र यस्ता खालका दृष्य नेपाली समाजमा अपाच्य भए पनि आँखा चिम्लादैमा कसैले देख्दैन भन्ने सोचाई राख्नु पनि बुद्दिमानी हुदैन ।

(trailer video not available)

Incoming search terms:

 

बिभिन्न यौनजन्य संवाद र दृश्य भएका कारण बिबादमा आएको चलचित्र ‘द लास्ट किस’ले अन्तत प्रदर्शनका लागी अनुमति प्राप्त गरेको छ । एक पटक सेन्सर पास गर्न इन्कार गरेको फिल्म लाइ बिभिन्न सम्बाद र दृश्य काट्न सहमत भए पछि १६ वर्ष माथिकाले मात्र हेर्न मिल्ने ‘ए’ सर्टिफिकेट प्रदान गरेको छ ।

the-last-kiss_censor_certificate

जेनिम फिल्मस ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई जेष्ठ १२ गते रिलिज गर्ने तयारी गरिएको छ । फिल्मको प्रचारको लागि रिलिज गरिएको एक प्रोमो भिडियोमा अश्लिल मानिने शव्द र उत्तेजक दृश्य समेटिएका मध्ये केही शब्द र चुम्बनको दृष्य, र "पाल हल्लिएको दृश्य" हटाउने सहमतिमा  ‘ए’ सर्टिफिकेट दिइएको हो।

बीबी फुयाँल को निर्देशनमा बनेको ‘द लास्ट किस’मा नायिका शोभिता सिम्खडा र पुष्करजंग थापाको मुख्य भुमिका रहेको छ । यस फिल्ममा निर्धक्क भएर अश्लिल दृश्य दिएकी शोभिता सिम्खडाको बुर्का लगाएको फोटोले केही समय अघाडी राम्रै चर्चा पाएको थियो।

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network