झरना बज्राचार्यले छोरा पाइन, नाम इशान

मिस नेपाल १९९७ झरनाले यहि चैत्र २८ गते शनिवार मलेशिया स्थित टुंग शिन हस्पिटलमा स्वस्थ छोरा पाइन । अघिल्लो दिन राति मिस नेपाल २०१६ को संस्करणमा अश्मि श्रेष्ठ चुनिएको युट्युवमा प्रत्यक्ष प्रशारण  हेरेकि झरनाले भोलिपल्ट बिहानै छोरालाइ जन्म दिएकि हुन ।

भिडियो रिपोर्ट:

झरनाको छोरा नाम इशान राखिएको छ भने जन्मदाको तौल ३,३१० ग्राम छ।

 Continue reading

ऋचा घिमिरे आमा बनिन

यहि आइतबार बिहान अभिनेत्री ऋचा घिमिरेले ३ केजी ७ सय ग्रामको छोरो जन्माएकी छिन् । ओम अस्पतालमा आइतबार बिहान ११ वजेर २४ मिनेट जादा अप्रेसन गरेर छोरालाई जन्म दिएको कुरा भने आइतबार रातिमात्र सार्वजनिक गरिएको थियो । उच्च रक्तचापका कारण डाक्टरले दिएको डेलिभरी डेट भन्दा दुइ हप्ता अघाडी नै जन्माउनु परेको बच्चा र आमा दुबैको स्वस्थ राम्रो रहेको बताईएको छ ।

richa_ghimire_with_son

अभिनेत्री ऋचा र निर्देशक शंकर घिमिरेको बिबाह भएको ३ बर्ष पछि पहिलो सन्तानको जन्म भएकोमा यस नेपाली वेबसाइटका तर्फबाट दुबैलाई हार्दिक बधाई !

(यसै बिषयको अंग्रेजी लेख)