सिएनएन हिरो नेपालमा जन्मिनुको कारण

खुशीको खबर हो कि दुखको हो तर फेरी एक पटक नेपाली चेलीले सिएनएन हिरोको उपाधि प्राप्त गरिन। हुन त सबैले खुशीको ताली पिटिरहेको बेलामा मैले अर्घेल्याई गरेर दुखी हुनु नाजायज ठहरिएला । तर, जे ठहरिए पनि सत्य भनेको सत्यनै हो र नराम्रो कुरालाई देश भक्तिको जलप लगाउदैमा सही हुन सक्दैन ।

cnn_hero_nepal

मलाइ खुशी नलाग्नुको कारण:

पुष्पाले गरेको काम सरकारले किन गरेन ?

पुष्पा बस्नेतले ठूलो त्याग र दु:ख गरेर बालबालिकाहरुको भबिष्य बनाउने कार्य गरेकी छिन यसमा कसैको दुइ मत नहोला। तर अन्य कतै पनि त्यस्तो त्याग गर्ने व्यक्ति नहुनुको कारण के हो त? कसैले सोचेको छ?

मेरो बिचारमा पुष्पा सिएनएन हिरो हुनु नेपाली कानून र सरकारको खिल्ली उडाएको हो । सरकारले आमाले अपराध गरेको आरोपमा निर्दोष बालबालिकाहरुले सजाय  दिने अनि पुष्पा जस्ताले तिनीहरुलाइ उद्दार गर्ने – यो त एउटा फिल्मी प्लट जस्तो भएन र?

यस अघि अर्की नेपाली सपुत अनुराधा कोइरालाले सि-एन-एन पुरस्कार जितेकी थिइन । हुन त उनले पनि राम्रै काम गरेकी हुन नेपाली चेलीहरुलाई भारतमा बेचिनबाट जोगाएर, तर जनताको जिउधनको सुरक्षाको जिम्मा सरकारको हुनु पर्ने होइन र ? अनुराधा कोइरालाले सरकारको काम सजिलो बनाइदिएको मात्रै हुनु पर्ने हो ।

देशको समस्याको अन्तराष्ट्रियकरण

यी दुइ वटै सि-एन-एन हिरोका  जीतहरु जीत नभएर एक हिसाबले नेपालको समस्याको अन्तराष्ट्रिय जगतमा प्रस्तुत गरिएको रुपमा पनि हेर्न सकिन्छ ।

अबका दिनमा यस्ता सि-एन-एन हिरोहरु जन्मन नपरुन भन्ने कुरामा सरकार सचेत हुनु पर्ने हो कि ?

पुष्पा बस्नेत सीएनएन हिरो २०१२

यस बर्षको सीएनएन हिरो मा नेपाली समाजसेबी पुष्पा बस्नेत छानिएकी छिन् । अनलाइन भोटिंगका आधारमा छानिने यस प्रतिस्पर्धामा अन्य ९ प्रतिस्पर्धीलाई उछिन्दै पुष्प सिएनएन हिरो २०१२  बनेकी हुन् ।

पुष्पा बस्नेतको जीत भनेको समाजको लागि निस्वार्थकार्य गर्नेको सम्मान हो । पुष्पा बस्नेत लगायत  सम्पूर्ण भोट गर्ने नेपाली तथा बिदेशीहरुलाई बधाई !

puspa_basnetcnn_hero_2012

उपाधी जिते पछि पुष्पाले भाभुक हुँदै भनिन, “यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि । मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद। मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि मामुले तिमीहरु सबैलाई बाहिर निकाल्ने छु।”

भिडियोमा:

http://www.youtube.com/watch?v=3Za_VhNOr5I
 Continue reading