Explore xNepali - xN Home | Movies & Fun | Nepali Blog | Photo Blog | Tech. Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेकपा (एमाले) ले तयार गरेको राज्य पुनसंरचना सम्बन्धी प्रतिवेदन मा आठ प्रदेशको राज्यको परिकल्पना गरेको छ । बैकल्पिक रुपमा १२ प्रदेशको दोस्रो प्रस्तावमा मधेसमा ४ र पहाड-हिमालमा ८ प्रदेश रहने प्रस्ताव गरिएको छ । जातीय आधारमा राज्य बनाउन नहुने भन्ने आबाज पार्टीभित्र बढ्दै गएको बेलामा यस प्रस्ताब आएको हो ।

नेकपा (एमाले)को विभिन्न चरणमा पार्टी नेताहरु तथा संबिधानसभाका सभासदहरुसंग छलफल गरी सो प्रतिवेदन तयार गरेको बताएको छ ।

CPM_UML_8-state-model

CPM_UML_12-state-model

यी प्रदेशको नामको लागि पनि प्रदेशको नामान्कर्ण गर्न पनि तीनदेखि ५ वटा सम्म बिकल्प प्रस्तुत गरिएको छ ।

नेकपा एमालेको संघीय विभाग प्रमुख पर्शुराम मेघी गुरुङले भने, ’सहमतिका लागि १२ प्रदेशको बिकल्प पनि राखिएको हो ।’

केही समय अघाडी राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा भने छ अथवा ११ प्रदेश राख्नु पर्ने प्रस्ताब गरिएको थियो, जसमा जातीय आधारमा ११ प्रदेश हुनु पर्ने प्रस्ताब गरिएको थियो भने अर्को जातीय आधारमा बिभाजन हुनु हुदैन भन्ने समुहले नाम नतोकी ६ प्रदेशको प्रस्ताब गरेको थियो ।

Continue reading »

Incoming search terms:

 

राज्य पुनर्संरचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा नेपाललाइ जातिका आधारमा राज्यको पुनर्संरचना गरी ११-प्रदेश मा बिभाजन गर्ने प्रस्ताव गरेको छ । तर, आयोगका तीन सदस्यले भने ११ प्रदेशको अबधारणा लाइ नमानी छ प्रदेशको अवधारणासहित बेग्लै प्रतिवेदन बुझाएका छन् । अल्पमत सदस्यहरूको अवधारणालाइ बहुमत सदस्यले प्रतिवेदनमा राख्न अस्वीकार गरेपछि उनीहरू बेग्लै प्रतिबेदन बनाउन बाध्य भएका हुन् ।

११-प्रदेश को अवधारणालाइ सुझाब दिने राज्य पुनर्संरचना आयोगका ६ सदस्यहरु:

  1. मदन परियार (संयोजक)
  2. मल्ल के. सुन्दर (माओबादी शिफारिस)
  3. स्टेला तामाङ (माओबादी शिफारिस)
  4. कृष्ण हाछेथु (मधेसबादी शिफारिस)
  5. सुरेन्द्र महतो (मधेसबादी शिफारिस)
  6. भोगेन्द्र झा (एमाले शिफारिस)

६–प्रदेश को अवधारणा सुझाब दिने तीन अल्पमत सदस्यहरु:

  1. डा. रमेश ढुंगेल (कांग्रेस शिफारिस)
  2. सावित्री गुरूङ (कांग्रेस शिफारिस)
  3. सर्वराज खड्का (एमाले शिफारिस)

यसरी एउटै आयोगका ९ जना सदस्यले त एउटै प्रतिबेदनमा सबैकुरा समेटन नसक्ने अवस्था आउछ भने ६०१ सभासदले एउटै संबिधान बनाउलान त ? 

जातिका आधारमा गर्न सकिने राज्यको पुनर्संरचना अन्तर्गत का ११-प्रदेश निम्न छन्:

  1. लिम्बुवान
  2. किराँत
  3. ताम्सालिङ
  4. नेवाः
  5. तमुवान
  6. नारायणी
  7. मगरात
  8. कर्णाली-खप्तड
  9. मिथिला-भोजपुरा-कोच-मधेस
  10. लुम्बिनी-अवध
  11. थारूवान प्रदेश

11_or_6_provience

अर्को ६ प्रदेश मोडलमा भने ती छ ओटा प्रदेशको नाम पनि तोकिएको छैन:

11_or_6_provience

तपाईलाई कुन अबधारणा मन पर्यो त?

Incoming search terms:

 

ग्यासको अभाब, तेलको अभाब, बिजुली बत्तीको अभाब, पानीको हाहाकार … सरकारलाई संबिधानको बारेमा सोच्ने फुर्सद कहाँ बाट होस् ?

मानिसको न्युनतम आबश्यकता भन्ने कुरा समय अनुसार बदलिदै जाने रहेछ । ढुंगे युगमा न्युनतम आबश्यकता भनेको खानेकुरा मात्रै थियो र बासस्थान, लत्ता कपडा आदिलाई विलासिताको सामानमा गनिन्थ्यो । समाजको रुपान्तरण संगै लत्ता कपडा र बासस्थानले पनि न्युनतम आबश्यकताको दर्जा पाए । त्यस पछिको समाजमा कैयन बिलासिताका सामान न्युनतम आबश्यकताको कोटीमा झरेका छन् । यसरी न्युनतम आबश्यकताको दायरा जति फराकिलो हुदै जान्छ समाज त्यतिनै समृद्ध मान्न सकिन्छ ।

आजकल पश्चिमा मुलुकहरुमा खाना, लत्ता कपडा, बासस्थान को संग संगै बत्ति, पानी, ब्यतिगत बिबरण को गोप्यता, ह्युमन राइट्स, रोजगार आदि कुराहरु पनि न्युनतम आबश्यकता भित्र पर्दछन । तर, यी मध्ये कतिपय कुराहरु नेपालमा अझै पनि बिलासिताका सामान नै मान्न सकिन्छ । जस्तै, नेपालमा जेनेरेटर वा सोलार पावर प्रयोग गरेर २४सै घण्टा बत्ती बाल्ने मानिसहरु पनि नभएका होइनन तर सर्बसाधारणले भने दिनको १८ घण्टा लोड सेडिंग खेपीरहनु परेको छ । केही समय पहिलेसम्म सर्बसुलभ बत्ती, पानी पनि अब विलासिताको सामानमा परिवर्तन हुनु साच्चिकै दुखको कुरा हो ।

खाना पकाउने ग्यास र मट्टीतेल, गाडी गुडाउन चाहिने तेल आदिको हाहाकार संगै स्वतस्फुर्त रुपमभएका ‘लूट’का घटनाले (नागरिकको ग्यास लुट्ने प्रयास सम्बन्धी समाचार) हामी प्रगतीको बाटोमा उल्टो हिडिरहेको संकेत गर्दछ । वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको हालैको भनाइ, " सरकारले साढे चार अर्ब नदिए एक साताभित्र राजिनामा गर्छु" ले नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति मा सरकारको नियन्त्रण अतिनै महंगो भएको संकेत गर्दछ । 

people_snatching_gas_cylinder

जनतालाई आबश्यक पर्ने चिजहरुमा जति पनि अभाब/समस्या देखिन्छन प्राय: ती सबैमा चीजहरुमा सरकारी नियात्रण भएको पाइएको छ ।

  • निजी क्षेत्रको प्रबेश नहुदा सम्म एउटा फोनको लाइन लिन दसकौं कुर्नु पर्ने गर्दथ्यो भने अहिले तुरुन्तै पाइन्छ ।
  • ग्यास निजी क्षेत्रले बेच्ने भए पनि आएल निगमले मात्र आयात गर्न सक्छ र भाउ पनि सरकारले तोके बमोजिम मात्र राख्न पाइन्छ । यसले निजी क्षेत्र भनेको त देखाउने दाँत मात्र भएको छ ।
  • पेट्रोल, डिजेल, मट्टीतेल आदिमा पनि सरकारले भाउ निर्धारण गर्दछ।
  • खाने पानीमा पनि सरकारी एकाधिकार छ । निजी क्षेत्रले ट्यांकरमार्फत मात्र ढुवानी गर्ने हुनाले ट्यांकरको पानी किन्नेहरुको लागि पानीको कुनै पनि समस्या छैन ।
  • बिजुली बत्ती पनि सरकारी स्वामित्वमा रहेको बिधुत प्राधिकरणमार्फत किन्नेको लागि मात्रै समस्या हो । जेनेरेटर, इन्भर्टर, सोलार पावर, मैन बत्ती लागाएतका निजी क्षेत्रले जिम्मा लिएका कुराहरुको कुनै अभाब छैन ।  हुन त बिधुत प्राधिकरणको बिशाल भौतिक पुर्बाधारलाइ यसरी तुलना गर्न नहुने हो तर, यदी निजी क्षेत्रलाइ खुला गरिदिएमा उनीहरुले पनि बिधुत प्राधिकरणको भन्दा बढी सुबिधा दिन सक्छन भन्ने कुरामा चाहिं दुइ मत नहोला ।
  • सरकारले चिनीको प्रति केजी मुल्य निर्धारण गरिदिदा कहिले काहीं चिनीको पनि हाहाकार भएको नेपालीहरुले भोगेकै हुन्  ।

यसरी जे जे कुरामा सरकारले हस्तक्षेप गर्ने गर्दछ त्यसमा समस्या हुने गरेको छ । सरकारले ब्यापार गर्ने होइन । निजी क्षेत्रले ब्यापार गर्ने, सरकारले सुरक्षा र हेल्पिंग ह्याण्ड दिने हो भने देशको बिकास हुने थियो होला कि । संबिधान बनाउन बनेको सरकारले तेल बेच्दा हुने फाइदा र घाटाको हिसाब किताब गरेर बसे पछि कहिले संबिधान बन्ला त ? (फोटो सौजन्य – मकर श्रेष्ठ, कान्तिपुर)

© 2012 नेपाली गफ A part of xNepali.com network