स्वामी कमल नयन आचार्य नाम गरेका एक बाबा हेलीकप्टर चढेर दुध चडाउदै हिडेको छन् रे । उनको देबघाट देखी रिडी हुँदै मुक्तीनाथसम्म कालीगण्डकीमा गाइको दुध चढाउने कार्यक्रम अनुसार गत चैत्र १८ गते हेलिकप्टर चढेर रिडी पुगेका बाबाले करुवा बाट गाईको दुध काली गण्डकीमा खन्याएर त्यहाँको ऋशीकेश मन्दिरको दर्शन गरेका थिए । उपस्थित स्थानिय जनसमुदाय लाई सम्बोधन गर्न समेत भ्याएका स्वामीको रिडी बसाइ भने झन्डै १५ मिनेटको जतिको मात्रै थियो । स्वामी कमल नयन आचार्य रिडी बसाइ पछि मुक्तीनाथ तर्फ लागेका थिए ।

बाग्लुंगको डन्डेश्वर लहरेपीपल-६ मा सन १९६६मा जन्मेका मुरलीमोहन गोपाल गोरक्ष पछि स्वामी कमल नयन आचार्यको नामले प्रसिद्ध भएका हुन । अखण्ड ज्योति बाबा स्वामी श्रीजी नाम गरेको ट्रस्ट संचालन गरिरहेका यी स्वामीले ट्रस्टमा जम्मा भएको पैसाबाट बाटो घाटो, धर्मशाला आदि निर्माण पनि गर्ने गरेका छन् । त्यसका साथै श्री मुक्तिनाथ बेद बिध्याश्रम पनि संचालन गरिरेहेकोसो ट्रस्टबाट राम्रै कमाइ हुने स्वामीको बैभब बाट बुझ्न सकिन्छ ।
गाईको दुध चढाउन हेलिकप्टर चढने यी स्वामीको चर्तिकला हेर्नुहोस : (फोटो क्रेडिट – रुरु नेटवर्क)

