अल्पायुमा ज्यान गुमाउने नेपालि गायकहरु

यहि महिना भाद्रको शुरुवातमा (भाद्र ९ गते) चर्चित लोक गायक खेमराज गुरुङको ४२ बर्षको अल्पायुमा नै निधन भएको खवरले मलाइ मर्माहत पारेको थियो । त्यो बेलामा मैले अल्पायुमा निधन हुने गायकहरुको बारेमा भिडियो बनाउने तयारि गरेको थिएँ । त्यस बेला मलाइ अल्पायु कति उमेरलाइ भन्ने, ४० बर्ष अल्पायु हो कि होइन भन्नेमा कुरामा द्विविधा भयो । तेसैले यो बारेमा ट्विटरमा चर्चा पनि गरेको थिएँ । हिजो (भाद्र २८ गते) गुरुङको निधनको २० दिन पनि नहुँदै अरेका चर्चित पप गयक सुनिल बर्देवा को निधनको खवर आयो । ४४ बर्षका बर्देवाको पनि अल्पायुमा नै निधन भयो, गुरुङकै जस्तै अवस्तामा । खेमराज गुरुङमा जण्डिसको लक्षण देखिएपछि उपचार गर्न हस्पिटल भर्ना गरिएको थियो भने बर्देवामा पनि जण्डिसकै लक्षण देखिएको तर उनि अस्पताल भने अन्तिम अबस्थामा मात्रै पुगे । यसरि एकै महिनामा दुइ चर्चित गायकहरु गुमाउँदा साह्रै नै दुख लागेको छ । तर, बिगतमा हामिले यस्तै चर्चित गायकहरु खेमराज गुरुङ र वर्देवा भन्दा पनि कलिको उमेरमा गुमाएका थियौं ।

पहिला हिजो निधन भएका वर्देवाको बारेमा भिडियो समाचार:

आज म चर्चा गर्दैछु कलिलै उमेरमानै ज्यान गुमाउने र श्रोताको मन जित्न सफल भएका अरु संगित श्रष्टाहरुको बारेमा। अल्पायुमा ज्यान गुमाउने ५ संगित श्रष्टाहरुको बारेमा मैले बनाएको भिडियो हेर्नुहोस :

भिडियोमा छुटेकि छिन २८ बर्षमा आफ्नो जिवनलिला समाप्त गर्ने गायक योगिता मोक्तान।
 Continue reading

राष्ट्रिय गितका संगितकार अम्बर गुरूङको निधन

नेपाली राष्ट्रिय गितका साथै धेरै लोकप्रिय गितहरुका संगितकार अम्बर गुरूङको निधन भएको छ । केहि दिन देखि अस्वस्थ रहेका अम्बर गुरूङलाइ ग्रान्डि अस्पतालमा उपचार गर्दा गर्दै निधन भएको हो । लामो समय देखि अस्वस्थ रहेका गुरूङको केहि समय अघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

https://www.youtube.com/watch?v=rtf8w8m0390

यस अघि, कान्तिपुर दैनिकले उनको निधन हुनु अगावै निधन भइसकेको खवर दिएकोमा अस्पताल र उनका परिवारका सदस्यले बिरोध गरेका थिए । कान्तिपुरले गल्ति गरेको स्विकार गर्दै सो खवर सच्याएको थियो । यो बारेमा अम्बर गुरूङको निधनपुर्व मैले बनाएको रिपोर्ट :

 Continue reading

सुशिल कोइरालाको निधन, हार्दिक श्रदान्जलि

पुर्व प्रधानमन्त्रि तथा प्रमुख प्रतिपक्षि दल नेपालि कांग्रेसका सभापति सुशिल कोइरालाको सोमवार राति १२:३० बजे निधन भएको छ। सुशिल कोइरालाको महाराजगन्जस्थित निवासमै निधन भएको जानकारि नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले फेसबुकमार्फत् पनि सार्वजनिक गरेका छन्। सभापतिको निधन संगै काँग्रेस महाधिवेशनका सबै कार्यक्रम स्थगित गरिएको पार्टिले निर्णय गरेको पनि लामिछानेले बताएका छन् ।

uplamichhane sushil koirala death

 Continue reading

सुर्यबहादुर थापा रहेनन

पुर्वप्रधानमन्त्रि तथा राप्रपा अध्यक्ष सुर्यबहादुर थापाको ८८ वर्षको उमेरमा निधन भएको छ ।  थापाको यहि बैशाख २ साँझ निधन भएको हो । भारतको मेदान्त अस्पतालमा उपचाररत थापाको निधन भएको खबर आएको राप्रपा नेता किरण गिरिले जानकारि दिए । यस अघि स्वास प्रस्वासमा समस्या भएपछि थापालाइ भेन्टिलेटरमा राखिएको थियो ।

भिडियो समाचार :

surya bahadur thapa
 Continue reading

अलबिदा प्रचण्ड पुत्री ज्ञानु केसी दाहाल

स्तन क्यान्सरसंग लड्न नसकेर एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालकी जेठी छोरी ज्ञानु केसीको यही बिहीबार बिहान निधन भयो । देशनै हल्लाउन सक्ने पार्टीका शिर्ष नेताले लामो समयसम्म  मुम्बई, दिल्ली र अमेरिकामा उपचार गराउँदा पनि आफ्नी ४० वर्षीय छोरीको ज्यान बचाउन सक्नु भएन ।

gyanu kc - last rituals 1

२१ वर्ष पहिले अर्जुन केसीसँग बिवाह गरेर दुई छोरीकी आमा बनेकीज्ञानु केसीको जेठी छोरीको बिवाह भइ सकेको छ ।

 Continue reading

रामराजप्रसाद सिंह लाइ श्रदान्जली

ramraja_prasad_singगणतन्त्रवादी नेता भनेर चिनिने रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । नेकपा माओवादीले आफ्नो तर्फबाट नेपालको पहिलो रास्ट्रपतिको उमेदबार पनि बनाएका रामराजप्रसादको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने तयारी गरिएको छ ।  सन १९३६ मा जन्मिएका रामराजाप्रसाद ७७ बर्षका थिए ।

विं सं. २०४२ सालमा नेपालमा गणतन्त्र स्थापना हुनु पर्ने माग गर्दै नारायणहिटी दरबार निकट लगायत देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनमा मुख्य भूमिका खेल्ने रामराजाप्रसादलाइ तत्कालिन पञ्चायती सरकारले मृत्यु दण्डको सजाय पनि सुनाएको थियो ।

रामराजप्रसाद लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको रोगसंग लडिरहेका थिए । गत भदौ १७ गतेदेखि सिकिस्त भएका रामराजप्रसादलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । उनलाइ कम्मरमुनिको भाग चल्न छोडेको, स्मरण शक्तिमा कमी आएको, र ढाड दुख्ने समस्याले पनि सताएको थियो ।

 Continue reading

समाचारवाचक प्रवीण गिरी प्रति श्रद्धाञ्जली

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

पप गायिका व्हिटनी होष्टन को निधन

फेब्रुअरी ११, शनिबार राती अमेरिकी पप गायिका व्हिटनी होष्टन को क्र्यालिफोर्निया स्थित एक होटेलमा निधन भएको छ । गिनिज वोर्ल्ड रेकर्ड किताब अनुसार सबै भन्दा धेरै पुरस्कार प्राप्त गर्न सफल ४८ बर्षीय गायिका को १ सय ७० मिलियन भन्र्दा बढी एल्बम बिक्रि भएका छन । गायिकाको साथ साथै उनी फिल्म निर्माण, मोडलिंग, अभिनय आदि सबैमा सफल नै भएकी थिइन ।

Whitney_Houston_2009

सन १९८० र १९९० को दशकमा निकै चर्चामा रहेकी होष्टन त्यस पछिको समयमा  लागुपदार्थको दुर्व्यसनका कारणले सुस्ताएकी थिइन । अर्का गाएक क्रिस ब्राउन संगको बैबाहिक जीवनमा आएको समस्याले पनि यसमा अरु जटिलता थपिएको बताइन्छ ।

अंग्रेजी पढ्न सक्नेको लागि उनको वेबसाइटमा उनको पूर्ण जिबनी पोस्ट गरिएको छ । (फोटो साभार – विकिपिडिया)