Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

ramraja_prasad_singगणतन्त्रवादी नेता भनेर चिनिने रामराजप्रसाद सिंहको आज विहान निधन भएको छ । नेकपा माओवादीले आफ्नो तर्फबाट नेपालको पहिलो रास्ट्रपतिको उमेदबार पनि बनाएका रामराजप्रसादको अन्त्येष्टि राजकीय सम्मानका साथ गर्ने तयारी गरिएको छ ।  सन १९३६ मा जन्मिएका रामराजाप्रसाद ७७ बर्षका थिए ।

विं सं. २०४२ सालमा नेपालमा गणतन्त्र स्थापना हुनु पर्ने माग गर्दै नारायणहिटी दरबार निकट लगायत देशका विभिन्न ठाउँमा बम विष्फोट गराउनमा मुख्य भूमिका खेल्ने रामराजाप्रसादलाइ तत्कालिन पञ्चायती सरकारले मृत्यु दण्डको सजाय पनि सुनाएको थियो ।

रामराजप्रसाद लामो समयदेखि मधुमेह, उच्च रक्तचाप, र मिर्गौलाको रोगसंग लडिरहेका थिए । गत भदौ १७ गतेदेखि सिकिस्त भएका रामराजप्रसादलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरि उपचार गरिएको थियो । उनलाइ कम्मरमुनिको भाग चल्न छोडेको, स्मरण शक्तिमा कमी आएको, र ढाड दुख्ने समस्याले पनि सताएको थियो ।

Continue reading »

Incoming search terms:

 

बरिष्ठ सञ्चारकर्मी तथा समाचारवाचक प्रवीण गिरीको आज आइतबार बिहान निधन भएको छ । टेलिभिजनका क्षेत्रमा ठूलो योगदान पुर्‍याउने हुने प्रविण गिरीको राजधानीस्थित ओम अस्पतालमा प्राण त्याग गर्नु भएको हो । नेपाल टेलिभिजनमा समाचार वाचकको रुपमा अफ्नो छुट्टै पहिचान बनाउन सफल प्रबिण गिरी लोकप्रिय समाचार वाचकको रुपमा चिनिन्छन।

prabin_giri

यस नेपाली वेबसाइट परिवार वहाँको दिवंगत आत्माले चीर शान्ति पाओस् भन्ने कामनाका साथै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै, यस दुखद घडीमा शोक सन्तप्त परिवारप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

Incoming search terms:

 

फेब्रुअरी ११, शनिबार राती अमेरिकी पप गायिका व्हिटनी होष्टन को क्र्यालिफोर्निया स्थित एक होटेलमा निधन भएको छ । गिनिज वोर्ल्ड रेकर्ड किताब अनुसार सबै भन्दा धेरै पुरस्कार प्राप्त गर्न सफल ४८ बर्षीय गायिका को १ सय ७० मिलियन भन्र्दा बढी एल्बम बिक्रि भएका छन । गायिकाको साथ साथै उनी फिल्म निर्माण, मोडलिंग, अभिनय आदि सबैमा सफल नै भएकी थिइन ।

Whitney_Houston_2009

सन १९८० र १९९० को दशकमा निकै चर्चामा रहेकी होष्टन त्यस पछिको समयमा  लागुपदार्थको दुर्व्यसनका कारणले सुस्ताएकी थिइन । अर्का गाएक क्रिस ब्राउन संगको बैबाहिक जीवनमा आएको समस्याले पनि यसमा अरु जटिलता थपिएको बताइन्छ ।

अंग्रेजी पढ्न सक्नेको लागि उनको वेबसाइटमा उनको पूर्ण जिबनी पोस्ट गरिएको छ । (फोटो साभार – विकिपिडिया)

© 2012 नेपाली गफ A part of xNepali.com network