छैठौं रास्ट्रिय खेलकुद २०६८ धनगडीमा शुरु

छैठौं राष्ट्रिय खेलकुद सुदुर पश्चिमको धनगडी रंगशालामा भब्य समारोह बीच उद्घाटन गरिएको छ ।  सुदूरपश्चिमले पहिलोपटक आयोजना गर्ने मौका पाएको यो रास्ट्रिय खेल महोत्सवको उद्‌घाटन राष्ट्रपति रामवरण यादवले गरेका थिए ।  उक्त समाहरोहमा पनि बोलेका थिए । सुदूरपश्चिमकै ओलम्पीक खेलाडी दिपक बिष्ट ओलम्पीक दीप प्रज्जवलन गरेर शुरु गरेको सो समारोहमा राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराइले, युवा तथा खेलकुद मन्त्री कमला रोका,  राखेप सदस्यसचिव युवराज लामा आदिको पनि उपस्थिति थियो ।

6th_national_sports

आठ दिन चल्ने छैठौं राष्ट्रिय खेलकुद फागुन १४ शुरु भएर फागुन २१मा सम्पन्न हुने छ । पाँच विकास क्षेत्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, माओवादीको पिएलए र विश्वविद्यालय गरी २ हजार २ सय ३४ पुरुष र १ हजार ३ सय ८५ महिला खेलाडी सहभागी हुने सो राष्ट्रिय खेलकुदमा नौ टोलीका खेलाडीले ३१ खेलमा प्रतिस्पर्धा गर्नेछन्। यस खेलकुदमा पनि अघिल्लो बर्षको जस्तै नेपाली सेनाको टोलीले सहभागीता जनाएको छैन ।

Deepak_bista_burning_flame_6th_national_game

छैठौं रास्ट्रिय खेलकुद २०६८ उद्घाटन समारोहमा ओलम्पीक दीप प्रज्जवलन गर्दै ओलम्पीक खेलाडी दिपक बिष्ट

 Continue reading