Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेपाली मनोरंजन संसार मात्र नभएर सबै क्षेत्रमा बिक्ने कुरा कै ब्यापार हुन्छ । बिकाउ कुराको सजिलो ब्यापार देख्दा त्यस्तो खालको ब्यपार गर्न नसक्ने मानिसहरुले बिरोध गर्नु पनि सामान्य नै हो । तर जतिसुकै बिरोध, हड्ताल, वा सजाय भए पनि बिकाउ चीजको ब्यापार रोकिदैन भन्ने कुरा नेपाली फिल्ममा पनि लागु हुन्छ र यो कुरा हालै रिलिज गरिएको ‘बिन्दास’ फिल्मको पोस्टरले फेरी पुस्टि गरिदिएको छ ।

‘बिन्दास’ फिल्मको पोस्टर काण्ड

फिल्म ‘बिन्दास’ को पोस्टरमा फिल्मकी नायिका शुष्मा कार्कीका रगतले लत्पतिएका हातहरुले आफ्नो बक्षस्थल निचोरी रहेको देखाइएको छ । फिल्ममा पुरै खुल्नको लागि भनेर रु. तीन लाख पारिश्रमिक लिएकी नायिकाको रोल बढिनै कामुक हुने कुरा यो पोस्टरले पनि  संकेत गर्दछ भने अबका दिनमा नेपाली फिल्म क्षेत्रमा बक्षस्थलको ब्यापार फस्टाउने संकेत पनि गरेको छ । शुष्माले ‘लूट’ मा उध्रेको चोलीबाट पाएको सफलता पछि ‘जिन्दगानी दर्पणछायाँ’ को अर्को नाच पनि कामुक भएकै कारण सरकारी संचार माध्यममा प्रतिबन्धित भएको थियो ।

नायिका शुष्मा कार्की को मुख्य भूमिका रहेको फिल्म ‘बिन्दास’ यही भाद्र महिनामा रिलिज गर्ने तयारी गरिएको छ। राजु गिरीले निर्देशन गरेको यस फिल्ममा शुष्मा संगै अशोक फुयाल र सुशान्त कार्कीको पनि मुख्य भुमिका रहेको छ । यस फिल्मले आधुनिक नेपाली युवायुवतीको जीवनकथालाई प्रस्तुत गर्ने बताईएको छ । यसै सन्धर्बमा तल नेपाली फिल्म क्षेत्रमा भएका बिभिन्न ब्यापारको बिश्लेषण गरिएको छ ।

bindas_poster_hot_red

‘एटिएम’को प्रोमो रिलिज काण्ड बाट "उद्योगकै घोर अपमान र बेइज्ज्त गरेको ठहर" गर्ने नेपाल चलचित्र निर्माता संघ, ‘ए ६९’ बाट परिवर्तन गरेर ९ बजे (9 o’clock) बनाउने निर्माता र ‘३ एक्स’ (3 xxx) नाम राखेर फिल्म बनाउने अर्का निर्माता बीच ठूलो विरोधाभाष देखिन्छ ।

फिल्म क्षेत्रका बिभिन्न यौन केन्द्रित ब्यापार 

शुरु शुरुमा गुनियो चोलीमा सजिएर देखिने नेपाली चेलीहरुमा नेपाली फिल्ममा अंग प्रदर्शन बिक्छ भन्ने ज्ञानका साथ साथै तिघ्राको ब्यापार शुरु भएको मान्न सकिन्छ । तिघ्राको ब्यापारलाइ ब्यवसाइक उचाइमा पुर्याउने रेखा थापा नेपाल कै नम्बर एक नायिका भएर जम्न पनि सकिन । त्यस पछिको चालु ब्यपार भनेको चुम्बनको ब्यपार हो । नायक नायिका बीच छुदा नै प्रलय हुन्छ कि जस्तो गर्ने युग बाट चुम्बनको युग सम्म आउनु भनेको नेपाली फिल्म क्षेत्रमा ठूलै क्रान्ति मान्न सकिन्छ । आजकाल चुम्बनलाइ सामान्य रुपमा लिनुका साथै नायिकाहरुमा चुम्बन गर्ने प्रतिस्पर्धा नै हुने गरेको पनि सुन्नमा आएको छ ।  त्यस पछिको चल्तीको ब्यपार भनेको छाडा बोल्ने र छाडा शब्दमा ‘बीप’ राख्ने फेसन नै भयो । छाडा डाइलगको ब्यापार फस्टाउदै गर्दा आजकल ‘बीप’को उपादेयता पनि समाप्त हुदै गरेको छनक देखिन्छ । अहिलेको चालु ब्यपार भनेको सेक्स, नांगिनु, र हल्ला खल्ला बाढी गर्नु नै रहेको छ । ती मध्ये पनि अहिलेको केन्द्रबिन्दु भनेको महिलाको बक्षस्थल रहेको छ ।

हालै नागरिक दैनिकको साप्ताहिक प्रकाशन, शुक्रबारमा, भित्री अंग छ्यांग देखिने जालिदार लुगा लगाएकी एक मोडल, दिपशिखा खड्काको फोटो छापिदा त्यो फोटो अमर्यादित भएको कुरा चलेको थियो । त्यस्तै ‘एटिएम’ फिल्मको प्रमोमा पुरुष कलाकार (दिनेश थापा)ले महिला कलाकार (जिया केसी)को बक्षस्थल समातेको दृष्य पनि अपाच्य भएको बताइएको थियो। सिधा हिसाबले ‘बिन्दास’ को पोस्टरमा नायिका शुष्माले आफ्नो बक्षस्थल अन्य कलाकारलाइ समात्न लागाएको नभएर आफैले समातेको हुनाले छाडा नभएको बताउन पनि सक्लिन तर देखिनु र देखाउन खोज्नु दुइ फरक कुरा भएको ले भिन्न मानिसले भिन्न हिसाबले यसको ब्याख्या गर्न सक्छन । यस हिसाबले अहिले फिल्म कर्मीहरु बक्षस्थल व्यपारमा लागेको बुझ्न सकिन्छ । आगामी दिनहरुमा अन्य (र समाजले शुरुमा पचाउन गाह्रो हुने) खालका ब्यपार चल्दै जाने निश्चित छ । सक्नेहरु त्यही धार समातेर अघाडी बढ्छन नसक्नेहरु छेउमा बसेर सेन्सर वोर्ड, सरकारलाइ गुहार्दै गर्छन  !

फिल्म सेन्सर नै हुनु हुदैन भन्ने एक थरी मानिस पनि नभएका होइनन तर, धेरै जसो मानिसले फिल्म सेन्सर हुनुलाइ राम्रै हिसाबले लिन्छन । तर हालका दिनमा फिल्मका सबै कुरा सेन्सरका दायरा भित्र पार्न नसकेको र फिल्म क्षेत्र आफ्नो पकड बाट फुत्कदै गएको महशुस गरेकाहरुले फिल्मको प्रोमोलाइ पनि रिलिज पूर्व सेन्सर गर्नु पर्ने कुरा उठाए । त्यस पछि स्क्रिप्ट पनि सेन्सर गर्न पर्ने नियम बनाउने कुरा पनि आयो । त्यति गर्दा पनि नभएर अब पोष्टरलाइ पनि सेन्सर गर्नु पर्ने कुरा गरिएको छ । हुन त अनौपचारिक रुपमा पोस्टर सेन्सर हुदै आएका पनि हुन (जस्तै – चपली हाइटको पोस्टर परिवर्तन गर्नु) तर औपचारिक रुपमै तेस्ता सेंसर शुरु नहोला भन्न पनि सकिदैन ।  यसरी सेन्सर गर्दै गयो भने भोलि फिल्मका हरेक पक्ष (जस्तै संगीत, फाइट, गीत, कलाकारको जात, कलाकारको भाषा, बोलीको लबज ….) लाइ सेन्सर गर्नु पर्ने दिन नाआउला भन्न सकिन्न । 

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network