महाभुकम्पको बार्षिकिमा सम्झना र सरकारि सुस्तताको बिरोध

करिब नौ हजार व्यक्तिहरुको ज्यान लिने बिक्रम संबत २०७२ सालको बैशाख १२ गते गएको भुकम्प गएको एक बर्ष बितेको छ । सो अवसरमा सो दुखद घटनामा ज्यान गुमाएकाहरुका सम्झनामा बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । तेस्ता केहि कार्यक्रमहरु निम्न भिडियोमा जम्मा गरिएका छन् । (भिडियोमा बिरोध कार्यक्रमको बारेमा उल्लेख गरिएको छैन)

बैशाख १२ गते भएका कार्यक्रमा यस्ता छन् :

  • प्रधानमन्त्रि केपि शर्मा ओलिले सुन्धारास्थित धरहरामा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पुष्पगुच्छा अर्पणका साथै एक मिनेट मौन धारण गरका थिए ।
  • बसन्तपुरमा दिउसो दिबंगतहरुको सम्झनामा बेलुनहरु उडाइएको थियो ।
  • साँझमा वसन्तपुरमा दिप प्रज्जवलन पनि गरिएको गारिएको थियो । ‘हामी उठ्ने छौं’ अभियानको आयोजनामा भएको सो दीप प्रज्जवलनमा चर्चित कलाकारहरुको पनि ठुलो उपस्थिति रहेको थियो ।
  • प्रधानमन्त्रि ओलि पुननिर्माण अभियानमा सरिक हुन सिन्धुपाल्चोक पनि पुगेका थिए भने राष्ट्रपति विद्या देवि भण्डारि भुकम्पको केन्द्रविन्दु रहेको बारपाक गएर भुकम्प स्मृति पार्कको शिलान्यास गरेकि थिइन।
  • काठमाडौंबाट शुक्रबार हिँडेको साइकल र्‍यालि पनि आइतबार बारपाक पुगेको थियो।

earthquake of 2015 remembered

पुनर्निर्माणमा भएको ढिलासुस्ति गम्भिर समस्या

 Continue reading

डरलाग्दो – भुकम्प पिडित नेपालि बालबालिकालाइ बेलायतमा बेचिंदै

नेपालमा भुकम्प पिडित बालबालिकाहरुलाइ  बेलायतका धनाड्यहरुले ‘दास’ बनाउनको लागि तस्करी गरिरहेको खुलासा। मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका बालबालिकालाइ जनहि ५,३०० पाउन्डमा बेचेर दास बनाउने गरेको त्यहाँको स्थानिय पत्रिका द सनले सार्बजनिक गरेको हो ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=v-vxQProqQQ

करिश्मा र परम शक्तिपिठले निर्माण गरेको वात्सल्या कुटि भुकम्प पिडितलाइ हस्तान्तरण

अभिनेत्रि करिश्मा मानन्धरको सह-संयोजनमा परम शक्तिपिठले धर्मस्थलिस्थित चोगाउँमा निर्माण गरेका ५० ओटा अस्थायी घरहरु भुकम्प पिडितलाइ हस्तान्तरण गरिएको छ। सोहि स्थानमा थप २५ ओटा घरहरु पनि आगामि एक हप्ता भित्र निर्माण सम्पन गर्ने बताइएको छ । यि अस्थायि घरहरुलाई ‘वात्सल्या कुटि’ नामाकरण गरिएको छ ।

अडियो रिपोर्ट :

घर हस्तान्तरण कार्यक्रममा पुगेका सुचना तथा संचारमन्त्रि मिनेन्द्र रिजाल, करिश्मा लगायत एक दर्जन भन्दा बढि कलाकार, परम शक्तिपिठका अधिकारिसंगै  अधिष्ठात्रि परम्पुज्या दिदि माँ साध्वि ऋतंभरालाइ स्थानियहरुले बाजागाजाका साथ माला र अबिर लगाएर स्वागत गरेका थिए।

 Continue reading

नेपालमा ५ रेक्टरको भूकम्प

आज भाद्र ७ गते बेलुका १०:१५ बजे नेपालमा ५ रेक्टरको भूकम्प गएको छ । अमेरिकी जियोलोजीकल सर्भे वेबसाइट USGS का अनुसार भूकम्पको इपिसेन्टर प्युठानबाट ४९किलोमिटर र दाङको तुलसीपुरबाट ५६ किमी उत्तरपूर्ब रहेको छ ।

पश्चिमी जिल्लाहरुमा मा भूकम्प को झट्का महसुस गरिएको समाचार आए पनि काठमाण्डौं लगायत पुर्बिय जिल्लाहरुमा झड्का महसुस नगरिएको बताइन्छ ।

earthquake_details

 Continue reading