गुण्डा नाइके पक्राउ, कति दिनमा छुटलान, अन्दाज गर्नुहोस

राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारी निकट मानिने गुन्डा नाइके विश्वक्रान्ति सिंहलाइ ललितपुर प्रहरिले पक्राउ गरेको छ। सिंहलाइ एउटा सट गन, राइफल र १५७ राउन्ड गोलिसहित पक्राउ गरिएको हो। हेटौंडा घर भएका सिंह ले प्रहरिलाइ घुस दिन मध्यस्कर्ताको भुमिका खेलेको भन्दै अख्तियारले पक्राउ गरेको भए पनि उनलाइ त्यसको केहि समय पछि नै छोडिएको थियो। प्रहरिका अनुसार सिंह यस अघि धेरै पटक हातहतियार सहित जेल परिसकेका थिए ।

भिडियो रिपोर्ट

यसअघि प्रहरीको मुठभेडमा गुण्डा नाइकेहरु चरि भनिने दिनेश अधिकारि र घैंटे भनिने कुमार श्रेष्ठ प्रहरि मारिएका थिए। देशका प्रमुख दुइ पार्टिको संरक्षण प्राप्त चरि (नेकपा एमाले) र घैंटे (नेपालि कांग्रेस) पक्राउ पर्ने बित्तिकै नेताहरुको दवावमा छुट्थे ।

 Continue reading

गुन्डा नाइके कुमार घैँटेको शव ७५ दिनदेखि अस्पतालमा श्रीमती पिंकीको दाहासंस्कार प्रयासमा अबरोध

दुइ नेपालि पत्रिका – नयाँ पत्रिका दैनिक र युनाईटेड पोष्ट साप्ताहिकमा दुइ महिना अघि प्रहरिको मुठभेडमा मारिएका गुण्डा कुमार घैँटे (कुमार श्रेष्ठ) को शवको बिषयमा फरक खालका रिपोर्ट प्रकाशित भएका छन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=1sSwtYpzED4

गत भदौ ३ मा रानिबारिस्थित आफ्नै घर अगाडि मुठभेडमा घैँटेको मृत्यु भएको थियो । घैँटेका आफन्तले प्रहरिले नियोजित रूपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरिले भने उनले प्रहरिमाथि आक्रमण गरेपछि जवाफि फायरिङमा मृत्यु भएको बताएको थियो । घैँटेका आफन्त तथा केही कांग्रेस सभासद्ले घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगलाई दबाब दिँदै आएका छन् ।

शवको पोस्टमार्टम

मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा शिक्षण अस्पतालका विशेषज्ञ डा. हरिहर वस्तिको नेतृत्वमा शवको पोस्टमार्टम पनि भएको थियो । तर, यस्तो घटनाको पोस्टमार्टम रिपोर्टमा मुठभेडमा मृत्यु भएको वा नियन्त्रणमा लिएर गोलि हानेको प्रस्ट प्रमाणहरू औँल्याउन गाह्रो हुने हुनाले यसै भएको भनेर भन्न मिल्ने अबस्था छैन ।

KUMAR GHAITE DON3

मानवअधिकार आयोगले कमिटि गठन गरेर छानबिन अगाडि बढाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्ने भनेर परिवारले भनेको हुनाले हालसम्म घैँटेको शव शिक्षण अस्पतालमै छ ।

 Continue reading