नेपाल बन्ने होइन, बच्ने हो कि होइन – ज्ञानेन्द्रको चिन्ताका ४ प्रमुख बुँदाहरु

(भिडियो केहि समयमा तयार हुने छ ।)
नेपाल बन्ने होइन, बच्ने हो कि होइन भनेर पुर्व राजा ज्ञानेन्द्रको चिन्ता ब्यक्त गरेका छन् पृथ्विनारायण शाहको जन्मदिनको अवसर पारेर जारि गरेको एक बक्तव्यमा । उनले देशका नेता र सरकार प्रति गम्भिर आरोपहरु पनि लगाएका छन्। उनले नेपालमा “नेपालि जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहि आएको” दावि पनि गरेका छन

उनको विज्ञप्तिका चार प्रमुख बुँदा यस प्रकार छन :

– नारायणहिटि राजदरवार छोडेको एक दशक पनि नबित्दै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ताजनक घडिमा आइपुगेको ।

– नेपालि जनताको इच्छा नै राजइच्छा हुने परम्परा रहि आएको हुनाले तत्कालिक परिस्थिति अनुसार नारायणहिटि राजदरवारबाट बाहिरिएको हो तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारिबाट पन्छिएको होइन ।

– भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधारहरू भत्काउने प्रयास भइरहेको।जनताको एकता बिथोल्ने, देशको सार्वभौमसत्ता कमजोर पार्ने, राज्य संयन्त्रहरूलाइ दुर्बल तुल्याउने, भौगोलिक एवं क्षेत्रिय अखण्डतामाथि प्रहार गर्ने कार्य भइरहेको। देशलाइ कसैको क्रिडास्थल हुन दिइनु हुँदैन ।

– नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालिबिचको एकतालाइ जिवन्त र स्थायि बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालिलाई राष्ट्रिय झण्डामुनि गोलवद्ध हुन आह्वान।

ज्ञानेन्द्रका पछिल्ला क्रियाकलापले उनि राजनितिमा सक्रिय हुन खोजेको प्रष्ट देखिन्छ् । बर्षको शुरु देखि नै उनले बिभिन्न अवसरको मौका छोपेर विज्ञप्तिहरु निकाल्न थालेका थिए । नयाँ बर्षको अवसरमा र दशैंको अवसरमा पनि उनले राजनितिक कुराहरु समावेश विज्ञप्तिहरु निकालेका थिए। तेस्तै, उनले बनकालिमा आयोजित एक धार्मिक कार्यक्रममा बिद्रोह हुन सक्ने चेतावनि समेत दिएका थिए (भिडियो हेर्नुहोस) ।

उनले पुस ६ गते भने कुनै अवसर नभए पनि यस्तै खालको विज्ञप्ति जारी गर्दै राष्ट्रलाई कमजोर पार्ने र राष्ट्रिय गौरव मेट्ने कार्य भइ रहेको आरोप लगाएका थिए। अचानक र कुनै सन्धर्व नभइ निकालिएको सो विज्ञप्ति को बिरोध हुनुको साथै सो विज्ञप्तिपछि मन्त्रिपरिषद्को बैठकमा दरबार हत्याकान्डको पुनः छानबिन गर्नेबारे समेत छलफल गरेको थियो।

सरकार आत्तिएको बारेमा :


 Continue reading

पुर्व मुमा बडामहारानि रत्न अस्पताल भर्ना, राजपरिवारका सदस्य अस्पतालमा

पुर्व मुमा बडामहारानि रत्न राज्यलक्ष्मिदेवि शाहलाइ शारिरिक अस्वस्थताका कारण बिहिबार नर्भिक अस्पतालमा भर्ना गरिएको छ।

रिपोर्ट

सारांशमा:

  • रत्नको आन्द्रामा समस्या देखिएकोले अस्पतालमा राखेर उपचार शुरु गरिएको हो ।
  • डा. मधु घिमिरेले रत्नको स्वास्थ्य परिक्षण गरिरहेका छन्।
  • हस्पिटल पुर्याउँदा ज्ञानेन्द्र, कोमल, पुर्व युवराज्ञि हिमानिलगायत पुर्वराजपरिएवारका सदस्यहरु उपस्थित थिए ।
  • विकिपिडिया अनुसार रत्न अहिले ८७ बर्षकि भइन ।
  • रत्न तत्कालिन राजा महेन्द्रकि कान्छि श्रिमति हुन ।
  • महेन्द्रले रत्नकि दिदि इन्दिरा राज्य लक्ष्मिसंग बिवाह गरेका थिए ।
  • तिन छोरा (बिरेन्द्र, ज्ञानेन्द्र र धिरेन्द्र) र तिन छोरिकि आमा इन्दिराको निधन भएको दुइ बर्ष पछि महेन्द्रले बहिनि रत्नसंग बिवाह गरेका थिए ।
  • रत्नले दिदिका छोरा छोरिकै हेरचाह गरेर बसिन ।
  • रत्नका आफ्ना कुनै सन्तानलाइ छैनन ।
  • दरवार हत्याकाण्डको बेला रत्न हेलेन शाहको कोठामा बसिरहेकि हुनाले बच्न सफल भएकि थिइन ।
  • राजसंस्थाको अन्त्य पछि अरु सबै राज परिवारका सदस्यलाइ नारायणहिटि दरवारबाट हटाइए पनि रत्नलाइ भने मह्नेन्द्र मन्जिलमा बस्न दिइएको थियो ।

महेन्द्र र रत्नको फोटो सन १९५५ मा राज्यारोहण समारोह पछि खिचिएको  :
 Continue reading

ज्ञानेन्द्रको नयाँ बर्ष २०७३ शुभकामना संदेशमा के छ ?

१० वर्ष अघि राजगद्दि छोड्न बाध्य बनाइएका पुर्व राजा ज्ञानेन्द्रले २०७३ सालको शुभकामना यस अघि भन्दा अलि भिन्न ढंगले दिएका छन्। उनको शुभकामना संदेश संग पठाइएको पारिवारिक फोटोमा पुर्वयुवराज पारस र हिमानि का साथै उनीहरुका तिन सन्तान पनि देखिएका छन्।

भिडियो रिपोर्ट

ग्यानेन्द्रले दिएको शुभकामना संदेशमा देश विदेशमा रहेका सबै नेपालिहरुमा सुख, शान्ति, समुन्नतिको लागि कामना गरेका छन् ।
शुभकामना संदेशको पुर्ण पाठ (दिर्घलाई ह्रस्व नबनाइ, जस्ताको तस्तै)

 Continue reading

पुर्वराजा ज्ञानेन्द्रले दरबार छाडे पनि घरबार नछाडेको बताए

पुर्वराजा ज्ञानेन्द्र शाहले दरबार छाडे पनि घरबार भने नछाडेको बताएका छन् । पृथ्वि जयन्तिको अवसरमा आइतबार एक वक्तव्य जारि गर्दै उनले राष्ट्रहित, राष्ट्रवासिको सुख, समृद्धि र आत्मिय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई नै सुम्पेर आफुले दरबार छाडेको उल्लेख गरेका छन् ।

भिडियो रिपोर्ट:

नेपालि जनतालाइ अहिले साँझबिहान छान टार्न र जिवन धान्न पनि धौ–धौ परिरहेको भन्दै उनले चिन्ता पनि ब्यक्त गरेका छन् ।

पुरा बक्तब्य पढ्नुहोस:

 Continue reading

ज्ञानेन्द्रको स्वागतको लागि निस्फिक्री खर्च, दलको बिरोध

पूर्व राजा ज्ञानेन्द्र पश्चिमाञ्चलका विभिन्न जिल्लाको भ्रमणमा निस्के पछि  राप्रपा समेत सम्मिलित १० राजनीतिक दलले यसको बिरोध गरेका छन् । एकीकृत नेकपा माओवादी, कांग्रेस, एमाले, नेकपा माओवादी, राप्रपा, माले लगायत १० दलले ज्ञानेन्द्रको राजतन्त्र बिउताउने षडयन्त्रको शुरुवात भन्दै बिभिन्न बिरोध कार्यक्रम गर्ने भएका छन् ।

gyanendra_greentin_local_pokhara_visit (5)

पूर्व राजा ज्ञानेन्द्र का गन्तव्यमा बिभिन्न धार्मिक र पर्यटकीय क्षेत्र भए पनि उनको मुख्य उद्देश्य शक्ति प्रदर्शन नै भएको बुझ्न गाह्रो छैन ।

औपचारिक रुपमा पुष्टि हुन नसके पनि अनौपचारिक रुपमा पूर्व राजा ज्ञानेन्द्रको गण्डकी – धौलागिरी भ्रमणको अनुमानित खर्च ५ करोड सम्म हुन सक्ने बताइन्छ ।

 Continue reading

ज्ञानेन्द्रको पोखरा भ्रमणका केही झलक

अपडेटअरु फोटोको साथ साथै भ्रमणको खर्च बिबरण यहाँ राखिएको छ ।

कोत्रे देखी करिब १५०० मोटारबाईकको स्कटिङका साथ पोखरा पुगेका पूर्बराजा ज्ञानेन्द्रलाइ पोखरामा स्वागतको लागि गरिएको मोटरसाइकल र्यालीको एक झलक:

motor_cycle_rally_ex_king_gyanendra_pokhara_visit (2)

पोखराका सिडियो ज्ञानेन्द्रको सुरक्षाको जिम्मा लिन नसक्ने बताए पछि भ्रमण आयोजक समितिले नै सुरक्षाको सम्पूर्ण व्यवस्था गर्ने बताएको थियो।

Welcome_rally_ex_king_gyanendra_pokhara_visit (6)

मोटरबाटोबाट पोखरा जाने क्रममा पोखरा नपुग्दै राजमार्ग वीच-बीचमा पनि बिभिन्न स्वागत अभीवादनका कार्यक्रम भएका थिए। निम्न फोटो धादिंगको कार्यक्रममा खिचीएको हो:

 Continue reading

पूर्व राजा ज्ञानेन्द्रको ‘गोप्य’ युरोप भ्रमण

पूर्व राजा ज्ञानेन्द्र युरोपको लागि प्रस्तान गर्नु अघि सम्म उनको यो भ्रमण गोप्य नै राखिएको थियो । निम्न फोटोमा ज्ञानेन्द्र र कोमल कतार एयरको जहाज भित्र बसिरहेको देखिन्छ ।

gyanendra_shah_komal_shah_qatar_air

ज्ञानेन्द्र करिब १४ जनाको पारिवारिक टोली लिएर युरोप भ्रमणमा निस्किएका हुन । फ्रान्सको चार्ल्स द गोल बिमानस्थलमा ओर्लिएका पूर्वराजाको पारिबारिक टोली कहाँ बस्छ भन्ने कुरा पनि गोप्य नै राखिएको छ । फ्रान्सको बिमानस्थलमा केही राजाबादीहरुले फूलगुच्छा लिएर स्वागत गर्न बसेको पनि बताइन्छ।

सबै कुरा गोप्य राखिएको हुनाले उनको युरोप भ्रमणको कारण अनुमान मात्र गर्न सकिन्छ, जस्तै: पारिवारिक समस्याबाट केही समयको लागि छुटकारा,  अथबा बिदेशी नेताहरुलाई भेटेर राजनीतिक शक्ति देखाउने प्रयास, अथबा कोमलको गत दराबर हत्याकाण्डमा लागेको गोलीको छर्राको उपचार, अथबा ज्ञानेन्द्रको ब्यपारिक सम्झौता; जे पनि हुन सक्छ ।

पारिवारिक समस्या

राजनीतिकका साथ साथै ज्ञानेन्द्रलाइ पारिवारिक समस्याले पनि पिरोलेको बताइन्छ । यस्ता केही समस्या निम्न छन:

  • ज्ञानेन्द्रकी छोरी दिलासाको हालै राजबहादुर सिं सित सम्बन्ध बिच्छेद भएको थियो ।  यसले ज्ञानेद्रलाइ चिन्तित तुल्याएको अनुमान गर्न गाह्रो छैन ।
  • उनको छोरा पारस पनि बाबुको राजतन्त्र गुमे पछि बुहारी हिमानी र छोरा छोरीलाई नेपालमै छोडेर राखेर थाइल्याण्डमा बस्न थालेका हुन ।  उनी आजकाल नेपालमा रहेको परिबारसंग सम्पर्कमा आउन नचाहने गरेको पनि बताइन्छ ।
  • धेरैले राजतन्त्र गुम्नुमा ज्ञानेन्द्रलाई दोषी देख्दा उनलाई थप पीडा हुने गरेको पनि बताइन्छ ।

अहिले सम्म प्राप्त जानकारी अनुसार उनी पेरिसमा दुइ हप्ता बस्ने छन् ।

ज्ञानेन्द्र १७ साल फर्काउने आशामा

पुर्व राजा ज्ञानेन्द्रले भैरहवामा एक पत्रकार सम्मेलन गरि राजसंस्था शक्तिको साथ उदाउने बताएका छन् ।  ज्ञानेन्द्रले भने, "जनताकै चाहनाअनुसार राजसंस्था हटेको हो, जनताले चाहे भने फेरि राजसंस्था पुर्नस्थापित हुनसक्छ, तर म राजनीतिमा भने संलग्न हुन्न"। हालको राजनीतिक संकटका कारण जनता नयाँ शक्तिको खोजीमा रहेको बुझेका ज्ञानेन्द्रले जनताले चाहेमा आफू त्यो "नयाँ शक्ति"को नेतृत्व गर्न तयार रहेको पनि बताएका छन् ।

२००७ सालमा आएको प्रजातन्त्र संस्थागत हुन नसक्नुको कारणलाई प्रयोग गर्दै तत्कालिन राजा महेन्द्रले पंचायती व्यवस्थाको सुत्रपात गरेको जस्तै उनका छोरा ज्ञानेन्द्रको यो पत्रकार भेटघाटलाइ धेरैले धमिलो पानीमा माछा मार्ने प्रयासको रुपमा बुझेका छन् ।

ज्ञानेन्द्रले आज पहिलो पटक माओवादी र ७ राजनीतिक दलबीच १२ बुँदे सहमति भएकोबेलामा राजसंस्थासँग पनि एक लिखित सहमति भएको दावी गरेका छन् । उनले आबश्यकता महशुस भएको बेलामा सो सहमति सार्बजनिक गर्न पनि आफू तयार रहेको बताउने ज्ञानेन्द्रले अहिले सम्म सो सहमतिको बारेमा जनतालाई नबताउनु र अहिलेनै सो बारेमा बोल्नु पर्नुको परेको कारण भने बताएनन । जनताको राजनीतिप्रति देखिएको वितृष्णाको बारेमा चर्चा गर्दै ज्ञानेन्द्रले जनतालाई निराश हुन नदिने पनि बताएका छन् ।

यस अघि राजा निकट समाचार माध्यमहरुले बुटवलमा पूर्वराजा ज्ञानेन्द्रको स्वागत गर्न राप्रपा लगायत  नेपाली काङ्रेस, नेकपा एमाले,  नेकपा माओवादी र मधेशवादी दलहरुका कार्यकर्ताहरुको समेत ब्यापक सहभागिता रहेको बताएका थिए ।

gyanendra_in_crowd_butwal_rupendehi

प्रजातन्त्र दिवसको बिबाद

नेपालमा प्रजातन्त्र पटक पटक आएको छ,
अन्तै कतै गएको थाहा नभए पनि
प्रजातन्त्र यहीं छ भन्नेमा अझै शंका छ ।

तत्कालिन राजा त्रिभुवनको नेतृत्वमा एकतन्त्रीय राणा शासनविरुद्धको क्रान्ति सफल भई २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भए मानिन्छ ।  ६१ बर्ष पुरानो यस क्रान्तिले जनतालाई भन्दा पनि राजालाई राणा शासनबाट छुटकारा मिलेको धेरैको बिस्लेशण छ । यही कारणले होला, यस पटक सरकाले प्रजातन्त्र दिवस कार्यक्रमको आयोजना नगर्ने निर्णय गरेको छ ।

तर, नेपाली कांग्रेसका संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रजातन्त्र दिवस नमनाउने ‘लोकतन्त्रविरोधी’ भनेर भनेका छन् भने, एमाले अध्यक्ष झलनाथ खनालले पनि सरकारको प्रजातन्त्र दिवस नमनाउने निर्णयको विरोध गरेका रहेछन । यो भन्दा अघिका सरकारले प्रजातन्त्र दिवस मनाउन टुडिंखेलमा विशेष कार्यक्रमको आयोजना गर्दै आएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक बक्तब्य निकालेर, ‘मुलुक स्वतन्त्र नरहे प्रजातन्त्रको अस्तित्व रहँदैन, प्रजातन्त्र नभए जनताका अधिकार कुन्ठित हुन्छ र राष्ट्रियताको जरो जर्जर हुन्छ’ भनेका छन् ।

२०४६ सालमा भएको अर्को ठूलो आन्दोलनले बहुदलीय बयाबस्थाको सुनिश्चित गर्नुले नयाँ प्रजातन्त्र आएको बताइएको थियो । तर, देशको अबस्था झनझन बिग्रनु, माओबादी आन्दोलन चर्कदै जाँदा राजालाइ फालेर नयाँ शाशन व्यवस्थाको शुरुआत गरियो । इतिहासका यी कुनै पनि घटनाको कारणले जनताले राहत महशुस गरेका छैनन भने प्रजातन्त्र दिवस, लोकतन्त्र दिवस, या गणतन्त्र दिवस भनेर मनाउनुको कुनै औचित्य रहदैन ।

सरकारले प्रजातन्त्र दिवस कार्यक्रमको आयोजना नगर्ने भनेर नेताहरुको टाउको दुखे पनि, इमेज समाचारले भने "टुडिखेलमा एक बिशेष कार्यक्रम" हुने ठोकुवा गरेको छ। आजको पत्रकारिताका सजिलो छैन भन्ने कुरा दिन दिनै पुष्टि हुदै गइरहेको जस्तो लाग्न थालेको छ मलाइ आजकाल !

image_channel_news