मोटरसाइकलको इन्जिनबाट हेलिकप्टर

औपचारिक रुपमा ४ कक्षासम्म मात्र पढेका बर्ष २६का अनिल गौतमले घरेलु रुपमै हेलिकप्टर बनाएर सबैलाई अचम्मित पारिदिएका छन।  हाल हेलिकप्टर उडानको अनुमतिको प्रतिक्षामा रहेका अनिलले "त्रिलोक एयर" नाम दिएको हेलिकप्टरमा चालक बाहेक २ जना बस्न मिल्छ ।

काठमाडौंको नीलोपुलमा एउटा फर्निचर उद्योग सञ्चालन गरेर जीविकोपार्जन गर्ने अनिलको स्थायी घर बुटवल हो । अनिलले हेलिकप्टर बनाउन २२० सीसी पल्सर मोटरसाइकलको इन्जिनलाइ प्रयोग गरेर १८ महिना लगाएर बनाएका हुन रे । 

helicoptor_handmand

फर्निचरका सामान प्रयोग गरेर बनाएको यस हेलिकप्टर उडानको लागि कतिसम्म सुरक्षित छ भन्ने कुरा सम्बन्धित निकायहरुले चाँडो जाँच गरेर उडाउन दिने नदिने निर्क्योल गर्नु आबश्यक छ । जानकारहरुका अनुसार मोटरसाइकलको २०० सिसीको इन्जिनले हेलिकप्टर बन्ने सम्भाबना अति नै न्यून हुन्छ । अझ फर्निचरका काठका सामाग्री पर्योग गरेर बनाइएको यातायातको साधन फर्निचर जस्तै एक ठाउँमा राख्न मात्र उपयुक्त हुने जानकारहरु बताउछन । त्यसमाथि एरोडाइनामिकको सामान्य ज्ञान पनि नभएको मानिसबाट हेलिकप्टरको निर्माण आफैमा शंकास्पद मान्न सकिन्छ ।

केहि समय अघाडी यस्तैखालको ‘डाँफे’ यानको निर्माण भएको समाचार आए पनि पछि तेतिकै हराएर गए जस्तै यो नयाँ प्रयोग पनि हराएर नजाओस, हाम्रो शुभकामना !

गाइको दुध चढाउन हेलिकप्टर

स्वामि कमल नयन आचार्य नाम गरेका एक बाबा हेलिकप्टर चढेर दुध चडाउदै हिडेको छन् रे । उनको देबघाट देखि रिडि हुँदै मुक्तिनाथसम्म कालिगण्डकिमा गाइको दुध चढाउने कार्यक्रम अनुसार गत चैत्र १८ गते हेलिकप्टर चढेर रिडि पुगेका बाबाले करुवा बाट गाइको दुध कालि गण्डकिमा खन्याएर त्यहाँको ऋशिकेश मन्दिरको दर्शन गरेका थिए । उपस्थित स्थानिय जनसमुदाय लाइ सम्बोधन गर्न समेत भ्याएका स्वामिको रिडि बसाइ भने  झन्डै १५ मिनेटको जतिको मात्रै थियो । स्वामि कमल नयन आचार्य रिडि बसाइ पछि मुक्तिनाथ तर्फ लागेका थिए ।

Kamal_Nayan_acharya_Swami

बाग्लुंगको डन्डेश्वर लहरेपिपल-६ मा सन १९६६ मा जन्मेका मुरलिमोहन गोपाल गोरक्ष पछि स्वामि कमल नयन आचार्यको नामले प्रसिद्ध भएका हुन । अखण्ड ज्योति बाबा स्वामि श्रिजि नाम गरेको ट्रस्ट संचालन गरिरहेका यि स्वामिले ट्रस्टमा जम्मा भएको पैसाबाट बाटो घाटो, धर्मशाला आदि निर्माण पनि गर्ने गरेका छन् ।  त्यसका साथै, श्रि मुक्तिनाथ बेद ब्रिध्दाश्रम पनि संचालन गरिरेहेको सो ट्रस्टबाट राम्रै कमाइ हुने स्वामिको बैभब बाट बुझ्न सकिन्छ । (जन्मस्थानको बारेमा पाठक् गोकुलको कमेन्ट पनि हेर्नुहोला)

गाइको दुध चढाउन हेलिकप्टर चढने यि स्वामिको चर्तिकला हेर्नुहोस : (फोटो क्रेडिट – रुरु नेटवर्क)

Swami_helicoptor_kali_gandaki (4)

 Continue reading