धर्म प्रचारका नाममा हेटौडामा भ्रमको खेती

अन्धोले देख्नेछ, लंगडो हिड्नेछ, कुस्टरोगी निको हुनेछ, बहिरोले सुन्नेछ !

हेटौडाको हुप्रा चौरमा हुन गइरहेको चंगाइ महोत्सबको नाममा धर्मको प्रचार गर्न  यस्तो नचाहिने कुरा गरेर मानिसहरुलाई उल्लु बनाइ रहेका छन् ।

changai_mahotsav_making_fool_of_people_hetuda

नि:शुल्क प्रबेश भनेर जनाइएको यो महोत्सबमा अन्धोले देखेन, लाटोले बोल्न सकेन र लंगडो हिडेन भने जिम्मेबार को हुने ? के प्रचारक भनेर भनिएका डेबिड डी भोस ले यसको जिम्मेबारी लिन्छन त ? अथबा स्थानीय प्रशासनले उनलाई समाजमा झुठोकुरा फैलाएको आरोपमा समात्ला त ?

यो कुराको उत्तर त फाल्गुण १७ देखि २१ गते सम्म हुने कार्यक्रममा नै थाहा होला ।

नि:शुल्क प्रबेश पाइने सो महोत्सबमा खर्च चाहिँ निस्फिक्री भएको अनुमान गर्न सकिन्छ । सुदुर पश्चिममा भइरहेको छैठौं राष्ट्रिय खेलकुद भन्दा पनि यो महोत्सबको तयारि भब्य छ जस्तो छ । नपत्याए तलको गेट र प्रचार सामाग्री हेर्नु होस ।

 Continue reading

आजको पत्रकारिताका साच्चै सजिलो छैन !

आजको युगमा हिजोको युगमा जस्तो गरेर पत्रकारिता गर्न सकिदैन भन्ने कुरा आज फेरी कान्तिपुरले पुस्टि गरेको छ । हिजो शुक्रबार मात्र यसको एक भागका संयोजकले "न्युयोर्क टाइम्स, द टेलिग्राफ लागाएतका स्रोतबाट प्रबिधी सूचनामात्र लिएको नभई त्यहाँको प्रकाशित सामाग्रीलाइ आफ्नै जस्तो बनाएर छापेको" भनेर माफी मागेको भोलिपल्ट नै सामाजिक संजाल, फेसबुकमा चलेको हल्लालाइ आधार बनाएर एउटा समाचार छापेको रहेछ । केही समय अघाडी, बलिवुड अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको भनी टेलिभिजन र पत्रिकामा समाचार आएको थियो – एउटा मनोज गजुरेलको व्यङ्ग्य हसाउनको लागि बनाएको प्रसंगलाई आधार मानेर ।

the_kantipur_times_graph

आजको २ दशक अघि (२०४७ साल फाल्गुन ७ मा) स्थापना भएको कान्तिपुर दैनिकको लामो समय नेपालमा पत्रकारिताको अनुभब र दक्षता छ । यसमा काम गर्ने पत्रकारहरुमा पनि पत्रकारिताको लामो अनुभब र प्रभाब देख्न सकिन्छ । तेसैले त, "पाठकले सल्लाह दिन पाउछन तर, धाकै सही, पत्रकार ज्ञाता/बिशेषज्ञ हुन, डाक्टरलाई बिरामीको उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ," भनेर धाक लागाएका थिए, भलै त्यो सुन्दा, स्थापित पत्रकारहरुमा नागरिक पत्रकारिताको महत्वको बारेमा ज्ञान नभएको भान परेको थियो ।

twitter_comment_wagle

कान्तिपुरको मात्र कुरा गरे पनि यो एउटा पत्रिका वा एउटा पत्रकारको कुरा होइन । सबै पत्रिका र पत्रकारमा समय अनुसार परिवर्तन हुन नसक्ने रोग लागेको पक्का हो । २०४७ (फेबुअरी १९९१) सालमा कान्तिपुरले पत्रकारिता शुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । त्यो बेलामा गल्ती भए पनि धेरैलाई थाहा हुन्थेन भने थाहा पाउने एक दुइजनाले पनि गल्तीको बारेमा अरुलाई बताउने माध्यम थिएन । तेसैले  त्यो बेला "ज्ञाता/बिशेषज्ञ" भनेर फुर्ती लगाउन जति पनि मिल्थ्यो ।

तर, अहिले समय धेरै परिवर्तन भइ सकेको छ । अहिले जो कोहीले पनि कुनै एउटा सानो बिषयमा कुनै पनि बिशेषज्ञ भन्दा बढी जानकारी बटुल्न सक्छ । जस्तै, रहर लागेको खण्डमा, कुनै बिरामीले रोगको लक्षणको आधारमा इन्टरनेटमा खोजेर आफुलाई के रोग लागेको हो र उपचारको लागि कुन औषधी खानु पर्छ भनेर पत्ता लगाउन सक्छ । यसरी खोज्दा डाक्टरले जानेको भन्दा पनि नयाँ र बढी प्रभाबकारी औषधीको बारेमा पत्ता लागाउने सक्ने सम्भाबना पनि उत्तिकै हुन्छ ।  तर, यती हुदैमा बिरामीले डाक्टरले भन्दा बढी जान्ने भएँ भनेर फुर्ती लगाउन मिल्दैन र डाक्टरले पनि बिरामीलाई केहि थाहा छैन भनेर अनुमान लगाउन मिल्दैन । यो नयाँ युगमा दुवै पक्षले एक अर्काको सम्मान गरेर आ-आफ्नो क्षेत्रमा इमान्दारिता पूर्बक लाग्नुको विकल्प छैन ।

 Continue reading