मिस नेपाल १९९७ झरनाले यहि चैत्र २८ गते शनिवार मलेशिया स्थित टुंग शिन हस्पिटलमा स्वस्थ छोरा पाइन । अघिल्लो दिन राति मिस नेपाल २०१६ को संस्करणमा अश्मि श्रेष्ठ चुनिएको युट्युवमा प्रत्यक्ष प्रशारण हेरेकि झरनाले भोलिपल्ट बिहानै छोरालाइ जन्म दिएकि हुन ।
भिडियो रिपोर्ट:
झरनाको छोरा नाम इशान राखिएको छ भने जन्मदाको तौल ३,३१० ग्राम छ।
माल्भिका सुब्बा ले आमा बन्ने घोषणा गरेको केहि दिनमा नै अर्कि मिस नेपाल, झरना बज्रचार्यले पनि आफु आमा बन्न लागेको घोषणा गरे पछि मलाइ अहिले मिस नेपालहरुको आमा बन्ने बेला पो रहेछ कि जस्तो लागेको छ ।
माल्भिकाले जस्तै झरनाले पनि फोटो बाँड्ने इन्स्ट्राग्राममा पोष्ट गरेको फोटोमा उनि यहि अप्रिल १४ अर्थात चैत्र २७ गते आमा हुने देखिएको छ । उनले अंग्रेजिमा आमा बन्न लाग्दाको क्षण उनिहरुको लागि सबै भन्दा धेरै उत्सुकताको क्षण भएको बताएकि छिन ।
भिडियो रिपोर्ट :
झरना बज्राचार्य मिस नेपाल १९९७ हुन । उनले मलेशियन नागरिक राहुल अग्रवालसंग एक वर्ष पहिले २०७१ सालको साल फाल्गुण २१ गते विवाह गरेर मलेशिया बसाइ सरेकि ।
झरनालाई सुखद मातृत्वको लागि मेरो धेरै धेरै शुभकामना |
हामीले चिनेजानेका कलाकारहरु आफ्नो बालककालमा कस्ता थिए होलान ? आज मा तपाईहरुको कौतुहल मेटाउने प्रयास गर्दैछु, १३ जना फिल्म कलाकारहरुको बाल्यकालको फोटोको बारेमा यो रिपोर्ट बाट (हेर्नुहोस भिडियो) :
राजेश हमाल
नेपालि चलचित्र क्षेत्रका महानायक राजेश हमाल सानै देखि हेन्डसम हुन । उनका बच्चा बेला देखिका फोटो हेर्दा लामो कपाल पाल्ने रहर सानै देखि भएको बुझ्न सकिन्छ। सयौँ चलचित्रमा अभिनय गरी, दर्शकको मन जितेका हमालको जन्म सन् १९६४ मा पाल्पामा भएको हो । चन्डिगढ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा मास्टर डिग्री गरेका राजेश नेपालि चलचित्र क्षेत्रमा पढेलेखेका कलाकार मध्येका एक हुन । राजेशहमालका बाल्यकालका फोटोको बारेमा अंग्रेजि ब्लगमा पनि चर्चा गरेको छु ।
जल शाह
एक जमानाकि चर्चित अभिनेत्रि जल शाह अहिले यस क्षेत्रबाट पलायन भए पनि उनको अभिनय कौशल पुराना फिल्म मा देख्न सकिन्छ । सन् १९८२ मा जन्मेकी जलले धार्मिक चलचित्र “श्रि स्वस्थानि”बाट अभिनय यात्रा सुरु गरेकि हुन् । ब्यापारिक हिसाबको फिल्ममा उनको पहिलो फिल्म “अवतार” थियो जसमा उनले १४ बर्षको उमेरमा अभिनय गरेकि थिइन ।
मनिषा कोईराला
बलिउडकि चर्चित अभिनेत्रि मनिषा सुन्दर शारिरिक बनावट र कुशल अभिनयका कारण भएकि हुन । नेपालि चलचित्र “फेरी भेटौँला”बाट आफ्नो अभिनय यात्रा सुरु गरेकि मनिषा नेपालको कोइराला खानदानकि सदस्य र बिपि र गिरिजाकि नातिनि हुन । उनको पहिलो बलिउड चलचित्र चाँही “सौदागर” हो ।ओभेरियन क्यान्सर लागेर सन्चो भएकि मनिषा अब फेरि फिल्म क्षेत्रमा फर्कने सुरमा छिन ।