नेपाल एयरलाइन्सको जहाज मुस्ताङमा दुर्घटनाग्रस्त

पोखराबाट जोमसोम आइपुगेको नेपाल एयरलाइन्सको ट्विनअटर जहाज आज बिहान बिहान सवा ८ बजे बिमानस्थलमा बाट नजिकै दुर्घटनाग्रस्त भएको छ । विमानस्थलमा ल्यान्ड गरेको बिमान नरोकिएर नजिकै रहेको काली गण्डकीको बगरमा खस्न पुगेको कारण बिमानमा रहेका १८ जना मध्ये ७ जना घाइते भएको प्रारम्भिक प्रतिबेदन प्राप्त भएको छ । अहिले सबैको सकुसल उद्दार भइ सकेको समाचार छ ।

१८ जनामा ८ जना जापानिज र १० जना नेपाली नागरिक भएको पनि जानकारीमा आएको छ ।

mustana plane crash 1

नागरिकले मुस्ताङका प्रहरी नायव उपरीक्षक बसन्त रन्जितकारलाई उद्घृत गर्दै जनाए अनुसार सो दुर्घटनामा पाइलट सहित अन्य सात जना गम्भीर घाईते भएका छन्। घाइते हुनेमा क्याप्टेन दीपेन्द्र प्रधान, को-पाइलट सुरेश के.सी, एयरहोसटेज शान्तमाया तामाङ, जापानी नागरिक खाओदेश साचियो, फिरता एचआवा, र नेपाली नागरिक गोविन्द पहाडी रहेका छन् ।

mustang plane crash  (1)

mustang plane crash  (2)

mustang plane crash  (3)

फोटो – आनन्द सुबेदी

पोखरामा फेरी अर्को बिपत्ति – अग्नि एअरको विमान दुर्घटना

Agni-Airभर्खरै हिउपहिरो र बाढीको बिपत्तिको घाउ नापुरिदै पोखराबाट मुस्ताङको जोमसोमको लागि उडेको अग्नि एअरको बिमान दुर्घटना भएको छ । जोमसोम विमानस्थलमा ल्याण्ड गर्ने तयारीमा रहेको बिमान बिमानस्थल नजिकैको डाँडामा ठोक्किएर दुर्घटना भएको हो। नागरिक न्युजका अनुसार सो बिमानमा रहेका २१ जना मध्ये ७ जनाको जिवितै उद्धार गरिएको छ भने अन्यको मृत्यु भएको छ । जिवितै उद्धार गरिएका यात्रुहरुको पनि अवस्था चिन्ताजनक भएकोहुनाले अर्को बिमान बाट पोखरा लागिएको बताइएको छ  ।  

मुक्तिनाथ दर्शनगर्न १८जना यात्रुले विमान चार्टर गरेर जोमसोम उडेकोमा बिमानमा तीनजना चालकदलका सदस्य समेत जम्मा २१ जना रहेका थिए।