Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

आज लुक्लातर्फ उडेको सीता एयरको एक विमान काठमाडौं विमानस्थलबाट उड्ने बित्तिकै दुर्घटना भएको छ । बिहान ६:१५ बजे भएको सो दुर्घटनामा उक्त विमानमा सवार १६ यात्रु र ३ चालक दल सदस्य लगायत सबै १९ जनाको मृत्यु भएको । काठमाडौं विमानस्थलबाट उड्नासाथ केही बेरमानै आगोलागेको सो विमान ठिमी – १६, मनोहरा खोलाको किनार खसेको थियो।

sita_air_crash_burning-plane

त्रिभुबन अन्तरास्ट्रिय बिमानस्थलले एक बिज्ञप्ति निकाली सो बिमान चरासंग ठोकिएको हुनाले आकासमा नै आगलागी भएको बताइएको छ । उक्त बिमानमा सबार मृतक मध्ये ७ जना नेपाली, ७ जना बेलायती र ५ जना चिनियाँ नागरिक रहेको बताइएको छ  । चालक दलका सदस्यहरुमा क्याप्टेन विजय तन्डुकार, टी थापा रहेका थिए ।

यस दु:खदायी घटनामा ज्यान गुमाउने सबैका परिवारजनमा धैर्यधारणाको शक्ति मिलोस् र मृतआत्माको चीरशान्ति मिलोस !

रोशन छेत्रीले आज दुर्घटना भएको सिता एयरको बिमानको उड्न लागेको एक भिडियो खिचेका रहेछन करीब ३ महिना पहिले । दुर्घटनाभएको खबर थाहा पाए पछि उनले अचम्म मान्दै सो भिडियो फेसबुकमा पोस्ट गरेका हुन् ।

अपडेट: स्थानीय प्रत्यक्षदर्शीका अनुसार, जल्दै बस्त्री बस्तीतिर खस्न लागेको हवाईजहाज खोलातिर मोडिएर खाली स्थानामा खसेको थियो । यसरी उक्त प्लेनका पाइलटले अन्तिम घडीमा पनि जमीनको बस्तीलाइ जोगाएको बुझिन्छ । अहिले खसेको स्थान नजिकै मनोहरा खोला किनारमा रहेका करीब ५-६ सय घरमाथी खसेको भए अझै यो घटनामा अझै ठूलो मानबिय क्षती हुने सम्भाबना थियो ।

चरासंग ठोकिएको भनेर बिज्ञप्ती निकालिए पनि विमान कतै ठोक्किएको पुस्टी हुन सकेको छैन। उड्ने बित्तिकै नै प्राविधिक समस्या आए पछि विमानलाइ आपतकालीन अवतरणका गर्ने क्रममा रनवे नजिकैको खोला किनारको बगरमा अवतरण गरे पछि करीब ४ मिनेट पछि मात्रै विमानमा ठूलो आगो लागेको बताइएको छ । अवतरणको लगत्तै विमानको आपतकालिन ढोका किन खुलेन र दुर्घटनाका कारण के हुन भन्ने कुरा अनुसन्धान पछि मात्रै खुल्ने छ ।

जे भए पनि यो नेपालमा भइरहने हवाईजहाज दुर्घटना मध्येको बिभत्स घटना हो । संसार भरी सबै भन्दा भरपर्दो सबारी साधन मानिने हवाईजहाज नेपालमा मात्र किन त्यति भरपर्दो हुन सकेको छैन, समयमा नै अनुसन्धान गर्न सकिएन भने अलि अलि आउने पर्यटकको संख्यामा अरु ह्रास आउने पक्का छ  ।

अर्को अपडेट

नेपाल वायु सेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्रकुमार शेरचनले चरा ठोक्किएरमात्र कुनै पनि विमान दुर्घटना नहुने भन्दै दुर्घटनामा प्राविधिक कमजोरी रहेको दाबी गरेका छन्। शेरचनका अनुसार एक दिन अघि उडानका लागि अयोग्य भन्दै ग्राउन्डेड गरिएको विमान भोलिपल्ट नै उडाइनु शंकास्पद रहेको छ।

Incoming search terms:

 

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात मल्ल बंशी राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा यो पोखरी निर्माण गरेका थिए |

rani_pokhari_compared
सन् १९१९ को एकातर्फको तस्विरमा देखिए जस्तो बातावरण त हालको तस्विरमा देखिदैन नै, साथै रानी पोखरीमा पानीको मात्र पनि निरन्तर कम भइरहेको देख्दै आएका छौं | (क्रेडिट – जगदिश भण्डारी)

 

चलचित्र ‘काठमाण्डु’ का निर्माता तथा नायक आकाश अधिकारी आजकाल "शत्रु लागेका" भन्दै हिडेका छन् रे यसरी शत्रु लागेका भान हुनुको पछाडी केको हात होला त ?

aakash_enemy

अनलाइन खबरमा छापिएको एक समाचार अनुसार, उनलाइ चलचित्र ‘काठमाण्डु’लाई असफल वनाउनका लागि परेका शत्रुहरुका कारण चिन्ताले सताएको छ ।

प्रचारप्रसारको राम्रो प्रयोग गरेर बिदेशी कलाकार र राम्रो क्यामेराले खिचेको भनेर ठूलै हल्लाखल्ला भएको र उपत्यकाका मुख्य मुख्य हलका साथ साथै मल्टिप्लेक्स हलमा एकसाथ रिलीज हुनुले पनि रिलिजका सुरुवाती दिनमा यो फिल्मले राम्रो व्यापार गरेको थियो । तर फिल्ममा भएका कमजोरीहरुका बारेमा बिभिन्न फिल्म बिश्लेशण छापिन थालेपछि दर्शकको शंख्यामा कमी आएको हुनु पर्छ (यो हाम्रो अन्दाजमात्रै हो) । तेसैले, शुरुमा उत्साहित भएका आकाश अधिकारी अहिले चिन्तित हुन पुगेका हुन् कि ?

Continue reading »

 

calling_girl कुरा करिब ७ महिना अघिको हो | मलाई कुनै कामको अफर गर्दै एउटा कल आउने वाला थियो | म त्यसैको प्रतीक्षामा थिए | जब फोनको घन्टी बज्यो एउटा पुरुष आवाज मेरो कानमा आएर ठोक्कियो

"हेलो , हजुर ऋतु जी बोल्नु भएको हो? उहाँ संग थोरै काम भएर कल गरको …|"

"हजुर म नै हुँ ऋतु , भन्नुस के काम थियो होला? "

"ए मेरो नाम शैलेश ..हजुरको साथी संगीताले मलाई यो नम्बर दिनुभएको थियो | हजुरसंग कामको शिलशिलामा केहि कुरा गर्नु छ के हामी एकछिन भेटेर कुरा गर्न सक्छौ? "

"हवस् किन नहुनु ? बरु समय स्थान बताइदिनु भए बेश हुन्थ्यो |"

"भोलि ३ बजेतिर लैनचौरतिर आउनुस न त हुन्छ ?"

"हुन्छ म कल गर्नेछु त्यसो भए भोलि त्यहाँ पुगेर |"

"हवस् त त्यसो भए अहिलेलाई राखौ है त ?"

"हुन्छ "

काठमाडौँमा काम पाउन गाह्रो हुन्छ भन्ने सुनेकी थिए तर आएको ३ दिनमै कामको लागि फोन आउदा मलाई औधी खुसी लाग्यो | र यो संयोग मेरी साथी संगीतबाट जुरेको थियो |

नचिनेको, नदेखेको मानिसलाई पहिलोचोटी भेट्नु बढो दुख हुने रहेछ तर रमाइलो पनि | त्यो मेरो जीवनकै पहिलो अनुभव थियो | भेटमा परिचय आदान प्रदान गरियो | पढाइ अनि अन्य सिपहरुको कुरा भयो | उसले मलाई २ वटा अप्सन दियो | एउटा टाइपिस्टको अनि अर्को प्रोग्राम प्रिजेंटरको | दुवै मिडियासंग सम्बन्धित थिए | ऊ आफै पनि मिडियामै काम गर्ने मान्छे रहेछ | आफ्नो धेरै ठाउँमा कनेक्सन भएको र मलाई चाडो भन्दा चाडो काम दिलाइदिने कुरा समेत गर्यो | यति ठुलो मानिस मेरो सम्पर्कमा आएको रहेछ भन्ने सोच्दै फेरी पनि मख्ख परे | भोली उसको अफिसमा केहि कामको आइडिया सेयर गर्न मलाई लैजाने बाचा सहित हामी छुट्टियौ | कोठामा आए | सबैसंग फेरी यो कुरा सेयर गरे | सबैजना खुसी हुनु भो मैले चाडै काम पाउने भए भनेर | बेलुका जसो फेरी उसले कल गर्यो | खानपिनको कुरो सोध्नलाई रे | अब औपचारिकता त आफुले पनि निभाउनै पर्यो ! मैले पनि सोधिदिए |

Continue reading »

© 2012 नेपाली गफ A part of xNepali.com network