लोकमान हटाउने प्रकृया शुरु, “भोकमान”हरुले हटाउन देलान ?

अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता पछि कार्कि स्वत: निलम्बित भएका छन । एमाले र माओवादीका १५७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरे पछि सो प्रस्तावमा समर्थन गर्न कांग्रेस सांसदहरुसंग पनि छलफल शुरु गरिएको छ । एक तिहाइ भन्दा बढि सांसदले हस्ताक्षर गरेर प्रस्ताव दर्ता गरे पनि नेपालको संविधानको धारा १०१ को उपधारा २ अनुरुप कार्किलाइ पदमुक्त गर्न दुइ तिहाइ बहुमतले पारित गर्नु पर्ने हुन्छ ।

भिडियो रिपोर्ट :

https://www.youtube.com/watch?v=2O2XF82CS4A

प्रस्ताव दर्ता भएकै दिन कार्कि एक महिना लामो क्यानडा बसाइ सकेर फर्केका छन । यो बेलामा लोकमानले आफ्नो बलबुताले भ्याएसम्म सांसदहरु आफ्नो पक्षमा पार्न कसरत गर्ने छन । लोकमानको प्रस्ताव र प्रलोभनमा पर्ने “भोकमान” पनि प्रशस्त नै होलान ।

भोकमानहरुले लोकमानलाइ बचाउलान त ?

लोकमान कार्किको बारेमा मैले यस अघि पनि एउटा ब्लग पोष्ट लेखेको थिएँ – उनले ट्विटरमा गर्ने बदमासिको बारेमा।

lokman-singh-karkiciaa-chief

कनकमणि दिक्षित अख्तियारद्वारा पक्राऊ

गैरकानुनि रूपमा सम्पति आर्जन र जम्मा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साझा यातायात सहकारि लिमिटेडका अध्यक्ष कनकमणि दिक्षितलाइ यहि बैषाख १० गते शुक्रबार दिउँसो पाटन ढोकाबाट पक्राउ गरेको छ  । कनकमणिले पक्राउ पर्दा आफु सोहि स्थानबाट त्यसरिनै शाहि शासनमा पक्राउ परेको संस्मरण गरेका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्किको बिरोधिको रुपमा परिचित कनकमणिले आफ्नो पक्राउ व्यक्तिगत रिसइविका कारण भएको संकेत गरेका छन् ।

भिडियो रिपोर्ट हेर्नुहोस:

कनकमणि दिक्षितलाइ नर्वेजियन दुतावासको खर्चमा पत्रिका छापेको आरोप लागेको थियो । उनले छाप्ने, वितरण गर्ने, लेख वापत् लेखककलाइ पारिश्रमिक दिने, पारिश्रमिक दिँदा लाग्ने बैँक खर्च, पत्रकार र कर्मचारिहरुको तलब सबै विदेशि दुतावासले बेहोर्ने गरी पत्रिका निकाल्न सहयोग गरेको आरोप पनि लागेको थियो (हेर्नुहोस माइसंसारको ब्लग)

 Continue reading

संबिधानमा के छ ? (अख्तियार दुरुपयोग अनुसन्धान आयोग को बारेमा)

केहि समय देखि मैले नेपालको संबिधान २०७२ का सबै भागहरु क्रमश: बाचन गर्दै आएको छु । भर्खरै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि ब्यबस्था भएको भाग २१ बाचन गरेर भिडियो बनाएर अपलोड गरेको छु । अन्य भागको बारेमा यो भिडियो ब्लगमा चर्चा नगरेको भए पनि यो भागको बारेमा चर्चा गर्दैछु । कारण – हाल अख्तियारले बिभिन्न कर्मचारिहरुमाथि कारबाहि अघाडि बढाएको छ । अख्तियारका प्रमुख आयुक्त लोकमान सिंह कार्किको छवि खासै राम्रो छवि छैन । उनले चलाखि पुर्वक आफ्नो बिरुद्ध महाअभियोग नलाग्ने गरि काँग्रेस बाहेक अन्य दलका ब्यक्तिलाइ मात्र कारबाहि गरेको आरोप पनि लाग्ने गरेको छ ।

मैले यस अघि लोकमानको बारेमा बिस्तृत बिवरण पनि लेखेको थिएँ । पहिला संबिधानको भाग २१ सुनौ:

 Continue reading