चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।
शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !
बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।
मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्यले पत्रकार भट्टराईको क्यामेरा खोसिन् ।
पत्रकारले निशालाइ माफीमाग्न बाध्य पारे
यस्ता धेरै समाचार सुन्दा मलाइ पनि निशाले साच्चै बदमासी गरेकी रहिछिन भन्ने लागेको थियो । पत्रकारले फोटो खिच्न नपाउने भन्ने त छैन नि ।
तर, जब सो घटनाको भिडियो हेर्ने मौका मिल्यो यो त सबै पत्रकार हुनुको अंहकार बाहेक केही पनि रहेनछ भन्ने छर्लंग भएको छ । त्यो भन्दा पनि पत्रकारहरु आफूजस्तै पत्रकारको बिषयमा कति सम्म धृतरास्ट्र हुन सक्छन भन्ने पनि यो एउटा उदाहरण हो ।
यो घटना सम्बन्धी भिडियो सहितको समाचार उद्घोषण गर्ने पत्रकारले समेत आफैले देखाइरहेको भिडियोमा देखिएको कुरालाइ भन्दा पनि पत्रकारको सपोर्ट गर्नु पर्छ भन्ने अन्ध भक्ति देखाउदै छन् ।
मैले बुझेको घटना यस प्रकार छ :
निशाले लगाएको छोटो स्कर्ट भित्र नियाल्ने शुरमा हाम्रा पत्रकार बन्धु फोटो खिच्दै थिए ।
तर उनी संग एउटा राम्रो क्यामेरा पनि नभएकोले टाढाबाट राम्रो फोटो खिच्न नमिलेको ले नजिकै गएर फोटो खिच्न थाले ।
जो सुकै लाइ पनि आफ्नो अगाडी आएर चियाउन थालेको देख्दा रिस उठ्छ – निशालाई पनि रिस उठ्यो ।
उनी उठेर पत्रकार भएको ठाउमा गएर डिस्टर्ब नगर्न भनिन (रिसाउन आबश्यक थिएन) ।
संगै बसेकी सहानालाई पनि रिस उठेछ क्यामेरा नै खोस्न पुगिन ।
पछि निशाले माफी मागे पछि औलो दिदा डुडुलो निल्ने भन्या जस्तो … सहानाले पनि माफी माग्नु पर्यो भनेर अर्घेल्याई गर्नु कुनै आबश्यक थिएन (सहानाले पनि माफी मागी दिएको भए केहि बिग्रिने थिएन) ।
पत्रकार अनुप भट्टराइले के गर्नु पर्थ्यो त ?
पत्रकारले फोटो खिच्न पाउछन – तर फोटो खिच्दा कसैलाई डिस्टर्ब गर्न पाइदैन । लामो जुम भएको क्यामेरा लिएर टाढा बसेर जति फोटो खिचे पनि कसैले केहि भन्ने थिएन।
पत्रकार पेशाले ठूलो भए पनि अहंकार देखाउनु कुनै आबस्यकता थिएन। निशालाइ माफी माग्न लागाउदैमा कुनै पुरुषार्थ गरेको मानिदैन । उनले माफी मागेकोमा धन्यबाद दिनु पर्नेमा उल्टो अर्कीलाई माफी माग्न लगाई देउ भन्दै बिन्ती गर्न जानु आबस्यकता थिएन । भन्न मन लागेको भए सहाना नभनेर किन निशाको हात समाउन जानु पर्थ्यो?
यो भन्दा पहिले "साथी म तिम्रो" को म्युजिक रिलिज कार्यक्रममा रेखा थापाले गरेको ब्यबहार लाइ जायज मान्न नसकिए जस्तै घटना यस घटनामा हाम्रा पत्रकार मित्रले गरको ब्यबहारलाइ पनि जायज मान्न सकिदैन । निशा र सहानाले सार्बजनिक स्थानमा गर्नु पर्ने ब्यबहारको बारेमा प्रशिक्षण लिन आबश्यक भए जस्तै हाम्रा पत्रकारले पनि घटनालाई निस्पक्ष भएर हेर्न सक्ने हुनु त्यतिकै जरुरि देखिन्छ ।
तपाईलाई कस्तो लाग्छ, अनुप भट्टराइले युट्युबमा राखेको भिडियो हेरेर आफै मुल्यांकन गर्नु होला (नोट: निस्पक्ष रुपमा सोच्न चाहानुहुन्छ भने यो भिडियोमा भएको उद्घोषणलाइ बेवास्ता गर्नु नै उपयोगी होला) :
Nepali Movie – Carrang Gang – नेपाली फिल्म क्यारेंग ग्यांग – स्टारकास्ट नभएको यस द्वन्दात्मक यस फिल्म को अपार सफलता पछि यसको दोश्रो भाग पनि बनेको थियो. दोश्रो भागमा निखिल उप्रेती लगाएतका नाम चलेका कलाकारले अभिनय गरेका थिए.
Earthquake Safety Day – 16 January – भूकम्पीय जोखिम र यसको समाधानको बारेमा जन चेतना जगाउने उद्देश्यले यो दिनमा बिभिन्न कार्यक्रमहरु गरेर मनाइन्छ – सोही बारेमा छोटो बिबरण.
Kafal gedi kutukka – काफल गेडी …. मुखै रसाउने जंगली फल हरुको फोटोहरु पोस्ट गर्ने क्रममा केही समय अगाडी पोस्ट गरिएको ऐसेलुको फोटो पछि अहिले काफलको पालो आएको छ.
Four Nepali movies being released on a day – काठमाडौँका फिल्म हलहरुमा एकै पल्ट चार चार फिल्म एकै दिनमा (१३तारिखमा) रिलिज भएका छन. १३ त्यो पनि शुक्रबार परेको हुनाले पश्चिमी बिश्वमा यो दिनलाइ अतिनै अनलक्की नम्बर मानिन्छ … रिलिज हुने फिल्मलाई लक्की या अनलक्की के हुन्छ त्यो त केही दिनमा थाहा होला.
नोट - ग्राफिक्स र छोटो बिबरण अहिले राख्न नभ्याइएको ले पछि थप गरिने छ.