नेपाली सरकारको संचार नीति (चलचित्र, छापा, बिज्ञापन र प्रशारण)

नेपाल सरकारले हालै संचार नीतिको मस्यौदा सार्बजनिक गरेको छ जसमा  आम संचारका सबै माध्यमहरु जस्तैः रेडियो प्रशारण, टेलिभिजन, छापाखाना र प्रकाशन, विज्ञापन र चलचित्र सम्बन्धी सबै नियमनकारी व्यवस्थाहरु समेटिएका छन् ।

[नोट: यो नीतिको आधिकारिक सरकारी प्रकाशनबाट प्रिती बाट युनिकोडमा परिवर्तन गरेर पोस्ट गरिएको हो। यसरी परिवर्तन गर्दा केही ससामान्य त्रुटी हुन सक्छ त्येस्तो त्रुटी पाइएमा कृपाय कमेन्टमा लेख्नु होला)

ministry-of-information

सञ्चार माध्यम सम्बन्धी नीति, २०६८
मस्यौदा

सूचना तथा सञ्चार मन्त्रालय
नेपाल सरकार
जनवरी, २०१२

 

प्रस्तावनाः

वि.सं. २०४६ सालको जनआन्दोलनले प्रेस र अभिव्यक्तिको स्वतन्त्रताका क्षेत्रमा महत्वपूर्ण सुधार ल्याएको थियो । २०४७ सालको संविधानले प्रेससम्बन्धी अधिकारलाई मौलिक अधिकारको रुपमा स्थापित गर्यो । २०४९ सालमा आएको नयाँ ऐनले निजी क्षेत्रलाई एफ.एम. र टेलिभिजन प्रसारणको अनुमित दिने व्यवस्था गर्यो । यी परिवर्तनका कारणबाट नेपालमा निजी र गैर–सरकारी प्रशारण संस्थाहरुको संख्यामा उल्लेख्य बृद्धि भयो ।

वि.सं. २०६३ सालको जनआन्दोलन र त्यसपछि देशमा स्थापित नयाँ, समावेशी प्रजातान्त्रिक व्यवस्था नेपालको
लागि ऐतिहासिक परिवर्तनहुन् । सात राजनीतिक दल तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का बीचमा विस्तृत शान्ति सम्झौता सम्पन्न भएपछि नेपालमा शान्ति स्थापना भएको छ ।

वि.सं. २०६३ सालमा पुरानो संविधान खारेज भई नेपालको अन्तरिम संविधान जारी भयो । ने.क.पा. (माओवादी) र सात राजनीतिक दलहरुबीच भएको आठ बुँदे र बाह्र बुँदै सम्झौता बमोजिम जारी भएको यो
संविधान संविधानसभाबाट नयाँ संविधान जारी नहुञ्जेल कायम रहन्छ । उक्त आठ बुँदे तथा बाह्र बुँदे सम्झौता तथा अन्तरिम संविधानले विचार र अभिव्यक्तिको स्वतन्त्रता, संचारको स्वन्त्रता, सूचनाको हक र निर्वाध संचारको हकको सुनिश्चितता गरी मुलुकभित्र नयाँ संचार प्रणालीको सूत्रपात गरेको छ । यी ऐतिहासिक घटनाक्रमपछ मिडिया क्षेत्र तथा सरकारी क्षेत्रमा महत्वपूर्ण विकास भएका छन् । यसै क्रममा संचार माध्यम संबन्धी नयाँ नीतिको तर्जुमाको लागि विभिन्न गोष्ठी, सेमिनार र समितिहरु गठन गरी सुझाव तथा सिफारिस संकलन गरिएको छ ।

 Continue reading

प्रचण्डको घर भन्दा ठूलो कुरो

प्रचण्ड नयाँ घरमा सरेको कुराले ठूलै प्रचार प्रसार पायो । यो त्यति हल्ला गर्नु पर्ने बिषय त पक्कै होइन तर, नयाँ घरको बारेमा किनेको वा भाडामा लिएको भन्ने कुरा जनतालाई पारदर्शि रुपमा नबताउनुले बिभिन्न शंकाको बिजारोपण गरेको हो ।

prachanda_new_house1

प्रचण्ड जस्तो ठूलो नेताले राम्रो लुगा लगाउनु पर्छ,  राम्रो ठाउँमा बस्नु पर्छ, र उनी सुरक्षित हुनु पनि उत्तिकै आबश्यक छ । त्यसकारण उनले झुपडीमा बस्नु पर्छ भनेर कसैले भन्छ भने तेस्तो मान्छेलाई अज्ञानी भन्नु पर्छ । तर जनता प्रति उत्तरदायी नेताले जनतालाई अँध्यारोमा राख्न पनि हुदैन । यस हिसाबले, नयाँ घरको बारेमा हुने गरेका यी हल्ला, अड्कलबाजी आदिको जिम्मेबार व्यक्ति पनि प्रचण्डलाइ नै मान्न सकिन्छ ।

भारतीय पत्रिकाहरुमा यो बारेमा समाचार आए पनि अहिले अन्य बिदेशी मिडियामा पनि प्रचन्डको सो बिशाल घरको बारेमा चर्चा परिचर्चा चल्न थालेको छ । बेलायती पत्रिकाले स्वीमिंग पुल र ब्याडमिन्टन कोर्ट भएको अत्याधुनिक बंगलामा सरे पछि उनकै पार्टीका साथीहरु बीचमा नै प्रचण्डमाथि विश्वासको संकट आएको बताएको छ ।

तेस्तै, इन्डियन एक्सप्रेसले १५०० बर्गमिटर क्षेत्रफ़लमा फैलिएको प्रचण्डको घर पूर्ब राजा ज्ञानेन्द्रको निबास बाट आधा किलोमिटरको दुरीमा रहेको भन्दै, उनलाई नेपालको नयाँ राजा बन्न खोजेको सम्मको आरोप लगाएको छ।

यो कुराले प्रचण्डको छविलाई बिगार्न नदिन सक्दो चाँडो पारदर्शि रुपमा सबै बिबरण जनताहरुलाई थाहा दिनु नै उनी लगाएत नेकपा माओवादी पार्टीको हितमा हुन्छ ।

हामीले यो बिषयमा पहिले पनि चर्चा गरेका थियौं (अंग्रेजी लेखहरु) :