मिराको सम्झनामा मिरा सेन्टरको उद्घाटन, हरिवंश आचार्यको कविता

मिरा सेन्टर अन्तर्गतको चाइल्ड रिच संस्थाको काभ्रे पनौतीबाट ७ किलोमिटरको दुरिमा रहेको शंखु पातिचौरमा उद्घाटन गरिएको छ । हास्य कलाकार हरिवंश आचार्यकि  दिवंगत पत्नि मिरा आचार्यको स्मृतिमा  मिरा सेन्टरको स्थापना भएको हो । सो संस्थाको उद्घाटनको लागि जापानि राजदुत मासासि ओगवा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यका साथ दिपकराज गिरि, शिवहरि पौडेल, वसुन्धरा भुषाल, जितु नेपाल आदि त्यहाँ उपस्थित भएका थिए । सो संस्थाको लागि जापान सरकारले रु. ८६ लाख सहयोग गरेको थियो भने, हरिवंश आचार्यले आफ्नो २ रोपनि जग्गा उपलब्ध गराएका थिए । सो का साथै, अरू विभिन्न संघ संस्थाको सहयोगमा जम्मा गरेर करिब रु. २ करोड खर्च गरेर एक ६ कोठे पक्कि भवन निर्माण गरेर बालबालिकाहरुलाइ पढ्न र खेल्न पाउने ब्यबस्थाका लागि चाइल्ड रिच संस्थाको स्थापना गरिएको हो ।

मिरा आचार्यको सम्झनामा सो संस्थाको भवन भित्र मिराको शालिक पनि राखिएको छ । हरिवंशकि अहिलेकि पत्नि रमिला आचार्यले सो शालिक को अनावरण गर्नु भएको थियो ।

सो कार्यक्रममा हरिबंशले भने, “यो कामले मिराको आत्माले शान्ति पाउनेछ । बाँचुञ्जेल पनि मिराको सपना समाज सेवा गर्ने नै थियो उ मरेर गए पनि उसको सपना पुरा गर्दैछु ।”

 Continue reading

हरिबंश आचार्यको जीवनी प्रकाशित हुँदै

मह समुहका हाँस्य कलाकार हरिबंश आचार्यले आफ्नो जीवनभर घटेका घटनाहरुको संग्रह गरेर एउटा पुस्तक तयार गर्ने भएका छन् । "चिना हराएको मान्छे" शिर्षकमा प्रकाशित हुने सो पुस्तकको बारेमा जानकारी दिनको निम्ति यही विहीवार एक कार्यक्रममा आयोजना गरिएको थियो । आफ्नी पत्नी मीरा आचार्यको असामयिक मृय्तुको पीडा कम गर्न आफ्नै जीवनी लेख्न थालेको बताउदै हरिबंशले बाल्यकालको रमाइलो देखि जीवन संघर्ष र दोश्रो बिबाह पछिका घटना पनि समेटिएको बताए।

haribansha announcing his book

मिरा आचार्यको २०६८ साल बैशाख ७ गते निधन भएको थियो भने सो घटनाको एक बर्ष नपुग्दै हरिबंशले रमिला पाठक संग बिबाह गरेका थिए।

हरिवंशले मिरा आचार्यलाइ सम्झँदा

meera_acharya_haribamsha_acharya_wifeअरूहरुलाई सधैं हँसाउने हरिवंश आचार्यले गत वर्ष आफ्नी पत्नी गुमाए पछिको शोक र दुखलाइ लुकाउने ठूलो प्रयास गरिरहे पनि बेला बेलामा उनको आंखामा आंशु रसाएको देखिन्छ ।

आज स्व. मिरा आचार्यको वार्षिक तिथीमा हरिवंशले कान्तिपुर दैनिकमा निम्न कबिता प्रकाशित गरेका छन् । यो कविता पढ्दा जो कोहीको पनि मुटु छुन्छ ।

मिरा आचार्यको आत्माको चीर शान्तिको कामना र हरिवंश आचार्यलाई पत्नी वियोगलाई विर्सीएर अघि बढ्ने शक्ति मिलोस् भन्ने एक्सनेपाली टिमको कामनाका साथ उनको कबिता प्रस्तुत छ:

तिमीलाई सम्झँदा

तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे।
कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।
हेरेर घडी, खुवाउँथे ओखती।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।।

चक्कु चल्थ्यो तिमीमा, मलाई दुख्थ्यो कति।
म दुखेको देखेर, निल्थ्यौ पीडा जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
बिरामीले कुरूवालाई, माया गर्थयौ कति।।

घाउ तिम्रो दुख्थयो, मेरो पोल्थयो छाती।
तिमी कोल्टे फर्केर, पोख्थ्यौ आँसु जति।।
त्यो दिन सम्झदा, प्यारो लाग्छ अति।
मेरो हात समाइ, चुम्थ्यौ कति कति।।

तिमी बिरामी पथ्यौ, म कुरूवा हुन्थेँ।
तिमी निदाएपछि, म कति रून्थे।।
मीठो मानी निल्थ्यौ, त्यो तीतो ओखती।
त्यो दिन सम्झँदा, प्यारो लाग्छ अति।।