मन्त्रीका सुन चाँदी र सम्पति

ram sharan mahatसरकारले सार्वजनिक भएको मन्त्रिपरिषदका सदस्यहरुको धनसम्पति विवरण अनुसार अर्थमन्त्री डा. रामशरण महत सबै भन्दा धेरै सम्पतिका मालिक देखिएका छन्।

९५ तोला सुन र २ हजार १ सय तोला चाँदीका साथै २५ हजार ८३४ अमेरिकी डलर सम्पति रहेका महतको र उनको परिवारका नाममा बिभिन्न ब्याङ्कहरुमामा झन्डै ८० लाख रुपियाँ, करिब २४ लाख रुपियाँ बराबरको धितोपत्र, सेयर र ऋणपत्र रहेको छ। उनको ऋण पनि झन्डै १ करोड २० लाख रहेको बताएका छन् ।

  • प्रकाशमान सिंह – ६५ तोला सुन र दुई किलो चाँदी अनि केही हिराजवाहरात
  • गृहमन्त्री वामदेव गौतम – ३५ तोला सुन र १०० तोला चाँदी अनि हिरा १ सेट
  • विमलेन्द्र निधि सुन ६० तोला चाँदी १५० तोला
  • चित्रलेखा यादव सुन ४० तोला चाँदी १००० तोला
  • दलबहादुर राना सुन ११ तोला
  • हरिप्रसाद पराजुली सुन २२ तोला चाँदी ७ तोला
  • कर्णबहादुर थापा सुन १७ तोला चाँदी २२० तोला
  • खगराज अधिकारी सुन ३ तोला
  • लालबाबु पण्डित सुन १० तोला चाँदी १० तोला
  • महेन्द्रबहादुर पाण्डे सुन १० तोला चाँदी २० तोला
  • महेश आचार्य सुन ४५ तोला चाँदी ७० ग्राम
  • मिनेन्द्र रिजाल सुन ४० तोला चाँदी ४०० तोला
  • नारायण खड्का सुन १८ तोला
  • नारायणप्रसाद साउद सुन ३२ तोला चाँदी ७० तोला हिरामोती पनि
  • नरहरि आचार्य सुन ७/८ तोला चाँदी १ किलो (श्रीमती सुन ३५/४० तोला, चाँदी डेढ किलो)
  • पुरुषोत्तम पौडेल सुन ८ तोला चाँदी १० तोला
  • राधाकुमारी ज्ञवाली सुन १२ तोला चाँदी २० तोला
  • टेकबहादुर गुरुङ सुन ४५ तोला चाँदी ३ किलो