Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

आज मिस नेपाल २०१२ सृस्टि श्रेष्ठ नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०१२मा भाग लिन प्रतियोगिता स्थल चीनको भित्री मंगोलिया तर्फ प्रस्थान गरेकी छिन । मिस वर्ल्ड २०१२ सुन्दरी प्रतियोगिता यही जुलाई १८, २०१२ (श्रावण ३, २०६९) मा शुरु भएर अगस्त १८, २०१२ (भाद्र २, २०६९) मा सम्पन्न हुदैछ ।

Miss_World_2012_logo

यहि बैशाख २४ गते सम्पन्न भएको मिस नेपाल प्रतियोगितामा सन २०१२की मिस नेपाल छानिएकी २३ बर्षीय सृस्टि श्रेष्ठ झन्डै ६ फिट अग्ली छिन । मिस वर्ल्ड जस्तो अन्तरास्ट्रिय प्रतियोगितामा नेपाली मोडलहरुले अहिले सम्म कुनै पनि सफलता हासिल गर्न नसकेको अबस्थामा सृस्टि बाट अलिक आशा गर्न सकिन्छ  ।

सृस्टिलाइ मिस वर्ल्ड प्रतियोगितामा सबैलाई उछिन्न सक्ने क्षमता मिलोस भन्ने शुभकामना!

shristi-shrestha_miss_nepal_2012

 

 

miss_nepal_winners_2012_top3पशुपति पेन्ट्स, लक्जरिया, हिडेन ट्रेजर मिस नेपाल – साच्चै यो पटकको मिस नेपाल त नाममै हराएको "हिडेन ट्रेजर" भएको छ ।

मिस नेपाल भन्दा ठूलो पशुपति पेन्ट्स …  मिस नेपाल भन्दा ठूलो लक्जरिया … त्यस माथि हिडेन ट्रेजर ले थिचेर बबुरो "मिस नेपाल" त कता हो कता । बरु "मिस नेपाल"लाइ ब्राकेटमा राखिदिए पो हुन्थ्यो कि ?  पशुपति पेन्ट्स लक्जरिया हिडेन ट्रेजर (मिस नेपाल) २०१२ …

यस्तो गर्दा कमसेकम मिस नेपाल भन्ने चीज पनि रहेछ है भन्ने बुझिनथ्यो कि ?

धन्न मिस नेपालले लगाउने कपडाको खाता जस्तो चीज (खाँटी नाम के भन्छन थाहा भएन) मा चै मिस नेपाल मात्रै लेखिएको हुने रहेछ । अर्गनाइजरको बुद्धिमा बिर्को लाएकै होला नत्र त्यहाँ एउटा बिज्ञापन थपिदिने हो भने त झन मालामाल हुन्थे होलान नि। नेपालाँ जे गरे पनि भइ हाल्छ नि, कि कसो?

जे भए पनि श्रृष्टी श्रेष्ठले पशुपति पेन्ट्स लक्जरिया हिडेन ट्रेजर मिस नेपाल २०१२ उपाधी जित्न सफल भएकोमा मुरी मुरी बधाई । झन्डै झन्डै जित्ने दोश्रो हुने नग्मा श्रेष्ठ र तेश्रो हुने सुवेच्छा खड्कालाइ पनि बधाई ।

आगामी दिनमा "मिस नेपाल"लाइ आघाडी राखेर पछाडी स्पोन्सरको नाम झुन्ड्याउने सद्बुद्धी आओस … शुभकामना ! (अंग्रजी बधाई अघिनै दिई सकेको)

miss_nepal_winners_2012_top_three

समग्रमा, बधाईका पात्र निम्न अनुसार छन् :
मिस नेपाल– सृष्टी श्रेष्ठ
मिस नेपाल अर्थ– नग्मा श्रेष्ठ
मिस नेपाल इन्टरनेश्नल– सुभेक्षा खड्का
मिस फोटो जेनिक– अखिशा विष्ट
मिस स्माइल– नग्मा श्रेष्ठ
मिस कन्फिडेन्स –सृष्टी श्रेष्ठ
मिस ट्यालेन्ट– अखिसा विष्ट
मिस पव्लिक च्वाइस – निलम चन्द

Incoming search terms:

© 2012 नेपाली गफ A part of xNepali.com network