मिस स्पेनले मिस वर्ल्ड जितिन, मिस नेपाल इभाना रित्तै फर्किन

यस् बर्षको मिस वर्ल्डको टाइटल  स्पेनकि सुन्दरिले  जितेकि छिन भने फर्स्ट रनर अप मिस रसिया भएकि छिन । तेस्तै, सेकेण्ड रनर अप मिस मिस इन्डोनेशिया भएकि छिन ।  एक सय तेह्र देशका सुन्दरिहरुले प्रतिस्पर्धा गरेको मिस वर्ल्डमा मुख्य टाइटल बाहेक अनेक सब टाइटलमा पनि प्रतिस्पर्धा भएका थिए । तर, मिस नेपाल इभाना मानन्धरले भने कुनै टाइटल नजिते पनि नेपालको प्रतिनिधित्व गरेर “बिश्व सामु नेपाललाइ चिनाउने प्रयास गरेको” भन्दै फर्किइन ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=fPNWoGVJjTI

चीनको दक्षिणी शहर सान्यामा सम्पन्न ‘मिस वर्ल्ड प्रतियोगिता’को फाइनलमा ‘मिस नेपाल’ इभाना मानन्धरले ‘जाउँ जाउँ रेलैमा’ बोलको गीतमा नृत्य गरेकी थिइंन् । नेपाली परम्परा पोशाकमा सजिएकि इभानाले सो अबसरमा बिश्वसामु नेपालीपनको झल्को दिएकि थिइन् । प्रतियोगिताको ‘डान्सेज अफ द वर्ल्ड’ मा सहभागी विभिन्न देशका सुन्दरीहरुले नृत्य गरेका थिए ।

 Continue reading

मिस नेपाल सृस्टि श्रेष्ठलाइ मिस वर्ल्डमा सफलताको शुभकामना

आज मिस नेपाल २०१२ सृस्टि श्रेष्ठ नेपालको प्रतिनिधित्व गर्दै मिस वर्ल्ड २०१२मा भाग लिन प्रतियोगिता स्थल चीनको भित्री मंगोलिया तर्फ प्रस्थान गरेकी छिन । मिस वर्ल्ड २०१२ सुन्दरी प्रतियोगिता यही जुलाई १८, २०१२ (श्रावण ३, २०६९) मा शुरु भएर अगस्त १८, २०१२ (भाद्र २, २०६९) मा सम्पन्न हुदैछ ।

Miss_World_2012_logo

यहि बैशाख २४ गते सम्पन्न भएको मिस नेपाल प्रतियोगितामा सन २०१२की मिस नेपाल छानिएकी २३ बर्षीय सृस्टि श्रेष्ठ झन्डै ६ फिट अग्ली छिन । मिस वर्ल्ड जस्तो अन्तरास्ट्रिय प्रतियोगितामा नेपाली मोडलहरुले अहिले सम्म कुनै पनि सफलता हासिल गर्न नसकेको अबस्थामा सृस्टि बाट अलिक आशा गर्न सकिन्छ  ।

सृस्टिलाइ मिस वर्ल्ड प्रतियोगितामा सबैलाई उछिन्न सक्ने क्षमता मिलोस भन्ने शुभकामना!

shristi-shrestha_miss_nepal_2012